~शान्ती आचार्य~
अाज अागनमा अाइरहंदा मेरा साहु
लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ
उ बाेलिरहदा लाग्छ
गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे
उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ
जब साहु मेराे अगाडि पर्छ
लाग्छ म सर्प र गरूड बनेर पखेटा फिजाउदै मलाइ ठूगिरहेछ
एकदिन मेराे अांसूनै हास्ने अामाकाे फरियामा टास्सिदै मैले साेधेकि थिए,,
भन्नुस तिर्नु त छदै छ ,,
कति खायाे मेराे बाउले यसकाे भटटिमा उधाराे ,,,
अामाले रूदै रूदै सुनाइन्
म जन्िमदानै एक हातले रक्सिकाे बाेतल समाउंदै
अर्काे हातले ल्याप्चे लगाउंदै
गर्वले छाति फुलाउदै
मेरा बाउले यसरि बाेले रे,,,,,,,,,,,,,,
हावासंगै बहने हे न्यायकर हावा तं जुन पक्षमा हिंड
(अब छाेरिकै जवानीले तीरिन्छ याे भटटीकाे रिंण)२
(स्रोत : साहित्य सन्दर्भ)