जहाँ मेरो प्रण प्यारो नेपालको
गोर्खाली स्वाभीमान खोसिएको छ
त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ
देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ |
जहाँ मेरो देस खोक्रो बनायिदै छ
त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ
छाती पिटी पिटी चिच्यायी रहेछ लुटिएको अस्मिता
यहाँ धिक्कार्दै रोइ रहेछ सम्झी उसको गरिमा |
ए ! पपी पिसाच जिन्दगीहरु हो
प्रत्यक त अभीसाप होस्
धिक्कार छ स्वयम आमा बलात्कर गर्नेलाई
उनको गरिमा पुछनेलाई पासबिक्तामा ढाल्नेलाई |
त्यहा थुकका छिटाले रङियोस तेरो मुहार
माफि दिन पछी हटुन धर्ती माता
यहाँ पुरै देशको प्रतिनिधि स्राप दिन्छु तलाई म
चितामा पिताम्बर पनि नमिलोस पिसाच् तलाई |
26 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )