उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!
न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई
बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई
भूल हो कि नजरको आँखा पनि छोपी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!
केवल उन्को याद मात्र साथी बन्यो जिन्दगीको
बाध्यता नै बाँच्नु पर्ने आधार बन्यो जिन्दगीको
प्यासी बनी तिर्सनाले सिरानीमा छामी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!
उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ
कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !!
नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल
(स्रोत : Nabin Lama’s Blog )