~प्रमित आचार्य ‘लिबाङी’~
आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर
खोतली रहेछ आफ्नो जिबनको बहीखाता
जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु
आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ
सुकेका नशामा जेनतेन रगत बगेर जिबन चलिरहेछ
अनि उ पल्टाई रहेछ जीवनका अध्यारा बहीखाताहरु
आज उसलाई याद नै छैन,समयको कुन बिन्दुमा उ यहाँ आयो
उसलाई यो पनि छैन,उ यहाँ आफै आयो या उसलाई ल्याइयो
तर उसलाई यत्ति थाहा छ उ जसरि जहिले भए पनि यहाँ आयो
उसले यहि बस्यो रमायो अनि कमायो आफ्नै माटो सम्झेर यसलाई
उसले कहिल्यै पनि यसलाई पराइ सम्झेन, निरन्तर यहि बगायो पसिना
तर आज उ आज थकित मुद्रामा सम्झिरहेछ आफ्नो अलिखित इतिहास
उसलाई यो पनि थाहा छ उसको इतिहास कसैले लेख्ने छैन
उसले जति गरे पनि उसको गराई को यहाँ सम्बोधन हुनेवाला छैन
तैपनि उ निरन्तर यहि माटोसंग मितेरी लाइ रह्यो आफ्नै सम्झेर
हो छनलाई उसंग एकथान नागरिकता पनि छ नेपाल सरकारले दिएको
उसलाई यो पनि थाहा छ त्यो नागरिकताले उसको भोक रोग र शोक मेत्दैन
तैपनि उ धेरै माया गर्छ त्यो एकथान नागरिकतालाई आफ्नो छोरोलाई झैँ
लुकाएर राखेको छ त्यो नागरिकतालाई उसले आफ्नो सानो सन्दुकमा
तर पनि उसलाई किन हो कुन्नि आजकल यो माटो आफ्नो लाग्न छाडेको छ
उ सम्झिरहेछ उसको कालो अतीतलाई जहाँ उअसले आसु र रोदन मात्र भेट्छ
उसलाई हिज जस्तै लाग्छ पहाडी र मधेसी दंगामा परेर उसले जोरेको घर गुमायो
आफ्नी पत्नी गुमायो अनि आफ्नो छोरो गुमायो ,कहिल्यै नफर्कने गरि गुमायो
तर उसले यो देशको माया गुमाएन ,फेरी पनि माटोलाई माया गरिरह्यो
अनि फेरी सुरु गर्यो यहि माटोमा उसले आफ्नो दुखद जिन्दगीको अर्को पाटो
उसलाई कहिल्यै कुनै पहाडीसंग गुनासो नि थिएन ,न मधेसी संग थियो
न उ कहिल्यै कुनै आन्दोलनमा गएको थियो , न उसलाई चासो नै थियो
उ आफ्नो कमाइमा रमाईरहेको बेला अकस्मात हावाहुरी आयो
अनि निभाई दियो उसको जिबनको उज्यालो सधैका लागी
तर उ फेरी सुरु गर्यो आफ्नो दुखद जिन्दगि यहि माटोमा हिज जस्तै गरि
आज उसलाई फेरी डर लाग्दैछ, त्यसैगरि जसरि आजभन्दा केहि वर्ष अगी लागेको थियो
उसले पढ्न नजाने पनि रेडियोमा बेला बेला सुन्छ,कैलालीमा ठुलो घटना घट्यो रे अनि गौर आगो लागेको छ रे
अनि सुन्छ केहि ठुला ठुला मान्छेले भनेका कुरा अनि उ डराउछ तेसै गरि सधैको जसरि
उसले बिर्सन लागेको घाउ फेरी एकचोटी दुखेर आउछ ,उस्लाई डरले चिच्याउन मन लाग्छ
उसको आखा फद्फदाई रहन्छ आजकल हरेक बिहान र साझ एकनास ले
हो उसले पनि समर्थन गरेको थियो जनान्दोलनलाई अरु ले झैँ
उ पनि गएको थियो पसल नै बन्द गरेर घाम पनि नभनेर
उसलाई नि खुसि लागेको थियो गणतन्त्र आउदा अनि संघियता आउछ भन्दा
होला उसले कहिल्यै गणतन्त्र र संघियताको अर्थ बुझ्न सकेन कि
तर एउतै आस थियो उसमा फेरी उसको जस्तो कसैको नि घरमा आगो लाग्ने छैन भन्ने
फेरी एक र अर्को नेपाली पहाडी मधेरी थारु बाहुन र जनजाती भन्दै लड्दैनन भन्ने
तर आज उ सुन्दै छ कोहि भन्दै छ उ पछी आएको रे, उसलाई लखेट्ने रे
र लुट्न आएको रे उसले यहाँ आएर अरुलाई ठगेको रे ,केके हो केके
तर पनि उ मौन छ,उ सोच रहेछ एकाग्र भएर आफ्नो जिन्दगीको बहीखाता पल्टाउदै
के उसले यहा गरेको योगदान व्यर्थ थियो ,के उसले तिरेको कर कर थिएन
के उसले आन्दोलनमा गएको कुनै अर्थ थिएन ,के गणतन्त्र आउदा उसलाई रमाउने अधिकार थिएन
के उ फगत कुनै पागल झैँ रमाएको रहेछ त,आज उ एउटा गहिरो सोच मा छ
हो आज राम बिहारी एकदम मौन छ
अगी पछिको भन्दा आज उसको मौनता अर्कै छ
आज उ जिन्दगीमा पहिलोपटक सरकार खोज्दै छ
उसलाई आज सरकार चाहिएको छ,उसलाई आज राज्य चाहिएको छ
उ आज आफ्नो पहिचान खोज्न चाहन्छ अनि अस्तित्व खोज्न चाहन्छ
अनि उसलाई सरकारसंग ,राज्यसँग अनि समस्त भिडसंग एउतै प्रश्न सोध्नु छ कि
“के साच्चै उ अर्थात् राम बिहारी के नेपालको अनागरिक हो?”
“के उसप्रति यस राज्यको कुनै कर्तब्य छैन ?”
(हो उ आज जवाफ चाहन्छ)२
(सामाजिक सदभाबका लागि खुल्ला कविता बाचन कार्यक्रममा बाचन गरिएको मेरो कविता )
(स्रोत : रचनाकारको ब्लगबाट सभार)