~जानकी जानु~
…………सित्तल आज किन हो मुटु झस्कियो तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलिलाई भिजाउदै आशुँ को थोपा ले तन मन लाई भिजाए, हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखे अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र लेख्न मन लाग्यो ।
सायद तिमीलाई मेरो याद त आउदैन होला बिर्सिएछौ कि कुन्नी, केही खबर पाउदिन । थाहा थिएन तिमी मलाई यती सजिलै भुल्छौ भनेर, एक चोटी आँखा बन्द गरी हाम्रो मायाँ को कल्पनामा डुबत कती मिठो थियो त्यो क्षण । तिमी र म भन्ज्याङ को चौतारीमा बसी पिरतीका मिठा मिठा सपना बुनेको अनी तिमीले मेरो काखमा सिरानी राखी आखाँमा आखाँ राखी पिरती को भाका बोलेको । के तिमीले बिर्सियौ ? तिमीलाई सानो चोट लाग्दा पनी मेरो मुटु दुख्थ्यो, हो तिनै याद ले मेरो मन जलेको छ । सित्तल तिमीलाई कसरी देखाउ यो मन को दुखाई । सित्तल जानेर हो या नजानेर तिमी संग गासेको पिरतीको डोरिले मेरो घाटी कसीरहेको छ । मनमा बेदना गुम्सी रयो । पानी बिनाको माछी झैँ भएकी छु, जालहारी ले जालमा पारेझै माया जालमा पारेर छोड्यौ । यो तन र मन कागज भए जलाई दिन्थे तर जलाउन सकिन । सित्तल तिमीले मेरो मायाँ मा के खोट देख्यौ र गनी गनी चोट दियौ ? के तिमी ले म संग बिताएका दिन र रातहरु एक पल को मस्ति थियो ? किन सित्तल किन तिमी ले मलाई धोका दियौ ? किन समाजको अगाडी बदनाम को नाम दियौ ? बर र पिपल को जोडी जस्तै भएर बाच्ने कसम खाएका थियौ । भनन सित्तल किन तोड्यौ बाचा कसम, किन छोड्यौ मेरो साथ ? झुठो रहेछ तिमीले गासेको पिरती ,जुनी जुनीसम्म जिउन लाइ खाएको बाचा टुट्नु रहेछ छुट्नु रहेछ र झुठा कसम खायौ । भनेका थियो “ तिमी बिना अरु केही सोच्दन “ झुठो रहेछ । आज तिमीलाई न बिर्सन सके न त आफ्नो बनाउन सके । तिम्रो मायाँ ले रोगी बनायो मलाई, मैले जस्तै मायाँ तिमी ले पनी गरेको भए सायद हाम्रो मायाँमा कुनै अवरोध आउने थिएन होला, तर तिमीले मायाँ मार्यौ । मेरो मायाँलाइ टुक्रा टुक्रा पारी अन्तै बसाई सर्यौ ।
हुनत तिमी पनी कुवेतमा मौलाएको प्रेममा मायाँ जाल बुन्न थाल्यो होला है ! त्यसै ले त मेरो मायाँ लाई टुक्राई छोड्यौ । अस्ति भर्खर कुवेत बाट आउनु भएको माईला दाजु ले भन्नु भाथ्यो कुवेतमा त भिबा नम्बर बाट हुने फ्रि कल ले धेरै मायाँ जाल बुन्छन अरे सायद तिमी पनी त्यसरी नै जुनेली,चमेली,फुलमायाँ संग मायाँ पिरती गास्दै छौ होला , हैनर ? सित्तल कुवेत जानु भन्दा अगाडी भनेका थियौ नी “प्रिती म टाढा भए पनी तिम्रो मायाँ टाढा हुन्न..” भनेर तर तिमी ले त तिमी मात्र टाडा हैन मेरो मायाँ पनी टाढा बनाएछौ, कस्तो निष्ठुरी मन है तिम्रो । सित्तल कुवेतको मायाँ मा फसेर आफ्नो जिन्दगी लाई खेल नबनाउनु है , प्रदेशको मायाँ मन दुखाउने चोट हुन्छ । सायद तिमीसँग प्रेम गर्नेहरु पनी कसैको प्रेमीका कसैकी आमा कसैकी श्रीमती हुन सक्छे । बिदेशको मायाँ मा अल्झिएर छुट्दा साउने झरी झैँ आशुँ झारी रुन नपरोस है सित्तल । बिदेशको प्रेमले मन उजाड बनाउछ भन्दै हुनुहुन्थ्यो माईला दाजु । बिदेशमा पिरती लाउनाले आज मेरो सबै लुटियो ।
हो सित्तल तिमीले मलाई धोका दिए पनी अरुलाई धोका न दिनु है र आफु पनी धोकामा न फस्नु है । सित्तल तिमीले मायाँ मारे पनी अझै मायाँ लाग्दो रहेछ । सित्तल तिमी ले त बिर्सियौ हाम्रो प्रेमलाई तर मैले बिर्सन सकीन । त्यसैले तिम्रो यादमा एउटा प्रेम स्वरुप पत्र कोर्न मन लाग्यो झर्को नमान्नु है । मनमा गुम्सिएका भवाना त कती थिए कती । तिमीलाई याद दिलाउनको लागी तिम्रो र मेरो केही मायाँ झल्काए की हु कतै त्यो निष्ठुरी मनमा मेरो याद आउछ की फेरी, मेरो मायाँ पलाउछ कि भनेर । सित्तल केही शब्द मिठा होलान केही तिता होलान, मेरो यो प्रेम पत्र लाई स्विकार्नु है ।
उहि तिम्रो यादमा कल्पिएकी
प्रिती !!!
JANAKI BK ”JANU”
KHAIRENITAR 8 TANAHUN
NOW : KUWAIT
(स्रोत : NRNaksa)