~अज्ञात लेखक~
आकाश माथि यसो हेरेको
बादलुले ढाकेको छ
चम्किदै छ बिजुली
गर्जदै आकाश तर्साउदै छ
यती बेला आँखाको गाजल
आशुले बगायो होला
मुटुमा चट्याङले
ध्यानग्रो पनि ठटायो होला
तिमी भिरमा पैराको डर
म काठमाडौंमा दुब्छु होला
गाउँको खोल्छो खहरे भरिदा
शहरमा सडकमै बग्छ खोला
झम झम झरीमा रुझ्दै
गर्दै होलीऊ घर खेत
खाना पनि रुचेन होला
छ होला आधा पेट
अनिदो छु म पनि
भोकै छ मेरो पेट
तिमीलाई कस्तो छ
बाँकी छ कि छैन घर खेत
( यदि तपाईंलाई यस कविताको कवीको नाम थाहा छ भने ”मा ईमेल गरिदिनुभए हामी क्रितज्ञ हुनेछौ । )