~अनु शाह~
कसैको घर भत्काएर
आफ्नो संसार जोडुँ कसरी ?
तिम्रो कामनालाई विर्सिएर
आफ्नो कसम तोडु कसरी?
आँखाको नीर रित्याएर भए पनि
तिम्रो आकाश सजाइ दिन मन छ ।
जीवनका हर खुशीहरु जोडेर
तिम्रो बस्ती बसाई दिन मन छ ।
भाबनात्मक बहाबलाई रोक्ने
कुनै बाँध खोजी रहेछु ।
दुई किनारालाई मिलन गराउने
कुनै साँध खोजी रहेछु ।
सायद आफैंलाई डुबाउन
बाहाना एउटा नाउँ खोजिरहेछु ।
पिल्सिनुमा नै मज्जा लाग्न थालेर हो की
एउटा गहिरो घाउ खोजिरहेछु ।
(स्रोत : NRNaksa)