बाल कथा : बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो ?

~विनय कसजु~Binay Kasaju

लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो । दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्नसक्थ्यो ।

घरमा घरपटी बाबु आमा छोरी र छोरा गरी चार जना थिए । बाबुले टेलिभिजन खोलेर समाचार हेथ्र्यो । कहिले काहिँ ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हर्ेर्नेगथ्र्यो । आमाले कथा श्रृंखला कार्यक्रम हेर्न रुचाउँथिन् । छोरीलाई फिल्म र फेसन मनपथ्र्यो भने सानो छोरा कार्टुन भनेपछि हुरुक्क गथ्र्यो । कार्टुनमा पनि उसले टम र जेरी नामक मुसा र बिरालोको कथा निक्कै रुचाउँथ्यो ।

लुकीलाई पनि टम र जेरीको कार्टुनकथा मनपथ्र्यो । सुरुमा त बिरालो टम र मुसा जेरीको झगडा, मारामार देख्दा लुकी निक्कै डराउँथ्यो । जेरीले टमलाई झुक्याएको र दुःख दिएर हैरान पारेको देखेर उसलाई निक्कै रमाइलो लाग्न थाल्यो जेरीले टमलाई हायलकायल पारेको देख्दा लुकी पेट मिचीमिची हाँस्थ्यो ।

बिहान छोरी र छोराले स्कुलको गृहकार्य गर्नु पर्ने र दिनभरि स्कुल जाने हुनाले लुकीले विहान र दिउँसो कार्टुन हेर्न पाउन्नथ्यो । दिउँसो आमाले रुचाएको टेलिश्रृंखला हेर्र्थिन् । दिनभरि बाबु पनि घरमा हुन्नथ्यो । बाबुले विहानमात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो । टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरु हेथ्र्यो । लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरु हेर्र्नुपथ्र्यो ।

एक विहान बाबुले टेलिभिजन हेर्दैथियो । बनका जीवजन्तुहरुलाई जोगाउन के प्रयास गरिँदै छ भन्ने कार्यक्रम देखाइँदै थियो । त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो । बनमा बस्ने केही पशुपंछी तिनीहरु बस्ने बन र बासस्थ्ाान मासिन थालेको रहेछ । तिनीहरुले खाने फलफूल, बनस्पति पनि नपाइन थालेछ । अनि मानिस र अरु जीवजन्तुले तिनको शिकार गर्नाले यो संसारबाटै केही जीवजन्तु हराउन लागेका रहेछन् । तिनीहरुको बस्ने वातावरण संरक्षण गर्ने, मनग्गे खाने कुरा पुर्याउने र तिनलाई मानिस र अरु जीवहरुबाट जोगाउने प्रयास भइहरेको कुरा पनि टेलिभिजनमा देखाइँदै थियो ।

लुकीले टेलिभिजन हेर्दै थियो । केही मानिसहरुले बनबिरालोलाई रबरको गोली हानेर बेहोस पारेर समाते । उनीहरुले बनबिरालोको कानको पछाडि सिमीको दानाजत्रो यन्त्र बाँधिदिए । केही बेर पछि बनबिरालो होसमा आयो र दगुरेर बनमा हरायो । मानिसहरु खुशी भए र उनीहरुले एउटा यन्त्रमा हेरे । त्यसमा बनबिरालो कुन दिशामा र कति टाठा छ भन्ने देखाइरहेको थियो । मानिसहरुले घेरै बनबिरालो समाते र ती सबैको कानको पछाडि ट्रान्समिटर यन्त्र जडान गरेर छाडिदिए । यसरी बनबिरालोको दैनिक गतिविधि पत्ता लगाएर तिनीहरुको बासस्थान, भोजन र सुरक्षाको व्यवस्था गर्न सजिलो भएको कुरा लुकीले पनि थाहा पायो ।

त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण विचार आयो । बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरुले बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयास गरेको धेरै वर्षभयो । यो प्रयासमा धेरै मुसाले ज्यान पनि गुमाए । तै पनि तिनीहरुले यो प्रयास रोकेका थिएनन् । मुसाहरुको यो ऐतिहासिक प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो । ऊ आफ्ना साथीहरुलाई खोज्न गयो ।

साथीहरुलाई भेटेर लुकीले मुसाहरुको भेला डाक्यो । भेलामा बूढापाका मुसाहरु, दुलोदेखि दरबारसम्म बस्ने मुसाहरु, तन्नेरी मुसा, बुद्धिमान मूसा, जोसिला मुसा, बलिया मुसा, लड्नभिडन खप्पिस मुसा आदि अनेक थरीका अनेक सीप भएका मुसाहरु आए । लुकी मुसाले टेलिभिजनमा बनबिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको देखेको कुरा सुनायो ।

लुकीको कुरा सुनेर धेरै मुसाहरु उत्साहित भए । हुन त बिरालोले घाँटीको घण्टी चुँडालेर फालेझैँ ट्रान्समिटर फाल्न सक्तैनथ्यो । तर समस्या उही थियो । बिरालोको जिउमा कसरी ट्रान्समिटर जडने – बूढा मूसाहरुले यसमा पनि पुरानै समस्या देखे । तर जोसिला र होसियार मुसाहरुले यसको पनि उपाय निकाले । उनीहरुले कामको वाँडफाँट गरे ।

इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले यस्तो ट्रान्समिटर यन्त्र ल्यायो जसबाट निरन्तर एक प्रकारको मसिनो ध्वनि निस्कन्थ्यो । मुसाहरुले मात्रै त्यो ध्वनि सुन्नसक्थे । औषधी पसलको स्टोरमा बस्ने मुसाले निँद लाग्ने औषधी ल्यायो । बिरालोले खाने दूध वा मासुमा त्यो औषधी मिसाइदियो भने बिरालो दिनभरि बेहोस भएर निदाउनसक्थ्यो । अस्पतालको अपरेसन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो । यसबाट बिरालोको पुच्छर वा कुनै अंगमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो ।

केही मुसाहरुले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए । सबै सामान जुटेपछि ढाडे बिरालोले जुन भान्छाबाट सँधै दूध चोरेर खाने गर्छ त्यही भान्छा कोठामा बस्ने मुसाले दूधमा निँद लाग्ने औषधीको धेरै चक्की मिसाइदियो । त्यसपछि केही मुसाहरु कहिले बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे । राती घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर भान्छा कोठामा पस्यो । ऊ सरासर दूधको कुँडेतिर गयो र कुँडेभित्रको दूघ मज्जाले पियो । दूध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर खायो । अनि मुख र जुँगा चाट्दाचाट्दै बिरालो निँदले लठ्ठ परेर त्यही भान्छाको भुइँमै पल्ट्यो ।

मौका छोपेर मुुसाहरु आआफूले जिम्मा लिएको काम गर्न हतारिए । अस्पतालमा बस्ने तीखे मुसाले चक्कुले बिरालोको मोटो पुच्छरमा गहिरो घाऊ बनायो । इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तीखेले घाऊ सिइदियो । उसले घाउको वरिपरि व्याण्डेज बेरेर नफुस्कने गरी बलियोसँग बाँधिदियो ।

अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत पाँच मिटर वरिपरिका मुसाले सुन्नसक्थे । यसरी ढाडेबाट जोगिन मुसाहरुलाई निक्कै सजिलो भयो । मुसाहरुलाई अब बिरालोले झुक्याएर मार्न नसक्ने भयो । उनीहरुको जीवन अब सजिलो र रमाइलो पनि भयो । तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्छा र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो ।

(स्रोत : बालपत्रिका “मुना” मासिक, वर्ष२, अंक ९, भदौ २०४९)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.