~सुरेश सुमन डाँगी~
छुटेछ कतै झोला आँशुको हिसाव थियो
जिन्दगीमा एउटा मात्रै त किताव थियो
नसोध्नुस के थियो? के थिएन त्यसमा
कसैले फिर्ता पठाएको एक गुलाब थियो
प्रश्नहरु थुप्रै गरेको थियो समयले मसंग
खाम बन्द गरी सम्हालेको जवाब थियो
रुनेहरुका लागी त संसार पनि सानो छ
हाँस्ने बहाना एक वोत्तल शराब थियो॥
(स्रोत : Janaboli )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.