~धिताल चिरिच्याँट्ट~
एक समय थियो दैनिक रमाइलो सपनाहरु देख्थे, तर आजकाल सपनाहरु देख्न छाडेको थिएँ । वेरोजगार मान्छे दिनभरी सडक नाप्ने काम गर्छु । सडक विभागको जागिरे ! सडक नाप्दै जादा खुल्लामंच पुगियो । राजनैतिक सभा रहेछ, नेताहरु उफ्रि उ्िरफ देशलाई सिङगापुर बनाउने भाषण गर्दै थिए । त्यही दिन अचम्मै भयो मैले सपना देखेँ, अनौठो सपना, सबै नेताहरु सपनामा आए, म त अक्क न वक्क भएको देखेर पीएमले भने “यदि यो सन्देश सवैलाई नसुनाए पार्टीको कार्यकर्ता बनाएर मन्त्री बनाइदिन्छु” भने म त डराएर कटुमै सु र उ नै गरेछु भोलिपल्ट थाहा भयो । राता गाला, भकारी जत्त्रो पेट भएका महोदयले एकै स्वरमा किर्तन गाएझै सम्बोधन गरे ।
विचरा जनताहरु,
सहमतिका लागि सहमति, वार्ताका लागि पुनः वार्ता भन्ने मुल कार्य अनन्त लक्ष्यका साथ हामीले काम गरिरहन पाउदा खुशी छौँ । सहिदहरुको रगत माथि होली खेलिरहन पाउदा विसर्न चाहेर पनि सम्झीरहने छौँ ।जसले हामीलाई गणतन्त्र नेपालका राजाहरु वनाए अझ तपाइहरुको संविधान वनाउन भनेर हामीले २ पटकसम्म संविधानसभाको चुनाव गर्यौ जसले हामीलाई सडकबाट महल, चप्पलबाट गाडी, दिलाउन सहयोग गर्नु भयो तर संविधान खाउ भने दिनभरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार हुँदाहुँदै पनि संबिधान आउछ आइसक्यो ! सहमतिका लागि फेरि सहमति, वार्ताका लागि पुनः वार्ता भन्ने मुल मर्मलाई पनि विचार गनैपर्छ जसले गर्दा पशुपतिनाथले समेत यो अनन्त लक्ष्य पुरा गर्नको लागि हामीलाई बांदरको जस्तो चरित्र र ब्यवाहर दिमाखमा घुसाईदिनु भएर ठुलो गुन लगाउनु भएको छ । जसको फलस्वरुप तपाईहरुले बेलाबेलामा देखिरहनु भएको छ । साच्चै हामी मान्छे बन्न नसकेको प्रमाण ! हाम्रो लागि त देश हिजो, आज, भोलि सधैनै सिङगापुर छ जनताको लागि मात्र झिङगापुर वनेको हो । यो परिस्थितिमा विभिन्न प्रकारका घटनाहरु घटनु सामान्य प्रक्रिया हो । यो निरन्तर चलिरहन्छ जुन नेपाली हुनुको परिचय हो । यस्ता झिना मसिना नाथे कुरामा अल्झिनु हुदैन भन्ने हाम्रो मान्यता हो ।
विचरा जनताहरु
हामीलाई यो मानेमा खुशी पनि लागेको छ कि हामी जनताकै नाममा २००७ सालदेखि राजनीीत गदै आइरहेका छौँ । जनता सुक्नु भनेको हामी फुक्नु हो । जुन विज्ञानको नियम समेत हो ! बिदेशीले तपाइहरुको उन्नतीको लागि दिइएको बोराका बोरा डलर हामीले स्वास्नीको फरिया, पेटिकोट भन्नै पर्दा भित्री अङगमा लगाउने लुगा किन्न, बिदेशमा सन्तान पढाउन समेत खर्च धानेका छौँ । युवाको प्रगतिको लागि आएको पैसा हाम्रा पार्टीका युवा फोर्सलाई गुरिल्ला बनाउन खर्च गरेर पार्टीको कार्यकर्ता नहुने बेरोजगार शतmीलाई पैसा दिने राष्ट्रमै पठाएर युवालाइ ठुलो गुन लगाएका छौँ । यो भन्दा राम्रो व्यवस्था कहाँ होला ? संसारमै यो भन्दा उत्कृष्ट व्यवस्था नभएकोले आज पनि हाम्रो देश विश्व सामु परिचित छ सुनमा सुतेर फलाम चोर्ने राष्ट भनेर !
विचरा जनताहरु
मानिस असन्तोषी प्राणी हो । त्यसैले तपाईहरु अहिले भएको बिकास बाट खुशी हुनु हुन्न । बिकास फरक फरक किसिमका हुन्छन र हामीले तपाइहरुको लागि गरेको बिकास पनि फरक खालको छ । यसमा चित्त दुखाए, भएको बिकासमा सन्तुष्ट नमानेर हाम्रै बिरुद्धमा आवाज उठाउने, आन्दोलन गर्ने, पार्टी नेतृत्व सरकारको बिरुद्धमा संघर्ष गर्ने जुन कल्पना गर्नु भएको छ त्यसले हामीलाई बडार्ने त पक्का छ त्यो भन्दा बढि तपाईहरुलाई घाटा हुनेछ । हामीले भनिरहेका छौँ हाम्रो नेपाललाई नेपाल जस्तो हैन कि सिङ्गापुर बनाउछाँै भनेर ! हामीलाई सिध्याएपछि कस्ले बनाउँछ ? हामी पनि हेरेर बस्ने चेतावनी दिन्छौँ । र यस्ता गलत कुराहरु सोचेमा गोरखाका नन्दप्रसाद अधिकारीको जस्तो हालत नहोला भन्न सकिन्न निश्चित रुपमा !
बिचरा जनताहरु
हामी अब सवैले देश अनुसारको राष्ट्रिय गित गाउँछौ । म सपना देखिरहेकै छु, राष्ट्रिय गित गाउनको लागि कोहि निदाए, कोहि जिऊ तन्काउन थाले , कोहि बोतल समाउन लागे, कोहि हाई काड्न लागे र एउटा अनौठो धुन बज्यो र सबैले बासघारिमा सारौँ कराए जसरि गाए ।
खान नपाइ भोकै मर्ने प्राय सबै जनता
दुबै, कतार, मलेसिया, साउदी उड्ने जनता
संबिधानको खिल्ली उडाइ जिन्दगी बनाउँछ दलाल
बिरहरुको रगतमा होली खेल्छौ हामी सरकार
बिदेशी प्रभुहरु हाम्रो लागि बिशाल
फरक खालको बिकास हाम्रो उच्च उच्च नेपाल
म ट्वा परेर हेरिरहेकै थिए विहानको ५ बजिसकेछ वाहिर भाले कराएको आवाजले झस्याङग भए । धेरै समयपछि देखेको सपना सबैलाई सुनाउनु भनेका थिए नेताहरुले अहिले सम्म सुनाउन सकेको छैन तपाइँहरुनै भन्नुस म के गरुँ ??
(स्रोत : Nepalpati)