~राजु छेत्री ‘अपुरो’~
कुनै समय उ नेपाली पोशाकमा सजीएर राजाको फोटो कोटको बायाँ पट्टि टल्काउँदै बिशाल जुलुसकाे अगाडी अगाडी नारा लगाउदै हिड्थे –
हाम्रो राजा हाम्रो देश – प्राण भन्दा प्यारो छ ।
बहुदलीय ब्यवस्था – मुर्दाबाद ।
पञ्चायती ब्यबस्था – जिन्दाबाद ।
मुलुकमा बहुदलीय ब्यबस्थाको घोषणा गरीयो । उसले पनि बिजयी जुलुसमा समाहीत हुँदै जोशीलो पारामा नारा लगायाे
बहुदलीय ब्यबस्था -जीन्दाबाद ।
पञ्चायती ब्यबस्था – मुर्दाबाद ।
उसले एउटा पार्टीमा प्रवेश गरे । जब जब पार्टीले सडक आन्दोलन गर्यो तब तब उसले जुलुसकाे अगुवा हुँदै नारा लगाउन थाले ।
पार्टीमा सक्रियता र पार्टीप्रतीको बफादारीताको उच्च मुल्यांकनको कदर गर्दै हाइ कमाण्डले उसलाइ संसदीय निर्बाचनका लागि टीकट प्रदान गर्यो । साम, दाम, दण्ड र भेदको नीति अपनाएर उसले बहुमतकाे जीत हासील गरे । पहुँच पुर्याएर मन्त्री मण्डलमा सामेल पनि भए ।
( त्यसको केही महीना पछी )
उ कहीं जादै थीए , उताबाट विशाल जुलुस नारा लगाउँदै उ भए तर्फ आउदै थियो । उसले गाडी रोके । केही चीर- परिचीत अनुहारहरु उसलाइ देखेर झन जोर -जोरले नारा लगाउन थाले । हमेशा अरुको विरुद्धमा नारा लगाउन बानी परेका उ यस पटक पनि झण्डै हात उठाइसकेका तर यस पटकको नारा भने उसकै विरुद्धमा लगाइएको थीयो ,,, ।
राजु छेत्री ‘अपुरो’
लाहाचोक २ कास्की
हाल मलेसिया
(स्रोत : Dainikpost)