(एक)
यो ओछ्यानमा तिमी सुलको कुरा गर्छ्यौ
संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ
म तिम्रै वयान गर्न गजल लेख्दै थिंए –
तिमी भने पटक पटक फूलको कुरा गर्छ्यौ !
(दुई)
त्यो ज्यानमारालाई देश जलेको पीडाले नछुने रहेछ
उस्को अगाडि यो देशका नागरिक रोए तर उ नरुने रहेछ
हामी चाँही सुघ्रन्छ कि भनेर पानी खन्याउँदै थियौं –
के गर्नु गधालाई जति धोए पनि गाई नहुने रहेछ !
-विराटनगर
(स्रोत : Muktakmanch)