~सीता अर्याल~
पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । दुवै जोई–पोइले एक–दुई एक–दुईवटा खाएर बाँकी तिहुनका लागि ठीक पारे । दिनभरि खेत रोप्न मेला गएकी पाते थकाइले लखतरान थिई, त्यसैले गफ गर्ने जाँगर थिएन । भात भान्छामै व्यस्त थिई । बच्चा–बच्ची भएका थिएनन् । सासू–ससुरासँग छुट्टिएर बसिसकेका थिए । धने पनि त बाउसे गर्न मेला नै गएको थियो । त्यसैले ऊ पनि भोक र थकाइले शिथिल भएको थियो । ंझिंजा–झिंजा दाउरा चुलोमा हालेर च्याँख्ला र माछाको झोल छिटै तयार गरी । कप्ल्याक कुप्लुक खाएर निद्रा देबीको शरणमा परे दुबै जना ।
चन्द्रकोट–एउटा सुरम्य गाउँ, तल भन्ज्याङ्गबाट तरपायाँ–तरपायाँ उकालो लागे पश्चात् पुगिने रमणीय स्थल । सफा–सुग्घर छन् सवैका घर आँगन । कमेरो, गेरु र खोटोले सिङ्गारिएका छन् अधिकांश घरहरू । त्यसमाथि कमेरो लगाएको ठाउँमा पुरेनी भरेर सिङ्गारिएका पिंढीका भित्ताहरू देख्दा लाग्दथ्यो प्रत्येक घर–घरमा सिद्धहस्त कलाकारहरू छन् । गाउँनै कलाकारहरूको गाउनै हो । आँगनका डिलमा ढकमक्क मौसम अनुसारका फूलहरूले शोभा बढाएका छन् । एउटाका घरमा नयाँ किसिमको फूलको विज भएमा प्रायः वरिपरि सवैले बाँड्ने र वारीमा पाकेका फलहरू पनि वाँडचुँड नै गरी खाने चलनले साह्रै सहृदयी गाउँले हुन् तिनीहरू भन्ने बु¤न अप्ठ्यारो थिएन । त्यस्तैमध्येका पाते र धने पनि एक परिवार हुन् । पातेको वास्तविक नाम जौमायाँ हो । त्यो नामबाट कसैले बोलाउदैनन् । गुरुङ परिवारमा जन्मेकी माइली छोरी पाते कहलाइने परम्परा अनुसार उसलाई सवैले पाते नै भन्छन् । धनेभन्दा पाते अत्यन्त जाँगरिली छ । भित्री वारीमा सुन्तला, निबुवा, आरु, आलुचा, आँप थोरै भएपनि लगाएकी थिई । लाहुरेसँग विवाह गरेर थुप्रै गहना लगाउने इच्छा हुँदा हुँदै धनेसँग उछिट्टिई तर पनि ती फलफूलहरू बेचबिखन गरेर वर्षको एक जोर गहना जोड्ने योजनामा छे ऊ ।
पाते उठी, आङ्खनो सुसेधन्दा छँदै थियो । छिटै खाना खाएर मेला जानु पनि थियो । केही क्षणपछि धने पनि उठ्यो र आफू सुतेका थाङ्ना– थरा, गुन्द्रीलाई मिलाएर सिकुवामा राख्यो । पाते चुड्का नाच्न ज्यादै सिपालु थिई । जब–जब चण्डीपूर्णिमा नजिकिन थाल्थ्यो उनीहरू चुट्कातिर निकै व्यस्त देखिन्थे । धने खैजडीको तालमा उफ्री–उफ्री गीत गाउन सिपालु थियो भने पाते कम्मर मर्काइ–मर्काइ नाच्न निपुण थिई । सेरोफेरो गाउँका सवै लक्का जवानलाई लोभ्याएकी थिई पातेले ।
पाते पानी भर्न पँधेरो जाँदासमेत धने बाटो कुरेर बस्थ्यो । बजार जाँदा ल्याएको सुन्तलामिठाई, माला–मिठाईको पोको गाग्रीको मुखभरी राखी दिन्थ्यो । पाते रिसाएको नखरा त पार्र्थी तर पनि मीठो मानेर ती मिठाइहरू खान्थी । धने पातेलाई फकाउन तल्लीन थियो । पानीमुनि गए पनि नछोड्ने अठोट गरिसकेको थियो । बजारमा बेलाबेलामा लाग्ने रोपाइँजात्रा, बाघजात्रा, फूलपातीजात्रा आदिमा गाउँका तरुना, तन्नेरीहरू हुलै बाँधेर जान्थे । ठिटाहरूको हातमा खैँचडी हुन्थ्यो । भोटो, कछाड, इष्टकोटमा तिनीहरू सजिएका हुन्थे । टोपीमा सिउरिने फूल प्रायः अप्राकृतिक हुन्थ्यो । ठिटीहरूचाहिँ चोलो, कालो गुन्यु, घलेक, हातभरि चुरा र चाँदीको काँडेवाला, गलामा हरियो र पहेंलो रंगका मुठीभरिको झुप्पा पोते, कानमा ढुङ्ग्री र सुन, नाकमा लाहुरे फुली र पाते बुलाकी हुन्थ्यो । हातमा प्रायः आफैले बुनेको जाली रुमाल हुन्थ्यो । हुर्के बढेका छोरा छोरीले यी सामग्रीहरू जसरी भएपनि जुटाएर राख्दथे र विभिन्न जात्राका अवसरमा पहिरिन्थे ।
गाउँलेहरू मेला पातको लागि तल झप्रिफाँटमा झर्नु पर्दथ्यो । ठिटाहरू विभिन्न भाकामा पात बजाउँदै, बनेली पाखो रन्काउँदै वेसी झर्दथे । कसैले काँधमा हलो–जुवा त कसैले कोदाली राखेका हुन्थे । मेला जान नपरेको दिन काँधमा बन्चरो राखी कम्मरमा खुर्पिठ्याक भिरेर जङ्गल लाग्दथे । ठिटीहरू चाहिँ सुरिलो स्वरमा गीत रन्काउँदै ओरालो झर्दथे । साह्रै फुर्तिला हुन् ती ठिटा ठिटीहरू ।
धने र पातेलाई आज नौबीसे कुनामा बाहुनको खेतको रोपाइमा जानु छ । धनेको काँधमा कोदाली टल्केको छ । अरूभन्दा अलिक छिटो घरबाट निस्केका थिए । कोही पनि मेलामा आइनपुगेकाले दुवै आँपको बोटतिर लागे । असारको अन्तिम भैसकेकोले पाकेका आँप भुइँमा पनि प्रशस्तै झरेका छन् । कस्तो मीठो आँप ? धने † तिमी पनि खाऊ त । यस्तो मीठो आँपको बिरुवा सार्ने र हुर्काउने मान्छे त सरासर स्वर्ग पुगे होलान्, होइन त धने ?
हो, हो ठीक भनिस् पाते † यी सवै आँपका रुखहरू तिनै राइटर बाजेले लगाएका रे । यस्ता गफहरू गर्दै एक झोला आँप बेलुका घरजाँदा लैजान पनि तयार बनाए । असारे गीतको सुरिलो भाकासँगै धानका बिउहरू रोपेर मेलो समाप्त भयो । हिलो पखालीवरी सवै टपरीभरी सिरौँला, अचार, तर्कारी खाँदै उकालो लागे । झमक्क साँझ परिसकेको थियो । छाम–छाम छुम–छुम गर्दै घर पुगे ।
धने † असार पनि सकियो, रोपाईंको काम पनि अब त सवैको सकियो । साउनको महिनामा चाहिँ बारीको आँप र नास्पाती बेच्नु पर्छ । हामीलाई अरू काममा जाँन फुर्सद हुँदैन नि । तिमी मेला बोलौला फेरि । यसपटकको फलफूलले त जन्तर नबनाई हुँदैन ।
वर्षै पिच्छे कति बनाउनु परेको गहना पनि ?
नत्र म लाहुरे टिपेर लागुँला नि बाटो फेरि– पातेले जिस्किँदै धम्क्याई धनेलाई ।
पातेसँग जे पायो त्यही बोल्न पनि नहुने भएको छ । मुखभरिको जवाफ लगाई हाल्छे । मायाँ नभएको त होइन, मायाँ पनि औधी गर्छे तर च्वास्स–च्वास्स वचन पनि लाउँछे ।
गोठमा गाईको टुङ्गो आउनै लाग्यो । धने र पातेलाई गाईको स्याहार गर्नु पर्ने काम बढी थपिएको छ । धने त्यतै गोठतिर कट्याकुटु काम गरिरह्यो । बिहानको कुँडोपानी सकेर पाते चाहिँ घाँस निस्की । अब के चाहियो र कोकिल कण्ठी स्वर गुञ्जाउन थाली ।
रुपसिङ भर्खर घर आएको इन्डियाको लाउरे । काम विशेषले त्यही बाटो भएर बजार झरेको थियो । दोहोरी गीत गाउन खप्पीस पातेको गीतको जवाफ गीतैमा दिइहाल्यो उसले पनि । पातेलाई सपना हो कि विपना जस्तै लाग्यो । घाँसको भारी पुगिसकेकोले मजाले कस्सिएर निकै वेर दोहोरी खेले र भोलि यही ठाउँमा भेट्ने वाचा र कसम गीत मै व्यक्त गरेर दुवै आङ्खना–आङ्खना गन्तब्यतिर लागे ।
रुपसिङको घरमा बूढी आमा मात्र थिइन् । उसलाई फर्केर फेरि जागिर खानका लागि जानै पर्दथ्यो । बूढी आमा एक्लैलाई छाडेर जान सकिरहेको थिएन । तीन वर्ष अगाडि इन्डियातर्फ लागेको थियो रुपसिंङको परिवार । उसले एउटा जघन्य अपराध गर्ने कुचेष्टा गरिरहेको थियो– “आमाको लागि साथी स्वरुप अर्की विवाह गरी छाडेर जाने ।” उता स्वास्नीले दोस्रो बच्चा जन्माउने बेला हुन लागेकोले पनि फर्कनको लागि ऊ अलि हतारो गरिरहेको थियो ।
कति स्वार्थले लिप्त हुन्छन् लोग्ने मान्छेहरू ? आफू विवाहित हुँदा हुँदै पनि अर्कालाई फसाउन कसरी हाउ भाउ, कटाक्ष घोल्दछन् । धेर थोर पैसा कमाउन सक्षम मान्छे वरु मासिक यति रकम दिउँला, मेरी आमाको हेर विचार गरिदेओ भनेको भए त्यस्ता मानिस पाइँदो हो नि । रपसिंङले पातेलाई फकाउन थाल्यो । गाउँघरका मानिसहरू लाउरे भनेपछि हुरुक्कै हुन्छन् त्यसमाथि उमेरका केटीहरू त मरिहत्ते नै गर्छन् । कति ठूलो रहेछ पैसाको शक्ति । कति उच्च रैछ गाउँघरमा लाउरेको इज्जत ? ब्यक्तित्वको तुलना गर्ने हो भने त रुपसिङभन्दा धने नै निकै राम्रो लक्का जवान हो । वलिष्ठ पाखुरा पनि छ उस्को तर लाहुरेको जस्तो दर्जा र पैसा भने छैन उसँग ।
बिस्तारै पातेमा परिवर्तनका झलकहरू देखा पर्न थाले । धनेप्रतिको उस्को ब्यवहारमा रुखोपन प्रतीत हुन थाल्यो । एकातर्फ काममा दिलचस्पी कम हुनुको साथै गोठका चौपायाहरूको रेखदेख र स्याहार सम्भारमा हेलचक्र्याई गर्न थाली । अर्कोतर्फ रुपसिङ उसलाई प्रभाव पारेर सकेसम्म छिटो उछिट्याउन उद्यत देखिन्थ्यो । उस्ले दिनदिनै नयाँ चिजहरू ल्याएर दिने गरेको थियो । घाँस काट्न गएकी पातेलाई भेट्न मात्र भए पनि ऊ जङ्गल जाने गर्दथ्यो । भर्खरै वर्षा सकिएको थियो । चारैतिर सयपत्री गोदावरी फुल्न थालेका थिए । आकाशमा टहटह जून र झलमल्ल तारा चम्किन थालिसकेका थिए । दशैं नजिकैबाट मुस्कुराउने तरखरमा थियो ।
रुपसिङले चित्ताकर्षणको लागि ल्याएका उपहारहरू दिन्थ्यो । घाँसको भारी पु-याउन मद्दत गर्दथ्यो । बनावटी र देखावटी मायाले क्रमशः आफूप्रति सम्मोहित गर्न प्रायः सफल भैसकेको थियो । पातेले धनेलाई त्यागेर रुपसिङलाई अँगाल्ने बचन दिइसकेकी थिई । अचानक धनेलाई ज्वरोले आक्रमण ग-यो । वर्षाभरिको लछारोले होला सायद ऊ थलियो । पातेमा निकै परिवर्तन देखिन त पहिल्यै थालेका हुन् । अब त झन धनेलाई बिरामी हुँदासमेत राम्ररी हेरविचार त परै जावस वास्तासम्म पनि नगर्ने हुन थाली । घरमा सबैतिर लथालिङ्ग भताभुङ्ग हुन थालिसकेको छ । कुनै पनि कार्यको लागि सबैभन्दा ठूलो कुरा मन रहेछ । जव मन मर्दै जान्छ माया पनि घट्दै र हराउँदै जाने रहेछ । माया घट्दै र हराउँदै जान थाले पछि सवै घर व्यवहार तहस नहस हुन वेर लाग्दैन । त्यस्तै भयो धनेको जीवनमा पनि । ओछ्यानमा थलिएको धनेलाई चटक्क छाडी पखेटा फिँजाएर डाँडो काटी पातेले । घाँस गएकी श्रीमती आउली र तातो पानी देली अनि घाँटी भिजाउँलाभन्दा भन्दै घाम डाँडामा बस्ने बेला भइसक्यो ।
विहानदेखि घाँस–कुँडो नपाएका गाई–बस्तु गोठमा कराएर दाम्लै चुँडाउला जस्तो गर्न थाले । पश्चिमतिरको डाँडोमा लागेको एकतमासको घामले धनेलाई झन भाउन्न बनायो । पक्कै निको चाल छैन भनेर लख काट्यो । केही समय पहिलेदेखिको पातेको व्यवहार क्रमशः सम्झन थाल्यो । चारपाउ टेकेरै भएपनि उठेर पातेको सबै सामानको निरीक्षण ग-यो । गतिला र राम्रा सामानहरू केही थिएनन् । मेरो बसिसकेको घर भताभुङ्ग पारेर भागी, निष्ठूरी । शरीरमा ज्वरो बलेको छ । पेटमा चारो परेको छैन । हिँड्नै परे मलाई अलि ठीक भएपछि गएकी भए पनि त हुन्थ्यो । कस्तो मन पापिनीको ? धनेलाई सपना झैं लाग्यो । अब घर ब्यवहार कसरी चलाउने ? रोगमाथि अर्को पिर थपियो । समयमै काखेचेलो भएको भएपनि छोडेर जान गाह्रै हुन्थ्यो कि, त्यो पनि भएन ।
रुपसिङ डाँडाको ठूलो आँपको फेदमा एकाविहानै कुरेर बसेको थियो । खुव प्रतीक्षारत थियो– “अर्काको घर भँडुवा” । एकमन त उसलाई पनि नलागेको होइन –“म पापी हुँ, मेरो आङ्खनो स्वार्थसिद्ध गर्नका खातिर मैले एउटी सोझी आइमाई र सोझो अनि इमान्दार ठिटोको जिन्दगी तहस नहस गरेर उनीहरूको सपना चकनाचुर पारिदिएँ । कति राम्रो चट्ट मिलेको जोडी थियो उनिहरूको । अरूले चौतारो चिन्छन्, मैले बनिसकेको चौतारो पनि बिगारे” ।
पाते खुवै सुरिलो स्वरले गाउँथी, पात बजाउँथी, नाच्थी र रूपमा पनि अब्बल थिई तर बुद्धिमा कमजोर देखिई । के–कस्तो बु¤दै नबुझी बत्तीमा पुतली होम्मिए झैं होम्मिई रुपसिङका समीपमा । माथि भन्ज्याङ्गबाट पात बजाउँदै झरी पाते । रुपसिङ प्रफुल्ल भयो । दुवैजना खड्ग देवीको मन्दिरमा गएर जिन्दगीभरि नछुट्टिने कसम खाए र केही दिनको लागि पोखरातिर लागे ।
आङ्खना पौरखले खेतभरि धान झुलेका थिए । बारीभरि खेती–बाली पाकेका थिए । देवता स्वर्गबाट सोझै त्यहीँ झर्छन् कि जस्तै दैलो अगाडि फूल फुलेका थिए । एकातर्फ पँहेलपुर पाकेका वेलौतीमा चराको राज चलेको छ । उता भर्खरका लाउरे बोटका सुन्तलाहरू रछायाँ–रछायाँ हुन थालेका छन् । आङ्खना हातले चरीको दूध उमारेकी थिई । कस्तो उँडुवा मन ? कसरी चटक्कै छोडेर जान सकेकी होली त्यस्तो चन्चलाश्री पनि ।
पोखराबाट फर्केको रात अचानक पातेको पेटमा बच्चा चल्यो । ऊ झसँग भई । पर नसरेको चार–पाँच महिना भैसकेको थियो । परसरेको बेलामा बार्ने, चोखोनितो गर्ने संस्कार भएको भए सबैलाई थाहा हुन्थ्यो । यस्तो किसिमको चलन नभएकाले उसैलाई पत्तो भएन । थाहै भएन । ऊ भागेको यतिका दिनपछि धनेलाई संझी । धेरै वेर टोलाएर बसी । सवै कुराको क्रमशः याद गरी । छानोको बलो–बलोसमेतको याद गरी । धनेको घर र अहिले आफूले मनपराएर आएको लाहुरेको घर तुलना गरी । रुपसिङको घरमा बूढी आमाको व्यवहारभित्र खाने जीबिका बाहेक अरु केही थिएन । पानीले पखालेको जस्तो थियो तर धनेको घरमा लाहुरेपद र पैसा बाहेक चन्चलाश्री थियो । भकारी भरी अन्न थियो । खेतभरी, बारीभरि जाँगर झुलेका थिए ।
भोलिपल्ट बिहान पातेको आँखा एउटा तस्विरमा प-यो अचानक । त्यो तस्विरमा रुपसिङ र एउटी राम्री आइमाइ खुब प्रसन्न मुद्रामा मुस्कुराइ रहेका थिए । कुममा कुम मिलाएर खिचिएको तस्विर– “रुपसिङको त जेठी छ कि क्या हो” ! पातेको मनमा चसक्क शङ्काको तरङ्गले प्रवेश ग-यो । केही बेरसम्म आङ्खनै मनभित्र शङ्काले उथल–पुथल मच्चाइ रह्यो । हात–गोडा सल्याङ–सुलुङ भए । मैले अन्जानमै ठूलो रहमा त हाम फालिन ? धनेलाई त्यत्रो ठूलो धोका दिए मैले । कतै पाप धुरीबाट कराउने त होइन ? मनमा मात्र कुरा खेलाउनुको साटो उसैसँग सोध्छु भनेर पाते रुपसिङको नजिक गई र सोध्ने जमर्को गरी । हम्मेसी सोध्ने साहस पनि आएन । रुपसिङ झोलामा सामान प्याकिङ गर्न व्यस्त थियो । बूढीआमा फलैँचामा बसेर छाती समाउँदै खोकिरहेकी थिइन् ।
पाते आङ्खनै मनसँग धेरै सवाल जवाफ गर्न थालेकी थिई । पहिलेभन्दा परिस्थितिले पनि ज्यादै गम्भीर बनाउँदै ल्याएको थियो । यथास्थितिवाट वेग्लै धरातलमा फड्केकी बाइफालेलाई धनेकै गर्भले पोल्न थालेको थियो । कतै रुपसिङले थाहा पाएर छोडिदियो भने म घरको न घाटको पो हुने हो कि भन्ने तर्क वितर्क मनमा आउनु पनि अस्वाभाविक होइन । पातेको दिलभित्र डाहै–डाहले छट्पटी पार्दै ल्याएको थियो । गलामा प्राण बोकेर बसेकी नयाँ सासू अहिल्यै हुरुक्क हुने हुन् कि ? अर्को बेग्लै संभावित भवितव्यले सशङ्कित बनाउन थालेको थियो । रुपसिङसँगको मिलन दुई दिनको रामछायाँ हो कि भन्ने पनि लाग्यो । त्यसैले ऊ धेरै गम्भीर हुन थाली ।
भोलिपल्ट बिहानै रुपसिंङ फर्कने तर्खर गर्न थाल्यो । “यो त कपटी पो रैछ ।” रातभरि केही पनि भनेन । बिहान उठेर त जाने पो भन्छ । पहिल्यै मलाई भनेको भए पनि के भन्थेँ र ? मनमा कुरा खेलाउँदै रुपसिङ नजिकै गएर पातेले भनी– खै मेरो त केही पनि ठीक पारेको छैन नि, आजै जाने हो र ?
म मात्र जाने, अहिले तिमी जाने कहाँ हो र ? म पछि लिन आउँछु नि । अहिले आमा र तिमी यहीँ बस्ने ।
“चौटा खान आएकी बूढी झोलमा डुवी” भनेजस्तै भयो । पातेको मनभरि भुइँचालो आइरह्यो । एकछिनपछि भित्तामा झुण्ड्याई राखेको जेठी र रुपसिङको तस्विर पातेले झिकेर ल्याई अनि सोधी— यो आइमाई को हो ? कि जेठी छ ? रुपसिङ सुनेर पनि नसुनेको झैं गर्न बाध्य भयो । अब ऊ यो जटिल समयबाट कसरी उम्कने भन्ने मात्र सोच्न थाल्यो ।
टाढा पुग्नुछ, बस र रेलबाट जानु पर्छ । समय परिस्थिति ठीक नभएको बेला, शुभसाइतको बेलामा मलाई नअल्मल्याऊ । तिमी मेरी सर्वश्व हौं । अन्यथा नसोच । जेठी हुनुमा र नहुनुमा केही फरक छैन । बरु मलाई चाँडै विदा देऊ । पातेलाई सम्झाउँदै थियो । फस्ल्याङ–फुस्लुङ पार्दै थियो । कपट र छल केही नभएकी सोझी आमा थालीमा रातो टीका र फूल लिएर स्याँ–स्याँ गर्दै आइन् ।
“लौ बाबु, म डाँडा माथिकी जून भैसकेकोले चाँडै आएस् । उता बच्चा हुने बित्तिकै हामीलाई खवर गरेस् । जे भए पनि पकाएर ख्वाउने कान्छी ल्याइदिएको छस््, यसलाई पनि हेर विचार पु-याएस्” । बूढी आमाले कुरा केही मनमा नराखी यथार्थ सबै उकलिन् ।
अब सबै छर्लङ्ग भयो पातेलाई । दौडेर गई धनेलाई अँगालो हालेर माफी मागौं कि जस्तो लाग्यो । ग्लति र पश्चात्तापले निथ्रुक्कै भिजायो । धनेलाई लात मारेको पाप धुरीबाट कति छिटै कुर्लियोजस्तो भयो ।
बुढ्यौलीले छिप्पिएका आङ्खना हात कमाउँदै आमाले रुपसिंङलाई टीका र फूल लगाइदिइन् । धन्दै–धन्दै दृिष्ट गुमाउने बेला भैसकेका नयनबाट बलिन्द्रधारा आँसु चुहाइन् । टाटनको सप्कोले आँसु पुछिन् र लुसुक्क भित्र पसिन् ।
सुख काट्न लाहुरेको दौराको फेर समाएर आएकी पातेले रुपसिङले छाडेर गएको पैसा भइन्जेल त रासन पानी वेसाएर खाई । केही समय आराम गरी । पैसा सकियो, भकारीमा अन्नको गेडो छैन । लाहुरबाट पैसा आएन अत्यन्त अप्ठ्यारोमा परी । जहाँ गएपनि उही दुःखले छाडेन । उता दुःख गर्दा–गर्दा जमिसकेको घरबार आफैले भताभुङ्ग पारेर यता आई, फेरि जरैवाट सुरु गर्नु प-यो । पैसा पठाउनु भनेर कैयों चिठी लेखी । न पैसा आयो न चिठी आयो, न त मान्छे नै आयो ।
यता आएको पाँच महिनामै धुतुमुने छोरो जन्मियो । छोराको पहिलो दर्शन पाउने बित्तिकै पाते झसङ्ग भई । किनकी उस्को अनुहार काटीकुटी धनेको जस्तै थियो । क्रमशः ओझेलमा पर्न लागेको विगत् फेरि सामुन्ने खडा भयो । रुपसिङले पैसा पठाउदै पठाएन । यता घरमा न खानलाई अन्न छ न नङ्ग्रा खियाउन जमिन । भित्र बाहिर गर्न पनि असमर्थ सासू, काखमा अत्यन्त सानो दुधे बालक । योभन्दा अप्ठ्यारो जिन्दगी कस्को होला सायद । पातेले निवेकै गरेर तीन प्राण धान्न थाली । उस्को आँखा कहिल्यै ओभानो भएन ।
जस्ले बोलायो उसैको खेतवारीमा दिनभरी काम गरेर केही पैसा लिएर घर आउँथी । आवश्यक परेका सामग्री किनमेल गर्थी र छाक टार्थी ।
बाहुनको ठूलो खेतको रोपाई, असारको अन्तिम भैसकेको थियो । मुसलधारे पानीले मेलोमेसो दिएको थिएन । आङ्खनो पिठ्युमा बच्चा बोकेर त्यही रोपाईंमा पाते हिँडेकी थिई । एकसुरले गइरहेकी थिई । मनभरि पिडै पीडा, सोचाइका तरङ्गहरू बेग्लै थिए । आङ्खना सामुन्नेबाट कोही गयो भने पनि पत्तो नै नपाउने गरी सोचाइका भङ्गालाहरू एकपछि अर्कोले पछ्याइरहेका थिए । त्यत्तिकैमा धने उस्को सामुन्नेमा आइपुग्यो । एकपटक देख्न पाए हुन्थ्यो भन्ने दुवै उत्कट अभिलाषा लुकेको भएपनि देखभेट पछि बोलचाल भने भएन । दुवैको मन ढक्क फुल्यो । धनेले पातेलाई भन्दा छोरोलाई एकोहोरो हेरिरह्यो ।
धनेलाई लाग्यो– त्यो पक्कै मेरो वंश हो । मैले पाए राम्ररी पाल्ने थिएँ । मलाई दिए पनि हुन्थ्यो । म त काम यसै लागिनँ भने उसलाई मेरो वंशको के काम ? मसँगै बसिरहेकी भए यति सानो बच्चा च्यापेर मेला–पात गर्नु पथ्र्यो होला त ? कति स्याहार पु-याएर पाल्थेँ मैले ? उसको त्यति भरिलो शरीर पनि त सुकेर आधा भइसकेछ । “धने मलाई स्वीकार गर्, म तँसंगै बस्छु” भनेर फेरि आए पनि म सहर्ष स्वीकार गर्ने थिएँ क्यारे । कहिले काही बुद्धि बिग्रन्छ नै । मैले पनि त अर्की ल्याएको छैन । सधैं उसैलाई सम्झेर दिन–रात काटिरहेको छु ।
धने पनि कसैको मेला जान आएको थियो । पाते ओझेल हुने बित्तिकै थचक्क त्यहीँ बस्यो । हुनसक्छ उसलाई पातेप्रतिको गडुवा मायाँले गाँज्यो या आफूलाई छोडेर भागेपछि पाँचै महिनामा जन्मिएको शिशुमा दुरुस्त आङ्खनै छवि देख्यो । मसक्क आँट ग-यो र पातेको पछि–पछि दौडेर गयो ।
पातेको दाहिने पाखुरामा टपक्क समात्यो । पाते तँ मसँग हिँड् । आजदेखि तैंले यतिबिघ्न दुःख किमार्थ गर्नु पर्दैन । हिड्, मलाई गाउँलेको हेला– हाँसोको पनि मतलब छैन । दुवै मिलेर छोरा हुर्काऔँ । हाम्रो गृहस्थी अगाडि बढाऔँ । घर तँलाई नै पर्खिरहेछ । पाते निःशब्द थिई । आँखा धमिला भए । अबोध शिशुलाई काखैमा लिएर त्यही चिसो भुइँमा थचक्क बसी । आमाको मातृŒव चुस्ने आशामा मुखतिर हेर्दै आँ–आँ गर्दै थियो बच्चो । पातेले आङ्खनो स्वर्णिम विगत् सम्झी र वर्तमान पनि केलाई । आफूले गरेको अक्षम्य गल्तीलाई पनि क्षमा दिएकोमा धनेसँग अत्यन्त कृतज्ञघ्न भई र आफूले गरेको गल्ती पखालेरै जान्छ कि जस्तै गरेर रोइरही । धनेको पालो टपक्क छोरो टिपेर घरतिर बाटो ततायो । पाते किंकर्तव्यविमुढ भई । आखिर ममताको धागोले पातेलाई पनि डो-याइहाल्यो । विचरी रुपसिंङकी आमा आधिरात घंर्किदासम्म पनि आङ्खनो जीर्ण शरीर लिई पातेलाई पर्खिरहेकी थिइन् ।
अस्तु ।
saryal25@gmail.com
सीता अर्याल, अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘ईमेल‘ मा पठाईएको । )