~विवश पन्त ‘शिब’~
उसको पनि चसक्क दुख्ने मन होला
विदेशिनै पर्ने खास् कुनै कारण होला
ऋण लिएको छ,घर बन्धकी राखेर
तिर्छु भनेको तमसुकमा वचन होला
हाँसेकै छे उसकी अभागी प्रिया नी
पत्थर हाँसो भित्र कत्ती रोदन होला
समय बदलियो, पिडा त उही न हो
कैले सम्म दासताको यो बन्धन होला?
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
