आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो
अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो ।
लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ ।
धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।।
संसार नै नाङ्गो रै’छ लुगा किन चाहियो
आत्मा नै पापी रै’छ परमात्मा किन चाहियो ।
छोड्ने भए छोड बरु एक्लो यात्रा हिड्नै पर्छ
दुनियाँ नै यस्तै चल्छ किन साथ खोज्नु ।
मिलन नै विछोड हो भने किन हात चाहियो ।
मृत्यू त एक सत्य नै हो किन मिलन चाहियो
नर्हेने भएँ छोड हेर्न एक्लै संसार हेरुलाँ ।
क्षितिज नै आशा भए कल्पी कम्पी मरुँला बरु ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )