~ज्योतिराज अधिकारी~
केहि बन्ने आशा लिएर
केहि गर्ने चाहना संगै
एउटा दीयो बोकी
यो बाटोमा हिडीरहे ।
जब बिहानी भयो
सुर्य उदायो
मेरो आँखा तिर्मिरायो
ति निन्द्राका सपना रहेछन
बिउझिंदा सबै बिलायो ।
केहि बन्ने आशा लिएर
केहि गर्ने चाहना संगै
एउटा दीयो बोकी
यो बाटोमा हिडीरहे ।
जब साँझ पर्यो
एउटा हुरी आयो
त्यो सानो दीयो त्यसै निभायो
मेरो दीयोमा तेल नै रहेनछ
चाहना मात्रै कतै हरायो ।
केहि बन्ने आशा लिएर
केहि गर्ने चाहना संगै
एउटा दीयो बोकी
यो बाटोमा हिडीरहे ।
जब दिन चड्यो
लहर आयो रहर जाग्यो
मेरो मन मस्तिष्कमा
उमङ्ग छायो
साँचो अर्थको मेहिनतले
आफ्नो छबि देखायो ।
केहि बन्ने आशा लिएर
केहि गर्ने चाहना संगै
एउटा दीयो बोकी
यो बाटोमा हिडीरहे ।
1998, Dharwad India
(स्रोत : Weallnepali)