~बाबु लामा~
पहाडमा नै जन्मेर होला
उकाली ओरली गर्नु परेको
कर्म नै खोटो भएर होला
घर परिवार लगायेत
साथी संगी छाडी सात समुन्द्र
तर्नु परेको
गरीब भएर नै होला
अर्काको देशमा
पसीना र रगत को खोली संग
पैसा साट्नु परेको
जती नै दुःख कस्ट
भए पनी आरामै छु आमा
भनी ढाट्नु परेको ।।।।।।।।
बाबु लामा
हाल-मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )