~निशान्त ढुंगाना~
उनी बेला-बेलामा आउने गर्छिन
त्यही आफ्नो अनुपम
सौन्दर्य साथमा लिएर
त्यही आफ्नो मधुर ,
मिठो बोलि आफु संग लिएर
अनि आँखा जुधाउन खोजछिन्
आँसुले भरिएको मेरो आँखाहरु संग
अनि चुम्न खोजछिन्
मेरा कलौटी परेका ओठहरु
फेरि एक बार मागछिन्
टुक्रिएको मेरो मुटु
त्यही पुराना कसम खाएर
त्यही पुराना बाचा दिएर र
पगाल्न खोजछिन्
म “ढुंगा “लाई
तर भुलछिन् मैले
खाएको त्यो कसम
विश्वासघाती संग माया नलाउने
विश्वासघाती लाई विश्वास नगर्ने |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )