~बसन्त मोहन अधिकारी~
रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैँ सधैँ रुवाएछौ
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैँ घरमा लडाएछौ
भाइ रुँदै खाडी मुलुक, बैनी घर रोइरा’छिन्
न त र्मनु न त बाँच्नु गरिवलाई तड्पाएछौ
राजनीति चाल तिम्रो जनतालाई ऋण बढ्यो
आफू भोग्न सत्ता भत्ता चुनाव भन्दै कराएछौ
ऐले बन्न नसकेको यो संविधान कैले बन्छ
मीठा सपना देखाएर थाङ्गनामाथी सुताएछौ ।
(स्रोत : Npgerman)