~दयामोहन आचार्य~
डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश !
सधैंको बेकारको आन्दोलनले बलेको देश !!
निर्णायक हुने भन्दा भन्दै थाके जनता !
परिणामहीन दिनहुँको बार्ताले गलेको देश !!
बिचरा सर्वसाधारण तड्पेरै मर्ने बेला भो !
गरिबी, अभाव र महंगीले जलेको देश !!
कहिले राम्रो होला खैं, प्रतिक्षा लामो भयो !
२०७२ बैसाख १२ गते धरहरा ढलेको देश !!
डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )