आखिर जीवन लड्’छ नै भिरको बाटो हिड्’दा खेरी
भूमरीमा परिन्छ नै हावा हुरीको सामना गर्दा खेरी ।।
समथर नै यात्रा भए भिर पाँखा किन हुन्थ्यो
सुखै सुख जीवन भए दुःख कहाँ हुन्थ्यो ।
मायै माया बाँच्ने भए विछोड कहाँ हुन्थ्यो
जीवन मात्र जीउन भए मृत्यू किन हुन्थ्यो ।
मिन मात्र जीवन भए धोक्का किन हुन्थ्यो
मिलन विछोड नभइ दिए संसार कसरी चल्थ्यो ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )