~के. बि. गुरुङ~
कथाले कोल्टे फेरेको छ ! कुनै काल खण्डका काल्पनिक कथाहरु माया प्रेम संग सम्बन्धित हुने गर्थे ! सफल लडाईका अकल्पनीय कथाहरु हुने गर्थे ! तर आज अपुरो, अधुरो क्रान्ति भित्रको एउटा तितो सत्य कथा जन्मिएको छ ! जो बर्तमान यथार्थ धरातलमा हुर्किरहेको छ, बढी रहेको छ !
ब्रह्माण्डको कुनै एउटा कुनामा सानो देश थियो ! प्राकृतिक सम्पदाको हिसाबले बिस्वकै धनि देश भनेर चिनिन्थ्यो ! भाषा र संस्कृतिको धनि देश, चार बर्ण छत्तिस जातको बसो बास भएको देश, अनि बहादुरहरुको रगतले इतिहास लेखेको देश तर बिस्वकै गरिब देश भनेर चिन्न सकिन्थ्यो, त्यो त केवल थियो देश नेपाल ! नेपाल एकीकरण पछिको एउटा तितो इतिहाँस अकाट्य बन्दै आइ रहेको थियो ! बिर र सर्जनहरुले आत्महत्या गर्नु परेको देश थियो, जसरी भिमसेन थापाको उदाहरण हेर्न सकिन्छ ! इमान्दार काजि भिम मल्लले अनाहकमा मारिनु परेको देश थियो ! राना कालिन देखि घट्दै आएका घटना जसरि कोत पर्बले धेरै असल र सर्जनहरुको कत्ल्याम हुँदै आएको देश थियो, जस्को पछिल्लो उदाहरण, शान्ती प्रिय राजा वीरेन्द्रका वंशको एकै चीहान भएको देश थियो ! कम्युनिस्ट नेता मदन भण्डारीको हत्या भएको देश थियो ! केही गर्छु भन्नेहरू टिक्न नसक्ने र असक्षम र लुटेराहरूले लुटेको देश थियो हत्यारा, भ्रस्टचारी, अपराधी पुरस्कृत हुने र इमान्दार, त्यागी निराशामै मर्नु पर्ने देश थियो !
यस्तै कु-कर्मको जग बाट “जनयुद्द” नामक एउटा क्रान्ति २०५२ सालमा जन्मिएको थियो रे ! अत्याचारले सिमा नाघे पछी, त्यसको प्रतिबाद हुनु, भोकाएका पेट हरुले खाना माग्नु, नदिए खोसेर भए पनि खानु नैसर्गिक अधिकार थियो ! त्यसैले होला देशका भोका नांगाहरुले परिबर्तनका लागि बन्दुक उठाउन लाम लागेका थिए रे ! बिस्व ईतिहासको एउटा रंगमंचमा सफल यात्रा चुमी रहेको थियो रे ! किन की गरिब र अन्याय बिरुद्द, न्याय पूर्ण युद्द थियो ! युद्दले महान उपलब्धिका साथै ठुला ठुला क्षेती पनि बेहोरी रहेको थियो ! त्यहि युद्दताका एउटा “लम्पट सर्बहाराबादी” भुन्टे दोबाटोमा बसी जुत्ता सिलाएर बस्ने गर्थ्यो !
लम्पट सर्बहारा भुन्टेको परिचय :- नाम – भुन्टे, काम – जुत्ता सिलाउने
उसको सम्पतिको नाममा जुत्ता सिलाउने सियो र धागो मात्र थियो ! जिन्दगि गुजार्न उसको दिन-चर्या दोबाटोको बर पिपल मुनि बित्थ्यो ! दिन भरिको ढुकाइ ले २-४ जनाको जुत्ता सिलाएर साँझ बिहानको खाना टारथ्यो ! २०५६-५७ तिर को कुरो थियो, क्रान्तिले रणसंग्राम तातिएको थियो ! जता-ततै बम र बारुदका धमकाहरु आउथे ! युद्द बिचको सफलता र असफलता आफ्नो ठाउमा थियो तर त्यसले दिएको असरले सर्बसाधारणहरु पनि मारमा परेका थिए ! दुवै पक्षको भिडन्तमा “गोरुहरुको जुदाईमा बाछिको मिचाई” भै रहेका थिए ! दुबै पक्षको लडाईको चपेटामा धेरैले शारीरिक र मानसिक यातनामा पाउने गर्थे ! त्यही मारमा जुत्ता सिलाउने भुन्टेले पनि छुट पाएन !
एक दिनको कुरो हो, माओबादी सेनाले उही भुन्टे बस्ने बर पिपल नजिकै एम्बुसमा पारेर धेरै सरकारी सेनाहरु मारिए ! हात –हतियार कब्जा गरिए बिद्रोही पक्षको विजय भयो ! भोलिपल्ट भुन्टे लडाइको डरले जुत्ता सिलाउन गएन ! तर पर्सिपल्ट उस्लाई जानै पर्ने थियो, किन कि उसको बाँच्ने आधार नै त्यही जुत्ता सिलाएर आएको कमाई बाट खानु थियो ! अनि दोबाटोको आफ्नै कर्म थलोमा प्रस्थान गर्यो ! र केहि समयमा सरकारी सेना को ठुलै हुल आयो ! आकाशमा हेलिकोप्टर पनि घुमी रहेको थियो ! उसलाई के थाहा र धेरैलाई कुट पिट भैरहेको छ भन्ने कुरा ! नभन्दै सरकारी सेनाहरु आएर काला बुटहरुले उसका निर्दोष छातीहरुमा बजार्न थाले ! माओबादी कता छन्, भन भन्दै कुट्न थाले ! बिचरा उसले भन्थ्यो, मलाइ थाहा छैन सर, म आफ्नै पेशामा बाच्ने मान्छे, मलाई नमार्नुस, तर उसको भनाइ लाइ कसले सुन्ने, उल्टै यो त माओबादीको सिआइडि हो, भन्दै राइफलको कुण्डाले कुटेर बेहोस बनाई बाटो मुनि फालिदिए ! साँझको समय थियो, लडाई पछिको सन्नाटा छाई रहेको त्यो ठाउमा कोहि थिएन, सरकारी सेनाहरु सबै फर्की सकेका थिए ! बेहोस पछी ब्युझिएर होला, उ रोहि रहेको आवाज गाउले हरुले सुने पछी उसलाई घर लिएर गए र शरीर र मुख पुरै सुनिएको थियो ! अब सहर गएर उपचार गराउने अवस्था पनि थिएन ! घरेलु उपचारले केहि आराम हुँदै गयो ! उसको के दोस थियो र, केवल उसको लडाई थियो त साँझ बिहानको गाँसका लागि, उही सियो र धागो संग थियो ! यस्ता घटनाहरुले धेरै सर्बसाधारण र युवाहरु विदेश पलाएन भैरहेका थिए, भने कोहि क्रान्तिमा होमिनु सिबाए अरु केहि उपाए थिएन ! भुन्टेले अब फेरी त्यहि दोबाटो कुर्नुको बिकल्प थिएन ! भोको पेटका लागि भए पनि अब त केहि गर्नु पर्ने थियो, त्यसैले केहि दिन पछी फेरी त्यहि दोबाटोमा गएर जुत्ता सिलाउन थाल्यो ! माओबादीका कार्यकर्ताहरु आएर भन्थे, अब युद्दमा हिड तिमि जस्तै गरिबहरुका लागि हो यो युद्द, सेनाले दिएको यातनाको बदला लिनु पर्छ ! हेर भुन्टे जिन्दगि गुजार्न र पेट पाल्नका लागि मात्र त चोरेर, ढाँटेर वा छलेर पनि हुन्छ, तर देशका लागि, समाजका लागि वा अरु कसैका लागि पनि केहि गरेर मर्नु पर्छ, त्यो नै मानवताको जिबन हो ! अनि उनि हरुले उदाहरण दिदै भन्थे, तिमीलाई थाहा छ डाक्टर बाबुराम भट्टराई कति सम्पन्न शालि मान्छे हो, उ शिक्षाको हिसाबले एसिया कै रातो तारा भनेर चीन्निन्छ ! उसकै लागि मात्र हो भने जिन्दगि भरि यस आरामको जिन्दगि जिउन मिल्छ तर उसलाई किन युद्द गर्नु पर्यो ? भन्थे तर अहँ उ भने यूद्द गर्ने कुरा अस्विकार गर्थ्यो ! भन्थ्यो आफ्नै गरि कमाईमा बाँच्छु, मान्छेले मान्छे मार्ने काममा म लाग्दैन, भाई-भाई हरुको लडाई मलाइ लड्नु छैन भन्थ्यो ! यसरी नै आफ्नो धैर्यता र कठोरताका बीच दिन काट्दै गयो !
समय र परिस्थिति बदलिए छ ! २०६१ साल तिर को कुरो हो ! युद्दले बिश्राम लिएछ ! दुवै पक्ष बाट बार्ता भएर युद्द टुंग्याउने कुरा भएछ, यो सबैका लागि खुसीको कुरा थियो ! नेपाली तन मनहरुमा शान्तिको शास फेर्न पाउने खुसीहरू पलाई रहेका थिए ! यता जुत्ता सिलाउने भुन्टे पनि अब भने उसको दैनिकी देखि उ आफै वाक्क –दिक्क भैसकेको थियो ! यहाँ इमान्दारिता र इमानमा आफ्नो पसिना बेचेर पुग्दो रहेन छ भन्ने कुरा उसको मनमा बिस्तारै जाग्दै थियो ! घारी घरे लाहुरे बाजेले सुनाउने गरेको, नेपालको ईतिहासमा राणा शासन देखि पन्चे हुँदै बहुदल सम्म आई पुग्दा थुप्रै असत्यका पछाडी इमान्दारी र सर्जनहरुले हार खाएको कुरा लाहुरे बाजे बाट सुन्ने गरेको थियो र उसलाई पनि समय र परिवेशले यस्तै बताई रहेको भान हुन्थ्यो ! असत्यको सामु सत्यले घुडा टेकेको जस्तो आवास पाउथ्यो, अब भने “भेडाको बथानमा भेडी नै सुहाउदो रहेछ, बाख्राको बथानमा बाख्रा नै सुहाउदो रहेछ” सबै बाख्रा हरुको सामुमा एक्लो भेडो बन्नुको के अर्थ, यस्तै सोचले उसको मन परिबर्तन भै सकेको थियो होला ! सान्तिबार्ता संगै उ पनि माओबादी पार्टी रोज्दै, पार्टी प्रवेश गरे छ र अबिरले निधार रंगाएछ ! हिजो पार्टी सदस्य पाउन, योद्दाको कार्यअबधि, चिन्तन र क्षमताको अनुगमन पछी पार्टी सदस्यको जिम्मेवार सदस्य बनाउने गरिन्थ्यो रे ! अन्तररास्ट्रिय कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यको मुल्य मान्नेताको बारे क्रान्तिकारी पाठशालामा स्कुलिंग हुन्थ्यो रे ! अहिले कति सस्तो भएछ पार्टी सदस्य, जसलाई पायो उसैलाई बाँड्दै हिड्ने ! उसको माओ पार्टी २०६४ सालमा सबै भन्दा बढी भोट लिएर अग्र स्थानमा पनि भए छ ! भुन्टे त राज्य कमिटीको सदस्य पो भएछ ! यस संगै नयाँ अनुहारका राजनीतिक कर्ताहरु देखिन पाइन्थे ! पुराना पार्टी कार्यकर्ताहरु पलाएन अनि नयाँ हरुको पार्टी प्रवेश ! यहि होला पुरानोको ध्वंस र नयाँको निर्माण साच्चिकै यहाँ लागु भए छ !
२०७० साल भर्खरैको कुरो हो ! घारी घरे लाहुरे बाको छोरो बहादुरे युद्द बेलामा विदेश गएको थियो, अहिले आएछ ! लाहुरे बा भने २०६१ सान्ति प्रक्रिया संगै यो संसार छोडी सक्नु भएको थियो ! गाउमा बहादुर लाइ बादुरे भनेर बोलाउने गर्थे ! बादुरे र पाल्नो गाउ कालाभीरको उसको साथि सन्ते संगै गफ गर्दै दोबाटो निर पुग्छन ! जुन भुन्टे ले जुत्ता सिलाएर बस्ने ठाउ थियो ! त्यहि दोबाटोको पिपल बोट नजिकै दायाँ पट्टि ठुलो ४ तले सिमेन्टको रंगिन घर देखिन्छ, अनि बादुरेले सन्ते लाई आश्चार्य मान्दै सोध्यो !
बादुरे :- ओई मुला साग यो दरबार कसको हो ?
सन्ते :- (लामो शास फेर्दै) १० बर्षे जनयुद्दले दिएको परिबर्तन यहि हो बादुरे !
बादुरे :- होइन के भन्छ ? यो कसको होर ?
सन्ते :- उहिले एकदिन फुटबल खेल्न जाँदा, उ त्यही (बर पिपल मुनि देखाउदै) बसेर तिम्रो जुत्ता सिलाएर गएको बिर्सेउ ? हो त्यहि मान्छेको त हो नि !
बादुरे :- (छक्क पर्दै फेरी सोध्छ) त्यही भुन्टे हो ?
सन्ते :- ओइ, मुख समालेर बोल भुन्टे होइन, कामरेड सगरमाथा हो, शाला यतिका बर्ष तैले विदेश बसेर के गरिस एउटा जाबो घर त बनाउन सकेको छैनस पाजी, हेर साला कत्रो घर ठडिएको छ, तलाई थाहा छ ? अहिले त उ गाउको प्रमुख पनि भाको छ ! मुद्दा मिलाउने, बजेट दिलाउने ठुलो काम गर्छ ! यो त सानो उदाहरण हो !
बादुरे :- ओ माई गड, अनि त्यो छेउ घरे कान्छो थियो नि ? उसको त झन १० तले होला नि है ?
सन्ते :- हुन्छ मुला ल सुन,- उ त शान्तिबार्ता पछी देखिएन, धेरै पछी सोधेको विदेश तिरै गाको छ त ! हेर्न बादुरे हिजोको युद्दले यस्तो रुप लिन्छ भन्ने कसलाई लाग्या होर ! इमान्दार कार्यकर्ताहरु सब पलाएन भएर बसेका छन्, कोहि विदेश तिर गए भने कोहि पार्टीमै छन्, तर पार्टीमा हुने हरुको हैशियत पनि त दोस्रो दर्जाको रुपमा छ ! थाहा छ ? युद्द बेलामा खाँटी क्रान्तिकारीहरु जो थिए, त्याग तपस्या जसले गरेका थिए, उनिहरुले त उम्मेदवार नै पाएनन्, अहिले त हिजोका अबसरबादीहरु क्रान्ति बिर कहलिएका छन्, उनि हरुले नै राता रात महल बनाएका छन् ! हिजो गाउ चहार्दै खाना माग्दै हिड्नेहरु आज शहर तिर घर बनाएर बसेका छन ! जनताहरुलाई दिएका आस्वासन झुठा ठहरिएका छन्, शहिदका सपनाहरुमा कुठारा घात भएका छन् ! नेताहरुले शहिदहरुलाई सत्तामा चढ्ने भरयांग बनाए अनि अहिले नेताहरु मोज मस्तीको जिन्दगि जिउदै छन् ! महल र बंगलामा बस्छन, पजेरोमा गुड्छन, रिसोर्टमा रेस्ट गर्छन ! हेलिकोप्टरमा उड्छन ! सगरमाथा चढ्न करोडौ खर्च गर्छन ! अनि अचम्मको कुरा यो पनि छ, हिजो जुवा-तास खेल्ने, रन्डी-बाजी गर्ने, भ्रस्टचारी गर्ने, तस्करीगर्ने हरुलाई तह लगाउने गर्थे, जुत्ताको माला लगाएर कालो मोसो दलेर गाउ घुमाउथे तर आज त्यहि काम उनिहरुले गर्दा कारबाही नै भएको थाहा हुँदैन ! हेर बादुरे कानुन त कानुनमा चल्ने हरुलाई मात्र रहेछ, चलाउने हरुलाई छुट हुँदो रहेछ ! हामीले अरु कांग्रेस, एमालेको चर्तिकला त हिजै थाहा पाई सकेका थियौ तर यो माओ पार्टीले केहि गर्छ भन्ने आसा सबैले जगाए अनि भोट पनि दिए, लास्टमा त आफ्नै दुनो सोझयाए, पार्टी फुटाए ! नैतिकता सम्म बेचे, भारतीयहरुलाई बिस्तारबाद भन्नेहरु, राष्ट्रियताको कुरा गर्नेहरु, बिप्पा सम्झौता जस्ता राष्ट्रघाती सम्झौता गरे, हिजो सधैब बन्ने सरकारलाई बिदेशी इसारामा चलाइने–बनाइने भनेर बिरोध गर्ने हरु नै आफ्नो सरकार बनाउदा देश-विदेश गुहार्दै हिडे ! सर्बहारा पार्टीको भाषण गरे तर आज अरु जस्तै संसदीय पार्टी बनाए !
यस्तै आफ्नो मातृभूमिको बारेमा चिन्तन गर्दै, हरेक नेपालीहरु बाध्यता बस संसारको कुनै कुनामा रहेर पनि देशको बारे समिक्षा गर्दै, निकाशको लागि आवाज उठाउनु कर्तब्य ठान्छन ! गलतका बिरुद्द कलम चलाई रहेका हुन्छन ! देशको चिन्ता हुनेहरु आलोचनात्मक संदेशहरु दिई रहेका हुन्छन ! सत्य बोल्नु पाप होइन ! बस्तुगत परिस्थितिको धरातलको यो यथार्थ कथा हो, यो कथा चल्दै छ तर यसको स्वरूप कस्तो हुने कहाँ टुंगिने त्यो भने हेर्न अझै बाँकी छ…. यस्तै छल फल पछी फेरी दुवै जना नयाँ पार्टी सुद्धिकरणका लागि “आफ्नो टाउकोमा आफै आगो सल्काउ” भन्दै अपुरो क्रान्ति पुरागर्ने अभियानमा सहभागी छन् ! बिग्रिएका, सडीसकेकाहरुको खण्डन गर्नुको कुनै अर्थ छैन, तर बिग्रिनलागेको, सड्नथालेको लाइ खबरदारी र खण्डन गर्नु दाइत्व हो ! किन की थोरै होस् या धेरै होस्, कुनै न कुनै हिसाबले आम नेपालीहरुले हिजो युद्दमा केहि हिस्सा लगानी गरेकै छन, र त मरी रहेको आशा भित्र झिनो आशाको त्यान्द्रो बचाएर कमुनिस्ट पार्टी शुद्दिकरण र एकीकरणको आवाज बुलन्द गर्दै छन् !!!
के. बि. गुरुङ
धन्यबाद !!!
(रचनाकारले शिर्षक “युद्द कालमा जुत्ता सिलाउने भुन्टे आज क्रान्तिबिर भए छ !” राख्नु भएको थियो तर यो शिर्षक निकै लामो भएकोले अर्थ नमार्ने तरिकाले छोट्टाइएको छ । – सम्पादक )
(स्रोत : रचनाकारको ब्लगबाट सभार)