कथा : ढुङ्गा, शिशिपस र म

~दुर्गा विनय~Durga Binay

हामीले सानो बस्ने ठाउँ बनाइसकेका थियौं ।

हामी, अर्थात म र मगर मामा । म होचो कदको आधी तालु खुइलीएको, गाँठो परेको पिँडुला भएको सानो मोहोडाको मान्छे । गाउँघरमा मलाई सन्ते भन्छन् । तर म कहिलेकाहीँ भने सन्तबहादुर नभनिन्जेलसम्म सुनेको नसुन्यै गरिदिन्छु ।

मगर मामा – मभन्दा धेर ठूलो (अग्लो) त हैन तर सानो पनि हैन । त्यस्तै साढे पाँच फुट जतिको उचाइ भएको, पाँच दशक पार गरेर जीवनको उत्तरार्धको कल्पना गर्न थालेको व्यक्तित्व । कुनै पनि उल्लेख्य काम गर्न सकिन भनेर सँधै दुःखी रहन खोज्ने एउटा प्राणी – मगर मामा ।

त्यसै फलेकको नवनिर्मित सानो चौतारोमा बसेर मगर मामाले तमाखु र मकैको खोसेला निकाल्नु भयो । घाम हतारिएको थियो अस्ताउन । चारघरे गाउँ पछाडिबाट लुसुक्क निस्कन खोजेको देखिन्थ्यो त्यो । सम्पूर्ण आकाश सुन्तले रङ्गमा रङ्गिएको थियो । उदास उदास लाग्थे ति डाँडाहरु ।

म आपूmले लाएको मैलो इस्टकोटको फेरोले अनुहारको पसिना पुछ्न खोजीरहेको थिएँ । मगर मामाले जतनसाथ तमाखुलाई खोसेलामा बेर्न लाग्नु भएको थियो ।

– “त्यो मान्छेले त्यसो गरेको कति भयो हौ मगरमामा ।”

– “खै”

– “मैले जानेदेखि नै त्यो त्यसै नै गरिरहेको छ ।”

– “मेरा जिजुबाजेले पनि त्यसलाई त्यस्तै नै गर्दै देखेका थिए रे ।”

– “हो र !” म अचम्ममा परेको थिएँ । एउटा मान्छे कसरी एउटै काम निरन्तर दोहो¥याएर–तेहे¥याएर, फेरि दोहो¥याएर–तेहे¥याएर गरिरहन सक्छ ।

– “यसलाई दिक्क लाग्दैन र’छ”

– “खै”

– “यो गल्दैन”

– “खै”

– “कसरी त्यो यस्तो अप्ठ्यारो भिर त्यत्रो भारी लिएर सँधै चढ्न सक्छ र फेल खाएपछि फेरि खुरुखुरु गर्न सक्छ”

– “खै”

मेरा प्रश्नहरु सबै अनुत्तरित रहे । मगर मामाले चुर बनाइसक्नु भयो । एउटा आपूmले सल्काएर मलाई अर्को दिनुभयो । उहाँकै सल्केको चुरबाट मैले अर्को चुर सल्काएँ । फोक्सोभरि हुँडल्याएर धुँवालाई नाकबाट फ्याँले ।

दुई डाँडाबीचबाट घाम च्याइरहेको थियो । पूर्वबाट आएको चिसो बतासले पसिनालाई भिजाउँदा जाडोजस्तो, शीतलजस्तो अनुभव गरायो । आङमा भएको इस्टकोटमात्रलाई मैले आफ्नो छातीमा टाँस्न खोजें । छातीलाई चिसोबाट जोगाउन प्रयास गरें ।

– “जाडो आउन लागेको हो कि क्या हो ?” जाडो मगरमामालाई पनि भएको रहेछ ।

– “हो नि हौ । अनि यो त ट्याम नै त्यस्तो हो नि त ।” मैले भन्देको थिएँ ।

ढ्…..ऽ…ऽ….या..ऽ…ऽ..ङ….ऽ…..ऽ

एउटा ठूलो आवाज गरेर ढुङ्गो भीरबाट गुड्किँदै तल झ¥यो । हामी तर्सेको भयौं ।

– “सँधै यस्तै आवाज गरेर झर्छ । आजकल त मलाई डर लाग्नै छाड्यो ।”

– “किन यसलाई सँधै यो गरिरहन दिएको त । धपाइ दिउँ न यसलाई यहाँबाट ।”

– “……” मेरो कुरामा मगरमामाको प्रतिक्रिया शुन्य थियो । उहाँ त्यस मान्छेलाई हेरिनै रहनु भएको थियो ।

– “अब के गर्छ त्यो । त्यही भीरमा बसिरान्छ कि आउँछ जस्तो लाग्छ ?” भीरतिर हेरेर चुरको लामो सर्को तान्दै मैले मगरमामालाई सोधें । उहाँको आँखा पनि त्यतै सोझिएका थिए ।

– “खै, हेर्दै जाउ न भान्जा थाहा भइहाल्छ नि ।”

चुप लागेर भीरतिर हेरिरहें । केहीक्षण त्यो माथि भिरमै रह्यो । आकाशतिर फर्केको देखिन्थ्यो । हात दुबै आकाशैतर्फ पैmलायो र अनौठो आवाज निकाल्यो । त्यसको केहीक्षणपछि भीर ओर्लियो ।

– “यसको कुनै कथा त पक्कै हुनुपर्छ है मामा !” भीर ओर्लिंदै गरेको प्राणीतिर आँखा सोभ्mयाएर म मामासँग बोलिरहेको थिएँ ।

– “ह्या के भन्छौ हौ भान्जा तिमी पनि ।”

– “छैन होला त मामा । एउटा मान्छे जो वर्षौंदेखि एउटै काम खुरुखुरु गरिरहेको छ भने, त्यसको केही कथा त पक्कै होला नि । यसको पनि स्वास्नी होली, छोराछोरी होलान, दाजु होला, भाइ होला ।”

– “त्यस्तो चैं हैन भान्जा बरु यसको नाती÷पनातीहरु चैं होलान् ।”

हाम्रो छेउमा ऊ आइपुगेको थियो । त्यसलाई मैले अनौठो देखें । एउटा सानो कछाडलाई डोरीले बाँधेको थियो । सानो कपडाको टालोले त्यसको लाज ढाकेको थियो । त्यो बाहेक त्यसको शरीरका कपडा काहीँ कतै पनि देखिंदैन थियो । ऊ अग्लो थियो । बलियो थियो । ठूला–ठूला पाखुरा र खुट्टा भएका एउटा अचम्मको मान्छे थियो ऊ । तर उसको अनुहारमा ज्योति थिएन । तेज थिएन ।

– “चुर खाने” मगरमामाले उसलाई हेरेर सोध्नुभयो । सोध्दैगर्दा मगरमामाले चुर पनि देखाउनु भयो एउटा हातमा चेपेर । बिस्तारै हामी छेउमा आएर ऊ बस्यो । ह्वास्सै अमिलो, नमिठो र कुहिएको, सडेको जस्तो ऊ गन्हायो । मैले आप्mनो नाक खुम्च्याएँ ।

– “ननुहाएको थुप्रै भयो कि क्या हो ?” मेरो प्रश्नमा मामा ङिच्च हाँस्नुभयो ।

– “मो ता आस्ति भार्खार लो’सारमा न्वायो ।” मामा हाँसेजस्तो गर्नुभयो । मैले पनि सोहीजस्तो गरें ।

– “युगौं भयो” उसको स्वर कुनै अँध्यारो गुफाबाट अथवा गहिरो इनारको पिँधबाट निस्केको जस्तो लाग्यो ।

– “युगौं ?” हाम्रो प्रश्न एकैसाथ निस्केको थियो । तर उसले यसको उत्तर नै थिएन र चुर सल्काइ माग्यो । मामाले चुर सल्काएर दिनुभयो । चुर एक सर्को तानेपछि निकैबेर खोक्यो । उसलाई त्यसको धुँवाले आलसतालस बनायो एकैछिनमा ।

मौनता हामी बिचमा विद्यमान थियो । मगरमामाले मतिर हेरेर परेला हल्लाउनु भयो । मैले बुझ्नुपथ्र्यो “यो बौलाएको त हैन भान्जा । युगौं पो भन्छ त ।” तर उसको कुरा कता कता विश्वसनीय जस्ता लाग्थे । उसको स्वर युगौंदेखि कतै दबिएर रहेका जस्ता सुनिन्थे । मलाई उसको कुरामा विश्वास गर्न मन लागिरहेको थियो । मलाई त्यस अर्धनग्नको कथा सुन्न मन लागिरहेको थियो ।

– “अब के गर्नु हुन्छ त ?” मैले उसलाई सोधें । ऊ चुरको धुँवाबाट आपूmलाई सम्हाल्न खोजिरहेको थियो ।

– “अब फेरि म यसलाई ठेल्दै–ठेल्दै माथि पु¥याउँछु । यो अवश्यै झर्नेछ । तर फेरि यसलाई म ठेल्दै माथि पु¥याउनेछु । र यो गुड्किँदै तल झरेको हेर्नेछु ।”

– “दिनभरी रातभरी यो गरिरहनु ?” मलाई अचम्म लागेको थियो । यो प्राणी कहिल्यै गल्दैन । यसलाई निन्द्रा–भोक, दिशा–पिसाब केही पनि लाग्दैन ?

– “अठोट गरेका छौं र त्यो पूरा भएको हेर्ने सपना छ भने कहिल्यै पनि ते’स्ता कुराले छेक्दैनन् ।”

– “अलिक बढिनै दार्शनिक भयौ है तिमी ।” सोचेर फिस्स हासें ।

– “….र अर्को कुरा म त एकचोटी मरेर फिर्ता पठाइएको हुँ । मेरो यो शरीर जुन छ यसलाई त्यसै हिसाबमा हेर्ने हो भने पनि निन्द्राभोक, दिशापिसाब लाग्दैन हैन र …” ऊ मुसुक्क मुस्कायो तर मेरो हंसले ठाउँ छोड्यो ।

– “धत् बोक्सोसँग पो कुरा गर्दैछौं कि क्या हो ।” झसङ् भएँ, तर त्यो त्यहाँ बसिरहेको थियो ।

– “धेरै समय अघि मलाई यहाँ पठाइयो । मलाई अभिशप्त बनाएर यहाँ पठाइयो । अनादीकालसम्मको लागि एउटा काम दिइयो मलाई ।” त्यसले चुरको सर्को तान्दै विस्तारै बोल्न थाल्यो । सपना हैन रहेछ, मलाई ज्ञान भयो । म ध्यान दिएर सुन्न थालें । “यस चट्टानको सृजना गरियो, यो चट्टान जो कहिल्यै पनि खिइंदैन, यो चट्टान जो कहिल्यै फुटेर साना गिटी अथवा बालुवा हुँदैन । यसको सृजना गरियो । यसलाई माथि टुप्पामा पु¥याएर अड्याएको क्षण तँ मुक्त हुन्छस् भनियो र मलाई यहाँ अड्काइयो ।”

– “अनि के भयो त ?”

– “…..” मतिर फर्केर ऊ यसरी मुस्कुरायो । म उसको त्यस मुस्काइलाई वर्णन गर्न ठ्याक्कै सकिरहेको छुइन । उसका आँखामा अनौठो प्रकाश थियो । तर उ मतिर हेरेर निकै बेरपछि बोल्यो “तिमीलाई के भए जस्तो लाग्छ ।”

– “को’न्त”

– “त्यसपछि म यो चट्टानलाई ठेल्दै माथि पु¥याउँछु, छेउमा पुगेपछि मेरो पातो गल्छ । म अलिक कमजोर हुन्छु र यो फेरि गुड्केर तल आउँछ । म फेरि यसलाई माथि पु¥याउन खोज्छु ।”

– “गल्दैनौ ?”

– “गल्छु किन गल्दिन । कहिलेकाहीँ मेरो आत्मा गल्छ, कहिले मेरो शरीर गल्छ । हेर त कस्तो अप्ठ्यारो भिर छ । तर हामीले गर्ने भनेको प्रयास नै त हो नि हैन र । संघर्ष गर्दै जान्छौं, सफलताको खुड्किलो चड्दै गएका हुन्छौं । फेरि कहिले हामी फेल खान्छौं अनि हामी यही चट्टानजस्तो फेदमा आइपुग्छौं र फेरि एकछिन थकाइ मारेर संघर्ष गर्न थाल्छौं । म फेरि चट्टान ठेल्न थाल्छु । त्यही हैन र जीवन ।”

००

– “त्यसो भए तेरो सपनामा शिशिपसले आएर भाषण दिएर गयो हैन त ।” चियाको सर्को तान्दै मेरो एक मित्रले मेरो सपनाको खिल्ली उडाउन खोज्यो ।

– “तँलाई मैले गरेको जे कुरा पनि खिल्ली जस्तो लाग्छ हैन ।” मलाई त्यो मित्रदेखि साहै्र नै रिस उठेर आयो ।

– “म तँसँग नजिस्के को सँग जिस्किनु भन् त ?”

म धेरैबेर बोलिन । चुपचाप चिया खाइरहें । होटलमा हामी दुई बाहेक अरु एक दुई मान्छे मात्रै थिए । सबै चिया खान मै मस्त थिए । जाडो बढी नै थियो । पसले पनि एक कप चिया लिएर काउण्टरमा बसेको थियो । हरेक ग्राहकमा उसका आँखा गडेका थिए । पसल छेउमा आएर उभिने कसैलाई पनि ऊ सोध्न छाड्दैन थियो “के खानुहुन्छ हुजुर ?”

– “सपनाको अर्थ हुनुपर्छ बुझिस् । हरेक सपनाले कुनै न कुनै अर्थ त बोकेकै हुनुपर्छ ।” म धेरैबेर नबोलेपछि ऊ बोल्न थालेको थियो ।

– “गजबको कुरो त मगर मामा पनि मसँग त्यहाँ थिए । हामी त कहाँ हो कुन्नि चौतारो पो बनाइरहेका रहेछौं ।”

– “अचम्म”

– “त्यही त, फेरि त्यसले आएर नेपालीमा पो बोल्यो । त्यसलाई नेपाली कसले सिकाएछ ।” हामी हाँसेका भयौं । चिया खाइसकेका थियौं । पसले हामीलाई ठूला–ठूला आँखाले हेरिरहेका थियौं । मलाई उसको हेराइ बुभ्mन समय लागेन । सजिलो थियो – हामीले दुई ग्राहकको ठाउँ ओगटेर मात्र दुई कप चिया खाएका थियौं । उसलाई ठूलो घाटा ।

– “मैले पनि अस्ति एउटा सपना देखेको थिएँ ।” मित्र मसँग खुल्न खोजिरहेको थियो । मैले मौन रहेर उसलाई बोलिरहन दिएँ । “एउटा ठूलो रुख थियो गाउँमा – अचानक गल्र्याम्म ढल्यो । ठूलो आवाज गरेर ।”

– “ए ।”

– “त्यही रात देखेको हुँ । जुन दिन बाउले अर्की केटी लिएर हिँडे ।” उसको अनुहार अँध्यारो भयो । मैले बोल्ने केही शब्द भेटिन । सायद कत्ति यस्ता घटना आउलान् जीवनमा जहाँ शब्द हैन मात्र कसैको साथ आवश्यक पर्छ । म केही नबोलेर मेरो मित्रको अघि बसिरहें । “हेर ! हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । मेरो एउटा ठूलो विश्वास भत्केको थियो, आस्था ढलेको थियो । मैले त्यस्तै देखें ।”

उसले मलाई के भन्न खोजिरहेको थियो । मैले बुझिन । उसले प्रष्ट पारेन पनि । हामी चियाको पैसा तिरेर आ–आफ्नो घरतिर लाग्यौं ।

तर मैले देखेको सपनाको अर्थ के हुन सक्छ त ? म किन शिशिपसलाई देख्नु ? मैले कुन भारी अहिले बोकिरहन सकेको छैन ? कुन भारीलाई म डाँडोको टुप्पोमा पु¥याउन खोजिरहेछु ? घर पुग्दा मेरो टाउको साह्रै दुखेको थियो । म निम्स खाएर पल्टें ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.