कथा : सौता भएको घर

~मनोज पनेरु~

“तँ कोसँग बिवाह गर्छस् रे भालु ?”

भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।”

भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि टिकाराम पनि अफिसबाट फर्के पछि छोरासँग यहि प्रश्न राखेर जिस्कने गर्थे । उनलाई भानुको उत्तर कण्ठ थियो तर पनि दिनभरि अफिसको कामले थाकेर फर्केपछि सानो छोरासँग जिस्केर बस्नको बेग्लै आनन्द थियो । दिन भरिको थकान नै भुलाउँथ्यो । भानुकी आमा प्रतिमा पनि बाबु छोराको सवाल जवाफ सुनेर छेउमै बसेकी हुन्थिन् ।

केटा केटीले खेल्ने धेरै खेलहरु ठूलाबडाले गर्ने कामका नक्कल हुन्छन् । छर छिमेकका केटा केटीहरु भानुको घरमा भेला भएर विभिन्न खेल खेल्थे । उनीहरुको खेल बजार गई, पाहुना लागि, दोकान गरी, भाडा कुटी, विहे गरि, यस्तै यस्तै हुन्थे । यस्ता खेलहरुमा उनीहरु एक आपसमा विभिन्न भूमिकाहरु बाड्थे र त्यही अनुसारको अभिनय गर्थे । खेल हेरी कहिले उनीहरु पसलको साहुजी र ग्राहक बन्थे भने कहिले कोई मामा, कोही माइजु, कोही भान्जा, कोही भान्जी बन्थे । एक अर्काको भुमिका फरक फरक खेलमा भिन्न भए पनि एक जोडी भुमिकामा अघोषित एकरुपता थियो । भानु र देवी सधैं जोडीको भुमिकामा हुन्थे । जस्तै पाहुना आई खेल्दा भानु मामाको भुमिकामा भए देवी माइजुको भुमिकामा हुन्थी, भाडा कुटी खेल्दा यदी देवी आमाको भुमिकामा छे भने भानु बाबुको भुमिकामा हुन्थ्यो । यो एकरुपताले कहिले काही उनीहरु बिचमा झगडा पनि हुन्थ्यो । बिशेष गरि बिहे गरि खेल्दा जहाँ बेहुला र बेहुलीको भुमिका सबै केटा केटीहरुको लागि सबै भन्दा आकर्षक हुन्थ्यो । यो खेलमा देवी अरु कसैलाई बेहुला बेहुलीको भुमिकामा खेल्न दिन्न थिई । यदी यो खेल खेल्न छ भनी सबैले बेहुला बेहुलीको भुमिकामा भानु र देवीनै स्वीकार्नु पथ्र्यो, नत्र देवी यो खेल हुनै दिन्न थिई । कसैले धेरै कर गर्यो भने झगडा कहिले काही घरका ठुला सम्म पनि पुग्थ्यो । तर भानुले कोसँग बिवाह गर्छस् भनेर सोध्दा सधैं देवी भन्ने र भानुकै घरमा सबै खेल्ने हुदा पैmसला सधैं देवीकै पक्षमा हुन्थ्यो ।

समय क्रमसँगै भानु र देवी ठुला भए । केटा र केटी बिचको लैङ्गिक भिन्नता बुभ्mने भए पछि उनीहरु सँगै खेल्न पनि छाडे । कसैले सानोमा खेल्दाको कुरा सुनायो भने दुबै जना लाजले रातो हुन्थे । अभैm पनि केटाहरुको समुहमा भानुलाई देवीस“ग नाम जोडेर जिस्काउँथे । यसरी जिस्काउनु किशोर उमेरका केटाकेटीहरुलाई साह्रै लाजलाग्ने र प्रतिबाद गर्न पनि नसक्ने बिषय हुन्थ्यो । देवीलाई पनि उसका साथीहरु यसै भनेर लाजले पानी पानी पार्थे । टिकारामले भने छोरालाई कोसँग विवाह गर्छस् भन्ने प्रश्न सोध्न विर्सी सकेका थिए । तर कुन् अप्mठ्यारोपनले हो भानु र देवी बिच दोहोरो बार्तालाप हुदैन थियो । सधै एक किसिमको शुन्यता टाङ्गिएको हुन्थ्यो उनीहरु बिचमा ।

घरै पायकको क्याम्पसमा प्रविणपत्र तह सकेर भानु थप अध्ययनका लागि काठमाडौं गयो । देवीले भने पढाइलाई बिटमारेर, त्यहीको बोर्डिङ्ग स्कुल पढाउन थाली । अझै देवी र उसकी आमा टिकारामकै घरमा बस्थे । दुबै एकै परिवार जस्ता थिए । कहिले काही भानुकी आमा देवीलाई माया गरेर, देवी यो घरकी छोरी नै भैसकी अब, भन्थिन् । तर माया गरेर दिएको यो साइनोमा उसलाई निशास्सिए जस्तो हुन्थ्यो । ऊ त्यो घरकी छोरी भए पछि त भानु उसको भाइ हुन्थ्यो । नबुझी यसरी छोरी भनेको उसलाई फिटिक्कै मन पर्दैन थियो तर ऊ प्रतिबाद पनि गर्न सक्दिन थिई ।

एउटै घरमा बस्ने भए पछि घरको सुसे धन्दामा देवी प्रतिमाकी दाहिने हात नै भएकी थिई । घरको सम्पूर्ण राखन धरन देवीलाई थाह थियो । सुत्न बाहेक बाकी समय देवी माथिनै हुन्थी । त्यही घरमा हुर्कुेर हो सायद त्यहाँ काम गर्दा उसलाई अर्काको घरमा काम गरे जस्तो लाग्दैन थियो । पूmलबारीमा कुन पूmल लगाउने, करेसाबारीमा यस पाली कुन् तरकारी फलाउने निर्णय उसैको हुन्थ्यो । उसको यी सबै हकप्रति कसैको दावी थिएन ।

भानु घरमा हप्तै पिच्छे, शनिबार फोन गथ्र्यो । फोन उठाउने काम प्राय देवी नै गर्थी । तर उनीहरु बिचमा कुनै लामो सम्बाद हुदैन थियो । ऊ भानुलाई उसको सन्चो बिसन्चो सोद्धथी । छोटो उत्तर दिएर भानु आप्mनी आमा वा बुवालाई खोज्थ्यो । भानुसँग लामो कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई तर के बिषयमा कुरा गर्ने दुबैलाई थाह थिएन । कहिले काही घरमा ऊ मात्रै भएको बेला भानुको फोन आउथ्यो । सधैं झंै ऊ फोनमा आमा वा बुबालाई खोज्थ्यो । त्यस्तो बेला बाध्यताले दुबैले केही लामो गफ गर्नु पर्ने हुन्थ्यो । तर दुबैले एक अर्कालाई “ठिकै छ” भने पछि उनीहरु बिच थप संवाद लम्ब्याउन प्रसङ्ग नै आउँदैन थियो । एक दिन आँट गरेर देवीले सोधेकी थिई , “सानोमा दिने गरेको उत्तर सम्झेर अभैm मसँग लजाउँछौं ?” एक छिन चुपलागेर भानुले भनेको थियो “तिमीलाई अरुलाई बेहुली हुन नदिएको सम्झेर कस्तो लाग्छ नी ?” प्रश्नै प्रश्नको यो सम्बाद पछाडि उनीहरुको बिचको सम्बाद केही लम्विन थालेको थियो । कहिले काही त भानुकी आमा तल करेसाबारीमा हुनुहुन्छ भने पनि देवी खै कता जानु भयो हुनुहुन्न भनेर भानुसँग आपैm गफिन्थी ।

भानु पढाइ सकेर घरै थियो आज भोली । त्यहीको जि.बि.स.मा करारमा नियूत्ती पाएको थियो । देवी घरका सबै कोठा चोटा बिहानै उठेर कुचो लगाउने गर्थि । भानु अलि ढिलो उठ्ने हुँदा जहिले पनि देवीलाई कुर्न पर्ने हुन्थ्यो । एक दिन अलि हतारो हुनाले भानु नउठिकनै देवी उसको कोठामा कुचो लगाउन पसी । भानु गन्जी नलगाइ ओछ्यानमा सुतिरहेको थियो । त्यस दिन पछि भानु बिहान चाढैं उठ्न थाल्यो । बिहानै उठेर बरु ऊ बाहिर टि.भी कोठाको सोफामा झकाउँथ्यो । उसको परिवर्तीत बानी देखेर उसकी आमा छक्क थिइन् तर देवी भने सधै जिस्काएर हाँस्थी । भानुलाई केही चाहिएर आमालाई सोद्धा घरको राखनधरन सबै देवीलाई थाह हुने हुदाँ उसैलाई सोध्न भन्थिन् । कहिले काही आप्mनो मोजा, किताब, मोबाइल जस्ता कुरा राखेको ठाउँ बिर्सेर भानु देवीलाई नै साध्थ्यो । भानुको ओछ्यानको तन्ना धुनेबेला भएको, सुत्न अगाडि उसको टेबलमा बोतल भरी पानी भए नभएको, उसले मोबाइल, मोजा, किताब बिर्सेर छाड्ने ठाउँ आदी सबै देवीलाई याद हुन्थ्यो । कहिले काहि त देवी जानी जानी पनि भानुका कोठाको सामानहरु यता उता परि दिन्थी ताकी भानुले उसलाई साधोस् । भानुको उस प्रतीको यस्तो निर्भरताले ऊ भित्र एउटा मिठो काउकुती लगाउँथ्यो । भानुले कुनै समान कहाँ छ भनेर सोध्दा उसलाई बेग्ले खालको आनन्द हुन्थ्यो ।

बेलुकाको खाना खाएर सबैजना टि.भी कोठामा बसेर गफ गर्दा निस्कने प्रसङ्गहरुमा देवीलाई सबै भन्दा मन नपर्ने भानुको विवाह प्रसङ्ग थियो । भानुकी आमा भानुलाई विवाह गर्ने बेला भयो केटी हेरेको छ की छैन भनेर सधै कर कर गर्थिन । देवीलाई भानुको अरुकुनै केटी साथी नभएको थाह थियो । कहिले काही देवीकी आमा पनि छोरीको विवाह गर्ने उमेर भयो एक्ली आइमाइ छोरीको विवाह कसरी गरिदिने भनेर चिन्ता गर्थिन् । भानुका बाबु आमा त्यो हाम्रो पनि जिम्मेवारी हो भनेर उनलाई ढाढस दिन्थे । देवीलाई बेला बेला टिकारामले भानुलाई कोसँग विवाह गछस् भनेर सोधिदिउन् र भानुले पनि सानो छँदाको भैm उत्तर देवोस् जस्तो लाग्थ्यो । सम्झेर ऊ आपैmसँग लजाउँथी ।

छोरीको भित्री चाहना कता कता बुझेकी रुपमती बेला बेला देवीलाई टिकारामको परिवारको उनीहरु माथी कस्तो गुन छ भनेर सम्झउँथिन् । भानुकी आमाले पनि देवीको भावना प्रती हल्का शंखालागेर होला देवी र भानु बिचको नजिकताको ख्याल गर्न थालेकी थिइन् । तर यस प्रसङ्गमा उनीहरु बिचमा कहिल्यै गफ भएन । यो सबसँग बेखवर टिकारामले एक दिन भानुले सानोमा जस्तो फयाट्ट उत्तर दिन सक्न छाडेछ भनेर सबैका अगाडि भानुलाई जिस्काउदा, टिकारामकी श्रीमती उनीसँग रिसाएकी थिइन् । देवीकी आमा भनी टिकारामको मझाकसँग डराएकी थिइन् । टिकारामले यो प्रसङ्गलाई हाँसेर उडाएका थिए तर भानु र देवी दुवै चुप बसेका थिए, कस्तो लाग्नु पर्ने हो थाह नै नपाएर ।

मंसिरमा भानुको विवाह हुने पक्का भयो । भानुले पनि बुबा आमाकै रोजाईलाई स्वकृति दियो । यो निर्णयमा देवीलाई सोध्नु पर्ने कुनै कारण थिएन । यो थाह पाउँदा ऊ प्रतिक्रियाविहिन बन्न पुगेकी थिई । सानोमा बेहुला बेहुलीको खेल खेल्दा जस्तो अड्डी लिन मन लागेको थियो उसलाई । भानु सकेसम्म देवीसँग एक्लै आमुने सामुने हुनबाट जोगिन्थ्यो । देवी भित्र अर्कै रसायन दगुर्न थालेको थियो । सधै त्यो घरको काम आपैm बुझेर फुर्तीका साथ गर्ने देवी गरुङ्ग भएकी थिई । विवाहको चटारोमा उसमा भएको परिवर्तन कसैले महसुस गरेनन् । बिवाहमा देवीले यन्त्रवत सहयोग गरी ।

बिवाह पछि पनि सबिक भैm भानुको कोठा कुचो लगाउन जाँदा, नयाँ दुलहीले यो कोठा म नै बढाल्छु तिमी अरु कोठाहरु बढाल भने पछि देवी नबोलाई माथी जान छाडेकी थिई । बषौं बसेको घर उसलाई विरानो र अर्कैको जस्तो लाग्न थालेको थियो । यस घरमा उसका स्थापित हकहरु विस्तारै खोसिए । भानुले आप्mना सामानहरु यता उती पर्दा कहाँ छन् भनेर देवीलाई सोध्न पर्न पनि छाड्यो । देवीले भानुका सामान यता उता पारेर लुाकाइदिन पाउन पनि छाडि । देवी आप्mना सबै कुरा खोसिएको अनुभव गर्न थालेकी थिइ । ऊ सबैसँग चिड्चिडे भएकी थिई । ऊ आमासँग यो घर छाडेर अन्तै कोठा खोजौं भनेर कर कर गर्न थाली ।

एक दिन त कोठा सरौं भनेर आमासँग रोइ पनि । देवीकी आमा यो सबैको कारण प्रष्ट नबुझेर देवीको अनुहार हेर्थिन् । देवीसँग यथेस्ट उत्तरहरु थिए तर कुन चाही दिने । उसले भानुको कोठा कुचो लगाउन पाइन त्यही भएर कोठा सर्ने भन्ने की ? उसले भानुका सामानहरु यता उता पारेर लुकाउन पाइन भन्ने की टि.भीको रिमोट उसको हातमा लिन पाइन भन्ने ? कि पूmलबारीमा कुन पूmल रोप्ने अथवा करेसाबारीमा कुन् तरकारी लगाउने निर्णय उसले लिन पाइन भनेर सर्ने ? भानुको ओछ्यानको तन्ना फेर्दिन पाइन, सुत्न अगाडि उसको कोठामा बोतल भरि पानी राखिदिन पाइन, उसका यता उता परेका सामान खोजिदिन तथा मिलाई दिन पाइन………के पाइन भन्ने उसले ।

देवीको सधैंको यस्तो जिरह देखेर देवीकी आमा एक दिन त रिसाइन् पनि तर अझ रिसाएर देवीले दिएको उत्तर सुनेर केही दिनमा नै टिकारामको घरबाट डेरा सरिन् ।

(पृष्ठभूभमीको कथा: टिकारामा जिल्लाको भूमि सुधारमा जागिर खान्थे । त्यही अफिसमा रुपमतीको लोग्ने पनि पिउन थिए । प्रतिमा, टिकारामकी श्रीमती यतैको मा. वि स्कुलमा पढाउँथिन । लोग्ने स्वास्नी दुबै जागिरे भएकाले घर धन्दामा उनलाई साहै गाहो परेको थियो । टिकाराम प्रतिमालाई गाह्रो परेको जनिफकार नै थिए तर भन्सामा सघाउन न उनलाई आउथ्यो न प्रतिमाले नै सघाउन दिन्थिन । घरको समस्या उनले आफनो पिउनलाई भनेका थिए । उसले आप्mनै श्रीमति रुपमतीलाई टिकारामकोमा विहान बेलुका सघाउने जागिर मिलाई दियो । संजोगले रुपमती र प्रतिमा एकै गाउँका परेछन् । दुबैले दिदी बहिनीको साइनो बनाए । तर धक लागेर होला टिकारामलाई रुपमतीले कहिल्यै भिनाजु भन्न सकिनन् । टिकासर नै उनको साइनो थियो ।

हुनेलाई कसले टार्न सक्छ र । आपत कसैको जेथो हेरेर आउदैन । रुपमतीका श्रीमान नराम्रोसँग बिरामी परे । टिकारामको परिबारले उनको उपचारमा सक्दो सहयोग पनि गरेका थिए तर कालले उनलाई असमयमै चुडेर लग्यो । केही महिनाकी छोरी लिएर एक्ली रुपमतीलाई जीवन चलाउन निकै गाहो परेको थियो । टिकारामको परिवारले उनिहरुलाई आपनै घरमा सहरा दिए । उनीहरु टिकारामकोमा सरेकै महिना टिकारामको छोरो जन्मियो । रुपमतीकी छोरी देवी र टिकारामको छोरो भानु एउटै घरमा सँगै हुर्केका थिए । )

हाल: स्टुटगार्ट, जर्मनी

(स्रोत : Pustaksansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.