कथा : माया गरेको पो त लाटी !

~रमण पनेरु~Raman Paneru

‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए ।

विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि सम्बन्धहरु खासै अगाडि बढाउन सकिएन । खाली आफैलाई प्रयोग गरिएको भान मात्रै हुन्थ्यो । अनि एउटा ग्लानी बोधले मनमा डेरा जमाउँथ्यो । पढाइ पनि खासै गर्न सकिएन । जेनतेन मास्टर कटाएर एक निजी बैंक को जागिर सम्म हात लाग्यो । काम मात्रै रातदिन, पैसा पाउने बेलामा उही हो ।

आमाबाबुको निकै करकाप पछि विवाहको लागी राजी भएको थिएँ । केटी उमेरमा ७ वर्ष कान्छी हो । गाउँको उच्च मावि सकेर गाउँकै क्याम्पसमा जनसंख्या शिक्षा पढ्थी । त्यस्तै २०–२१ की हुँदी हो । भरिएको शरीर देखेर नाइ भन्न सकेन । फेरी पढाइमा पनि राम्रै थिइ । एकदमै सोझी अनि घरको कामकाज पनि सबै जानेकी छे भनेर आमालाई मन प¥यो । बाबुलाई ससुराले राम्रै दाइजो पठाउने भन्ने लागेर चित्त बुझ्यो । मेरो विवाहबाट खासै अपेक्षा थिएन । एकपछि अर्को सम्बन्ध विग्रिएपछि प्रेम मेरो बसको कुरा होइन भन्नेमा परिसकेको थिएँ । यो विवाह एक खाले आत्मसमर्पण थियो । म मायामा हारे भन्ने प्रमाण थियो । फेरी जिवनभर एक्लै बस्न पनि त सकिँदैनथ्यो ।

कोठामा पस्दा ऊ केहि निदाइ सकेकी थिइ । सायद दिनभरीको कर्मकाण्डले उसलाई पनि गलाएको थियो । म सकेसम्म कम आवाज निकालेर भित्र पसेँ । बाहिरको हल्ला अझै भित्र आउँदै थियो । राम्ररी चुक्कुल लाएर एकछिन दाइजोमा आएको नयाँ सोफामा थचारिएँ । टिभी, दराज सबै कोचाकोच पारेर कोठामा मिलाइ राखेको रहेछ । कुनै गोदाम घर जस्तै लाग्थ्यो । वित्थाको नाटक मात्रै ।

सुत्दा कट्टु मात्रै लाएर सुत्ने बानी भएपनि आज त्यति गर्न लाज लाग्दै थियो । आफ्नो शरीर हेर्दा खासै सुगठित झैँ लाग्दैन । साथीहरुको संगतमा रक्सी खाने बानी परेकाले भुँडी फुलेको छ । जीउभरी झुसैझुस । एक जमानामा तरुनी फकाउने जाँगर चलेका बेला जिमखानामा केहि समय त विताइएको हो, तर त्यो प्रगति पनि कता हराइसकेको थियो । बरु विवाहको कपडाले नै केहि गतिलो बनाएको थियो । कहिल्यै नखौरिने दारी खौरिएर फेर एंड लब्ली दलिदिएका थिए । आज राम्रो देखिनु पर्छ रे !

गोडा खुम्च्याएर टेढो सुतेकीले आधा भन्दा बढि ओछ्यान ओगटिएको थियो । सायद मलाई कुरेकी हुँदी हो । साथीहरुसँग अबेर भयो । त्यहि त हो, जँड्याहाहरुको कुरा कहिल्यै सकिने भए पो ! ब्लाउजको माथिबाट उसको जवानी चिहाउँदै थियो । नितम्बहरु जसो तसो घुसारेको सारीको बाहिरै बाट पनि आकर्षक लाग्थे । एकछिन घोरिएर हेरे अनि बाँकि रहेको खाटमा जेनतेन ठेलिएँ ।

निद्रा लागे पो ! छातिमा हात राखेर केके कुरा खेल्दै थिए कुन्नी, ऊ म तिर फर्किइ । चुरा भरिएका हात मेरा छाति माथि बजारिए । टाउको काँध नजिक पुग्यो । मेरा पाखुरामा उसको नाकबाट निस्केको तातो हावाले निश्चित अन्तरालमा हिर्काइ रहेको थियो । हल्लिन मन भएन । आँखा खोलि भने ?

पाखुरा स्वात्त तल झ¥यो । निद्रा बिउझियो । सायद निदाएको थिएन । निदाउने प्रयासमा थिएँ । उसको बरु निद्रा खुलेछ । छेउमा लोग्ने मान्छेको उपस्थितिले केहि अप्ठेरो महशुस गराएको हुनुपर्छ । ओछ्यान सबै ओगटेको पनि ख्याल गरि सायद । अलि पर सरी । हातका चुरा सराउन थाली । विवाहको सबै लुगा जस्तोको तस्तै थिए ।

‘खोले हुन्छ ’ गला साफ गर्दै केहि दबेको स्वरमा भने । प्रश्न भयो या उत्तर थाह पाएन ।

‘हजुर ’ उसले पनि त्यस्तै अप्ठ्यारो आवाजमा जवाफ दिइ । प्रश्न थियो या अनुमति थाह पाएन ।

ऊ चलमल नगरेको अलि समय भएपछि मेरो छटपटाहट पनि बढ्दै गयो । निद्रा मरे लाग्दैन । घोप्टिएर सुत्न खोजेँ । खल्तीमा केहि रहेछ । हातले छाम्दा प्लाष्टिकको प्याकेट थियो । बीचमा केहि गिलोगिलो महशुस हुँदै थियो । साथीले ‘चाहिन्छ राख’ भनेर दिएको याद भयो । फेरि उत्तानो पल्टिएँ । ऊ मुढा जस्तै अचल सुतेकी थिइ ।

‘भोलि हामीलाई प्रगति विवरण चाहिन्छ ।’ एकले भन्यो ।

‘यसको त भरोसा लाग्दैन । काम हुनु अघि नै गल्छ । ग्यारेन्टी भयो ।’ अर्कोले थप्यो ।

‘हेर त हेर, तेरो पौरुषमै शंका ग¥यो यार यसले । अब त केहि गरिनस भने प्रमाणित हुनेछ ।’ पहिलो ले थप्यो ।

म भने लाटोले जस्तै हाँसि मात्रै रहेको थिएँ ।

अँ साँच्चै यसलाई पनि त थाह होला आज यसको पहिलो रात भनेर । उमेरले सानी भएपनि अपेक्षा त यसले पनि गरेकी हुँदी हो । यसले पो के भन्ली । उसको तिर हेरिरहेँ । ऊसले मुख अर्कोतिर फर्काएकी थिइ । जीरो वाटको बल्बको उज्यालोमा उसका आँखाका ढकनी मुनी केहि चलमलाई रहेको देख्न खासै गाह्रो थिएन । घाँटिमा एउटा नशा निकै फुलेको देखिन्थ्यो । मुटुको चालसँगै तलमाथि नाच्दै थियो । एक घुट्को थुक निलेँ । अर्को तर्फ मुख फेरेँ । छेवैको टेबलमा ग्लास राखेको रहेछ । सायद दुध थियो होला ।

‘यो दुध र अण्डा खायो भने पावर आउँछ रे ! त्यसैले त विवाहको रात वेहुलालाई दुध ख्वाउँछन् । पावरको लागी ’ एउटाले भन्यो । सबैले अट्टाहसपूर्ण हाँसोका साथ ‘हो, हो’ भन्दै समर्थन गरे । ‘तैले चाहिँ आज भित्र जाने बित्तिकै खाएस्, बुझिस ? नत्र काम गर्दागर्दै थाक्लास् ।’ उसले थप्यो । सबैले उहि पुरानो अट्टाहाससँगै एक अर्काको हात पड्काउन थाले ।

‘खानुपर्छ कि क्या हो । आज केहि गरिएन भने फेरी भोलि त यसले पनि गन्न छोड्छे । फेरी यो पनि सुतेकी छैन क्यारे ! रातभर कहिले हुन्छ भनेर आत्तिएर अर्ध निद्रापार्नु भन्दा ढुक्कले सुतेको राम्रो ।’ मैले सोचेँ । उठेर दुधको गिलास मुखमा घोप्ट्याएँ । राख्दा अलि आवाज बढि आएछ सायद ऊ झस्किएर मतिर हेरी । केहि बलगरेर आँखा उघारे जस्तो लाग्दैथ्यो ।

‘अप्ठ्यारो भएन ?’ मुखबाट फुत्त निस्कियो ।

‘हँ ? …हजुर ?’ उसले कुमका आडमा शीर र काँध उचाल्दै मुख बाएर सोधी ।

‘सजिलो गरेर सुत न । कोठा भित्र पनि सबै लाइ रनु पर्छ र ?’ आँट गरेर बोलेँ ।

‘ह्म…’ उसले अलमलमा आवाज निकाली । फेरी टउको खाटमा बिसाइ ।

आइमाइ हो, मेरा अगाडि कपडा फुकाल्ने आँट के गर्दी हो । मैलाई अप्ठेरो लागेको बेला झन् ऊ के अघि सर्दि हो ।

‘हेर, पहल त तैले नै गर्नुपर्छ । अलिअलि नाइनास्ती त गर्छन नै । भित्रभित्रै कहिले अँठ्याउन पाउँ भैरा हुन्छ ।’ एउटाले अनुभव पस्क्यो । यस्ता मामिलामा ऊ केहि अनुभवि मानिन्थ्यो । सबै गलल हाँसे ।

म फेरी ओछ्यानमा आएर उसको नजिकै बसेँ । निधारमा हात लाउँदा एकछिन झस्किइ । उसको मन बुझ्न कपाल सुम्सुम्याउँदै घाँटिमा हात पु¥याएँ । हिँउदमा भिजेका हातले छोएको झैँ गरी केहि हच्किइ तर प्रतिरोध गरिन । बिस्तारै काँध र पाखुरा गर्दै उसको हत्केला समाउन पुगेँ । उसका आउँलाका चेपमा आफ्ना आउँला घुसारेर जोरले समाएँ । उसको आँखाको ढकनी भित्रको चाल केहि बढ्दै थियो । भरिएका छाति माथि ‘फुटुकफुटुक’ बढ्दै थियो । मुहारमा लाली चढेर राताम्य भइ सकेको थिया अनि घाँटिको नशा पनि फुलेर फुट्लाझैँ देखिन्थ्योः फुटुकफुटुकफुटुक । उसका बन्द आँखाको फाइदा उठाउँदै झुकेर उसको ओठ नजिकै मुख लगेँ । अघि जस्तै निश्चित अन्तरालमा उसको नाकका पोरा बाट निस्किएको हावाले मुहारमा हिर्काइरहेको थियो । किन किन उसको स्वास पनि खुब मन परिरहेको थियो ।

खै केभो एकाएक मेरा हरकत अनियन्त्रित हुन थाले । चलचित्रहरुमा हेरे जस्तै गरेर उसका ओठहरु पालै पालो चपाउन थाले । हातहरु अनियन्त्रित उसका शरीरमा जाइ लागे । यति चाँडै सबै भयो कि ऊ चिच्याएपछि मात्र थाह भयो, अलि हतार गरिएछ । म अर्ध नग्न भएर एकातिर पछारिएँ । ऊ छेवैमा घोप्टो परेर सुति रहि ।

‘स्सस’

लामो निस्वास ।

‘सुक्क …. सुक्क’

यौन मिठो लाग्ने उत्तेजित छँदा सम्म मात्रै हो । स्खलन पश्चात सबै इन्द्रीय ठेगान लाग्छन् । एक खाले ग्लानी अनि बैराग्यले डेरा जमाउन थाल्छ । अनि आफूले गरेका सबै काम गलत लाग्छ ।

ऊ सुक्क सुक्क गर्दै कोठाबाट बाहिर निस्किइ । म कुम टेकेर ऊ गएको हेरिरहेँ । निकै बेर लगाएर फर्किइ । आँखा जुधाउन चाहि रहेकी थिइन । केहि डर लाग्यो । आएर निकै ठूलो दूरी बनाएर घोप्टिइ । कान राता देखिन्थे । पानीले भिजाएर सम्हालेका कपाल जुरोमा अड्याइएका थिए । घाँटिमा केहि राता दाग थिए । अलि जोरले टोकिएछ सायद । म कुममा अडेको अझै कुममै छु । टाउको मात्रै उसलाई पछ्याउँदै उसकै तिर फर्किएको छ ।

लामो निश्वास लिएँ । धेरै सोचेँ । निदाउन पनि थियो । तर उसलाई त्यस्सै छोडेर निदाउन पनि सकेन । बडो आँटका साथ उसको छेउमा सरेर उसका दुई पाखुरा समाए ।

‘के भो लाटी ?’

ऊ झस्किइ । फर्किन मानिन । मैले बारम्बार कर गरेपछि उत्तानो फर्की । एकछिन मलाई घोरिएर हेरी । आँखा राता परेका थिए । नाकको टुप्पो पनि रातो थियो । ओठ माथिल्लो भाग केहि बाक्लिएको थियो । अनि उसको नगर अर्कै तर्फ मोडियो । उसले केहि नभनेरै धेरै भनि । मसँग प्रतिबादमा भन्न केहि थिएन ।

‘माया गरेको पो त लाटी !’

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.