सत्य कथा : प्रवासीको व्यथा

~राजेन्द्र श्रेष्ठ~Rajendra Shrestha

एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ लगाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ।

विहान भालेको डाकासंगै मानिसहरु उठ्छन र सुर्यको किरण संगै घरबाट बाहिर निस्किएको मानिसहरु सुर्य नविलाएसम्म कामको ध्यउन्नमानै व्यस्त हुन्छ। उनिहरुलाई बर्षैभरी कुनै पनि दिन विदा हुदैन घरका कोही सदस्य बिरामी भयो भने पनि त्यसको हेरविचार गर्ने, उसलाई पानी तताएर दिने सम्मको न चेतना छ , नत समयनै छ यसरी सबै गाउलेहरु आ–आफ्नो काममा अतिनै व्यस्त देखिन्छन। यसरी व्यस्त रहेर काम गरे पनि उनिहरुको जीन्दगीमा एक छाक मासु खाँन महिनौ कुर्नु पर्छ वा चाडवाडनै आउनु पर्छ, खिर खान साउन १५ आउनु पर्छ भने नयाँ लुगा लगाउन पनि चाडवाड नै पर्खनु पर्छ। सानासान केटा केटीहरुलाइ स्कुल पठाउन सकेको छैन किताब, कपि किन्न र स्कुल फिस तिर्न कठिन छ। यसरी दिन रात नभनेर कामगरे पनि उनिहरुले हजारको नोट देख्न मुस्कील परेको हुन्छ। यस्ता अभाव अपुग अभागि जिन्दगीबाट अतिनै निरास हुन्छ त्यही गाउको शिराने काईला त्यसैले उ गाउँ छाडेर शहरतिर पस्छ।

विरानो शहर उसको लागि झन कठिन हुन्छ , यो विरानो शहरमा चिनजान कोही हुदैन के खाने? काहाँ बस्ने? कसरी रात विताउने? दुईचार दिनत उ अन्यओलमा पर्छ भोकभोकै हुन्छ यस्तैमा उसले एउटा भारी बोकिरहेको भरीयालाई बोलाउछ र भन्छ मत ३ दिन देखि खानेबस्ने केही ठेगान नभएर हिडेको छु भोकले मर्नै लागे लौन दाई मलाई पनि यस्तै काम मिलाई देऊ। आखिर भरियाको दुख भरियालेत बुभ््कनेनै भयो उसले लगेर होटलमा एक पिलेट म.म. खुवाउछ र एउटा नाम्लो किनीदिन्छ अनि संगै लगेर जान्छ कालिमाटिको आलुगोदामतिर त्यहाँ उजस्ता भरियाहरु धेरै हुन्छन एकबोर आलु किन्ने साहुजी आयो भने तेरो र मेरो हानाथाप पर्छ पुराना भरियाहरुले उसलाई रिस पनि गर्छ तर के गर्ने शिराने काईलाको अरु उपया पनि केही छैन नयाँ नयाँमा उसलाई साहुहरुले पनि विश्वास गर्दैन फाट्टा फुट्ट मत्र काम पाउँछ त्यही कामको आधारमा उसले साथिसंग मिलेर बस्छ यसो त्यसो गरेर उसको आफ्नो ज्यान पल्ने मेसो मिलाउन सकेको छ। यसरी केही समाय बित्छ घरबाट बाउआमाको खबर आउछ साहुको रिन तिर्न सकेको छैन। घरको छानो चुहिने भएको छ के गर्ने हो छोरा यसरी खबर आए पछि झन शिराने काईला दुखित हुन्छ आखिर भारी बोकेर कमाएको पैसा कतिनै हुन्थ्योर शहरको महंगि संग जुद्नै परिगो तैपनि बचाएको केही पैसा घर पठाउछ।

एक दिन राति उ गुन्द्रिमा पल्टीएको हुन्छ त्यो दिन भारी पनि कम पाएकोले गर्दा उसलाइ थकाई लागेको हुदैन त्यसैले होला निन्द्रा पनि लाग्दैन यसरी ओछ्यानमा पल्टीएर सुतेको बेला जीन्दगिको परिभाष लगाउने कोशिस गर्छ तर उसले आफ्नो जीन्दगी सधै भरियामानै पाउछ यस्तै सोच्दा सोच्दै उ निदाउछ। भोली पल्टा उ तिन बजे रातीनै उठछ मुख पनि नधोईकन उ भारीको आसामा बजारतिर लाग्छ। सदै जसो बजारमा बिहानिको चहलपहल सुरु हुन्छ नभन्दै एकबोरा आलुको भारी भेटाउछ साहुजी अगि लाग्छ उ पछिपछि भारी बोकेर झण्दै आधा किलोमिटर हिडेपछि साहुजीले सोध्छ यो आलुको भारी बोकेर महिनामा कति कमाउँछौ भाई? आलुको भारीले थिचेको टाउकाको नाम्लो सार्दै शिराने काईला बोल्छ कति कमाउनेर साहुजी यो काठमान्डौको शहरमा पेट पाल्न पुर्याएको छु। तिम्रो उमेर कति भयो साहुजीले फेरी सोध्यो? २२ बर्ष भए साहुजी शिरानेले उत्तर दियो। लौ तिमीत यूवा रहेछौ विदेशतिर जाऊ धेरै पैसा कमाउछौ , एउटा भरीयाको लागि यस्तो कुरा सुनेपछित उसको मन सलबलाउन थाल्यो र मनमनै सोच्यो विदेशमा गएर पैसा धेरै कमाएर पारीघरे साहुको रिन तिर्नपाए घरको छानो फेर्नपाए कति हलुको हुन्थ्यो होला कति रमाईलो जिन्दगी बन्छ होला। यसरी केहीबेरको सोचपछी उसले साहुजीलाई भन्यो हामी जस्तो भरीया मान्छे कसरी बिदेशमा जान सक्छौं र साहुजी बिदेश जानलाईत धेरै पैसा लाग्छ भन्छ , मेरो त लेख पढ पनि छैन के काम पाउछर हामी जस्ताले? साहुजीले भन्यो काम त लेबरको हो साच्चै जाने हो भने म भिसा मिलाई दिउलानी महीनाको अठार बिसहजार जति कमाई हुन्छ खान बस्न सबै फ्री हो एसिवला कोठा हुन्छ दिनको आठ घण्टा डिउटी गरे पुग्छ। यहाँको खर्च चाही असिहजार जति लाग्छ। ओहो यत्रो पैसा काहाँबाट ल्याउनेर साहुजी? उसले प्रश्न तेर्स्यायो? त्यो त तिम्रो विचार साहुजीले भन्यो। यस्तैमा साहुजीको घरपनि आइपुगेछ त्यो साहुको त म्यनपावर कम्पनि रहेछ। त्याहाँ थुपै युवाहरु बिदेशजानलाई अन्तरबार्ताको लागि लाईन बसेको रहेछ उसले पनि केहीबेर त्याहाँको रमिता हेर्यो र अब म पनि एक पटक बिदेश जानै पर्यो भन्ने निष्कर्षमा पुग्यो।

त्यस दिन बेलुकी कोठामा गएर पैसा गन्यो झण्दै तिनहजार जति रहेछ अनी पासपोर्ट बनाउनलाई पाँचहजार लाग्ने भएकोले दुई हजार चाही उसले त्यही सहयोगी साथिलाई सापटी माग्यो एक हप्ता भित्रमा पासपोर्ट बनाएर ल्ययो र त्यही सहुजीलाई पासपोर्ट दिन आयो पासपोर्टको साथमा दशहजार पैसा पनि चाहिन्छ भने पछि उ फेरी आपातमा पर्यो अब जसरी भए पनि म विदेश जानुछ पैसात खोज्नै पर्यो भनेर त्यही सहयोगी साथी संग शिरानेले सबै कुरा गर्छ त्यो साथीले पनि म संगत पैसा छैन तिमिलाइ थाहनै छ मैले चिनेको सधै लेनदेन गरेको एउटा साहु छ त्यो संग कुरा गरनत बरु म पनि संगै गईदिउला हुन्नत शिरानेले भन्यो लौ दाई मलाई यति कामबाट फुत्काई दियौ भने म तिम्रो गुन कहिल्यै बिर्षने छुईन म जसरी पनि बिदेशमा पैसा कामाए पछि साहुँव्याज गरेर तिर्ने छु। भोलीपल्ट उनिहरु रिनको खोजीमा साहुकाहाँ जान्छ र बिन्ती बिसाउछ मैले एसलाई चिन्दिन तिमी जमानी बस्ने भए पैसा दिन्छु तर व्याजचाही सयको पाँच लाग्छनी हुन्छ? साहुले बोल्यो उनिहरुले स्वीकार गर्छ र दशहजार रुपैया लिएर आउछ पैसा र पासपोर्ट पाए पछि म्यनपावर साहुजी खुशीहुदै अब एक महिना भित्रमा भिसा आउछ अरु सत्तरीहजार तयारपरेर खाख्नु है। उनिहरु मन्टो हल्लाउदै फर्किन्छन् र त्यही आलुको भारी संग लडाई गरेर दिनहरु बित्दै जान्छ १५ दिन पछि खबर आउछ लौ कतार जाने तिम्रो भिसा आयो काम धेरै राम्रो छ तिमित धेरै भाग्यमानि रहेछौ यति चाडै भिसा आयो पैसा लिएर आउनु।

अब शिराने काईलालाई ठुलै पाहाड अगाडी परेको जस्तो लाग्छ ७० हजारको पहाड कसरी पार लगाउँने उसले यताउत चिनजानको साथिहरुसंग अनुरोध गर्छ केही साथिहरुको सहयोग पाउछ करीब २० हजार जति जम्मा गर्छ अझै ५० हजारको पहाड उसको अगाडी छ अन्तमा त्यही पुरानेा १० हजार दिने साहुकहाँ पुग्छ र साथिको जमानीमा ५० हजार पैसा रिन लिन्छ यसरी जम्मा गरेको पैसा सबै लगेर म्यनपावर साहुलाई बुझाउछ उसले अब तिम्रो एक हप्ताभित्र उडानहुने आश्वशन पाउछ। शिराने काईला अब बिदेश जानेभयो भनेर गाउमा आमाबाबालाई बिदा माग्न आउछ सबैले रामै्र हुने भयो भनेर बिछोडको खुशी साटछ। यता म्यनपाउरको काम त हो भोली भोली भन्दा भन्दै ३ महिना भुलाई दिन्छ र बल्ल भारत हुदै कतारको लागि पठाउछ जब कतारमा आउछ सेतो लुगा लगाएको मालिक गाडि लिएर एरपोर्टमा भेटाउछ साहुले भन्छ सलामवलेगम इन्त जेन? बिचरा शिराने काईला के भन्ने भन्ने हुन्छ इङलिसमा बोल्छ एस एस अब साहुले गाडीमा राखेर सिदा भेडा गोठमा पुर्याउ छ र भन्छ तुम्हारा काम ए है.. शिराने अलमल पर्छ काम नगरौ भने साहुको रिन गरौभने चर्को घाममा भेडा चराउनु पर्ने यो कस्तो जीन्दगी रहेछ भन्दै काममा लाग्छ आज भन्दा भोलि भन्दा बानि पर्छ महिना पनि मर्छ साहुले तलव कतारी रियाल ५००/– दिन्छ उसको खाना खर्च कटाउदा खाली दुई सय पचास मात्र तलबको पैसा बचेको हुन्छ र उसले चारपायमा ढल्केर रातभरी सोच्छ अब मैले साहुको रिन कहिले तिरी सक्छ होला? कहिले विदेश आएको रिन तिर्ने, कहिले घरको रिन तिर्ने, कहिले खरको छानो फेर्ने ? यस्तै यस्तो सोच्दा सोच्दै निदाउछ। यसरी नै उसको दिनचार्यहरु चलिरहन्छ। यस्तैमा एक दिन घरबाट चिठ्ठी आउछ चिठ्ठीमा लेखेको हुन्छ।

तिम्रो खरको छानो चुहेर पिढीमै आहाल छ।

तिम्रो घरको आगान भत्केर साह्रैनै वेहाल छ।

विदेशमै डुलेर गैसक्यो जिवन

छैनकी कसो हो घर फर्कने मन

कतार

(स्रोत : Nrnksa)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.