अनूदित पौराणिक कथा : अनौठो तरवार

~लु सुन~Lu Xun
अनु : गोपीरमण उपाध्याय

(जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका साथ वर्णन गरिएको छ )

(एक)

मेइ चेन छि आफ्नी आमाको छेउमा सुत्नै थालेको थियो , नजिकैको डेहरीलाई मूसाहरुले कुटुर कुटुर काट्न थाले । त्यो आवाजले मेइ चेन छि दिक्क भयो । मूसाहरु भगाउन उसले चार–पाँच पटक सिउँ–सिउँ त गर्यो तर तिनीहरुले टेर्दै टेरेनन् । दिनभरि कामको थकाइले लस्त भएर सुतेकी आमाको निन्द्रा नखल्बलियोस् भनेर ती मूसाहरु भगाउन अलि टाठो आवाज पनि गर्न सकेन । धेरैबेरसम्म तिनीहरुले खलबल मचाउँदै रहे । मेइ चेन यसो निदाउन खोजेको थियो , नजिकै पानी भएको घैंटोमा अर्को मूसाले छपाक् गरेको आवाज सुनियो । मूसाले घैटोंबाट बाहिर आउने निकै कोशिश गर्यो , तर सकेन । मेइले मूसालाई “बल्ल खाइस् ” भन्दै चूपचाप खाटबाट उठ्यो ।

बाहिर टहटह जून लागिरहेको थियो । भित्री कोठा पनि त्यत्ति अँध्यारो थिएन । यसो छामछुम पारेर बत्ती बाल्ने कुरा खोज्यो र नजिकैको दियालो सल्कायो । यसो छामछुम पारेर बत्ती बाल्ने कुरा खोज्यो र नजिकैको दियालो सल्कायो । त्यसको उज्यालोमा उसले पानीको घैंटोभित्र हेर्यो । त्यसमा परेको मूसाले व्यर्थैमा बाहिर निस्कने कोशिश गरिरहेको थियो । घैंटाभित्रको मूसालाई हेरेर मेइ च्येनले भन्यो बल्ल खाइस् !! भन्दै रातभर कुटुर कुटुर र खटेपट् गरेर निन्द्रा बिगार्ने त्यो मूसाको तमासा हेर्न थाल्यो । त्यसका कालाकाला आँखा देखेर उसलाई निको लागेन । एउटा हर्को डण्डाले घैंटाभित्रको मूसालाई जिस्क्याई रह्यो ।

जसरी मेइच्येनलाई रातो नाक भएका मानिसहरु मनपर्र्दैनथे त्यस्तै गरी त्यो मूसाको रातो नाक पनि उसलाई मन परेन । धेरैबेरपछि उसले त्यो मूसालाई घैंटाबाट बाहिर निकाल्यो । त्यसको पेट पानीले टम्म फुलेको थियो । पुच्छर जुकोझैं भएको थियो । एकै छिनपछि यसो चलमलाउन थालेको थियो कि उसले किचिक्क पारेर मारिदियो । त्यसपछि उसको मन गह्रुङ्गो भयो । मैले ठूलै पाप गरेँ कि भनेर उसलाई ग्लानी भयो ।

यत्तिक्कैमा उसकी आमा ब्यूाझिई । छोरालाई सोधी “के गर्दैछौ बाबु ? ” मेइ च्येनले भन्यो — “ मूसो रहेछ आमा !!”

आमाले लामो सुस्केरा हालेर भनी – “ आजको आधारातपछि तँ १६ वर्षको हुनेछस् । तेरो मुटु अझै पनि कमजोर छ । तैंले तेरा बाबुको बदला कसरी पो लेलास् !!”

बाहिरको टहटह जूनको उज्यालोले कोठा पनि अलिअलि त उज्यालै थियो । म्येइ च्येनले खाटमा बसेकी आमाको शरीर कामेजस्तो मान्योे र उसको मसीनो स्वरबाट अनन्त पीडा व्यक्त भइरहेको अनुभव गर्यो ।

आमाका यी कुराहरु सुुनेपछि मेइ च्येन छिका शरीरमा चाच्चाँडो रक्त सञ्चार हुनथाल्यो । उसले आमाका नजिकै गएर आवेशमा “के कुराको बदला ? कोसँग बदला ?” भन्यो । आमाले भनी “ तँलाई यो कुरा बताउनै चाहेकी थिएँ तर तँ बालकै थिइस् । त्यसैले कही भत्र सकिन । अब तँ १६ वर्षको भइस् तर पनि बालक जस्तो छस् । कहिले जवान मर्द भएर बाबुको बदला लेलास् ? ”

मेइ च्येनले भन्यो “किन सक्दिन ? तिमीले बताऊ मात्र अब त म जे पनि गर्न सक्छु ।” “ हो ! आखिर गर्न त तैंले नै पर्छ । तँलाई नभनेर कसलाई भनुँ त ! म खाली भत्र मात्र सक्छु , गर्न केही सक्दिन । ” आमाले भनी मेइ च्येन छी आमासँगै टाँस्सिएर बस्यो त्यसपछि आमाले पनि बाबुको सारा बृत्तान्त भत्र थाल्यो ।

“ यो मुलुकमा तेरा बाबु बराबरको तरवार बनाउन सिपालु मानिस कोही थिएन । यस काममा उनको ठूलो नाम थियो । मैले आफ्नो र तेरो पेट पाल्न उनले बनाएका सबै हतियारहरु बेचेर खाइसकेँ । बीस बर्ष पहिलेको कुरा हो , एउटा राजा थियो उसका कैयौं रखौटीहरु थिए । तिनीहरु मध्ये एउटीले फलामको टुक्रो जन्माई । ( भारतीय पुराणकथामा पनि शाम्बको गर्भबाट फलामको मूसल जन्मेको कथा आउँछ ) मानिसहरुले भने यसले कुनै खाँबोलाई अँगालो मारेकी थिई । ( धृतराष्ट्रले आफ्ना छोरा मार्ने भिमसेनसँग बदला लिन फलामबाट बनेको भीमसेनको मूर्तिलाई अँगालो मारेको आउँछ ) त्यसैबाट गर्भ रहन गयो र फलामको टुक्रा जन्माई । त्यो फलामको टुक्रा यत्ति चम्किलो र सफा थियो त्यसबाट आरपार देखिन्थ्यो । राजालाई त्यसको महत्व थाहा रहेछ । उसले तरवार बनाउने बिचार गर्यो । यो यस्तो तरवार होस् ! कि कसैसँग हार्न परोस् ! राजाले तेरा बाबुलाई त्यो फलामको टुक्राबाट तरवार बनाउने आदेश दिए । जुन दिन तेरा बाबुले ती तरवारहरुलाई अन्तिमरुप दिन भट्टीमा आगो सल्काए , त्यहाँ ठूलो अचम्म भयो । भट्टीबाट ठूलो धुवाँको मुस्लो उब्जियो । त्यसले सारा आकाश ढाक्यो । पृथ्वी कम्पायमान भयो । एकैछिनपछि त्यो धुवाँ रातो–रातो बादलमा फेरियो । चारैतिर राता किरणहरु फैलिए । भट्टीमा तताउन राखिएका तरवारहरु राताराता भएका थिए । उनले कुवाबाट पानी झिकेर त्यसमा छिटा दिन थाले । सात दिन र सात रातसम्म त्यसमा पानीका छिटाहरु दिँदादिँदा तिनीहरु त्यहीँ भट्टीमा हराए । फेरि केही दिनपछि त्यो भट्टीमा खोज्दा दुईवटा लामालामा शिशाका फलकहरु जस्ता चम्किला तरवारहरु फेला पारे । तिनीहरुलाई भट्टीबाट निकालेर सरसफाइ गरी दुईवटा बाकसमा अलग–अलग बन्द गरी राखे । त्यत्तिबेला किन हो उनी ज्यादै उदास देखिएका थिए । केही छिनपछि मलाई उनले भने “ दुनियाँले थाहा पाइसक्यो , तरवार बनिसकेका छन् । विगत कैयौं दिनदेखि कस्ता कस्ता शकुन–अपशकुन भइसकेका थिए, तैंले पनि देखेकी छस् । भोलि म तरवार बुझाउन राजाकहाँ जान्छु । तरवार बुझाउनासाथ मेरो अन्त्यकाल आयो भत्रे बुझेस् । धेरै सम्भव छ म फर्केर आउने छैन ।”

उनका कुरा सुनेर म रुन थालेँ । उनले मलाई सम्झाउँदै भने “ रोएर के गर्छेस् ? भाग्यमा जे लेखिएको छ त्यही हुन्छ , हुने हुनामीलाई कसैले टार्नै सक्दैन । मलाई त थाहा थियो यही हुनेवाला छ । मैले त्यसको उपाय पनि सोचिसकेको छु ।” भन्दा तेरा बाबुको आँखाबाट रोष प्रकट भइरहेको थियो । उसले एउटा तरवार भएको बाकस मेरो काखमा राखिदिँदै भने “ हेर मैले यी दुईटा तरवार मध्येको एउटा भाले तरवार तँलाई दिइरहेको छु । यसलाई जतनसँग राखेस् । तेरा पेटमा ४–५ महिनामको गर्भ छ । त्यसबाट छोरो नै जन्मिनेछ । त्यसलाई मेहेनतका साथ हुर्काएस् । जब छोरो जवान होला त्यसलाई यो भाले तरवार दिनु र भत्रु त्यो राजाको टाउको काटेर बदला लेओस् । म भोलि नै अर्को तरवार लिएर राजाकहाँ जानेछु । यदि म फर्केर आइन भने तैंले बुझेस् मेरो गर्धन काटिएछ ।”

“के बुबा फेरि फर्किएनन् त ?” भनेर मेइ च्येनले सोध्यो । “अँ हँ उनी फेरि फर्किएनन्” आमाले धैर्यतापूर्वक जवाफ दिई । “मैले उनलाई सबैतिर खोजिगर्दै हिँडेँ । केही अत्तोपत्तो पाउन सकिन । धेरैदिन पछि एउटा अपुष्ट समाचार पाएँ — आफैले बनाएको तरवारले उनको आफ्नै ज्यान लियो रे । राजालाई डर भयो , कहीँ ऊ प्रेत भएर दुःख नदेओस् । उनले तेराबाबुको शरीर राजमहलको मूल ढोका मुनि र टाउको त्यसको पछाडिपट्टि गाडिदिए रे । ”

यी कुराहरु सुनेर म्येइ च्येन रिसले आगो भयो । त्यो अँध्यारोमा पनि उसले आफ्ना औंलाहरु भाँच्चिने गरी मुठ्ठी कस्यो । उसकी आमा खाटबाट उठी । त्यसको सिरानीपट्टी राखिएको काठको फलेक निकाली । एउटा दियालो बालेर छोरालाई कोदाली दिएर खत्र लगाई । उसले ४–५ हात गहिरो खाडल खन्यो । त्यसमा माटाले खाइसकेको काठको बाकस फेला पर्यो । त्यसभित्र स्फटिकजस्तो चम्किलो त्यही तरवार फेला पर्यो । छोराले बडो प्रशत्रताका साथ तरवारको बीँड समात्यो र बाहिर निकाल्यो । त्यो चम्किलो तरवारले अँध्यारो कोठालाई बेस्सरी उज्यालो पारिदिएको थियो । हेर्दा–हेर्दै त्यो तरवार त्यही प्रकाशमा विलीन भयो । केहीछिनपछि साढेतीन हात लामो फलामको डण्डाजस्तो चीज उसको हातमा आयो , जसको धार थिएन ।

आमाले भनी “ अब तैंले कुनै प्रकारको दया माया नगरेर यो तरवार उठा । आफ्नो बाबुको बदला लिन गइहाल ! ” “हो आमा अब म यही तरवारले मेरा बाबुका शत्रुसँग बदला लिन्छु । ” छोराले भन्यो । आमाले पनि प्रशत्रताका साथ छोरालाई आशीर्वाद दिँदै भनी “ तरवारलाई कम्मरमा बाँध, बाहिरबाट यो नीलो ओभरकोट लगा , यही कामका लागि तँलाई नीलो कोट बनाइदिएकी छु । भोलि बिहानै घरबाट प्रस्थान गर्नु । मेरो कुनै चिन्ता नगर्नु । ” छोरोचाहिँले पनि काठको बाकसबाट कोट निकाल्यो । तरवार कम्मरमा बाँध्यो र बाहिरबाट ओभरकोट लगायो । त्यत्तिबेला उसले आफ्नो शरीरमा अलौकिक शक्ति सञ्चार भएको अनुभव गर्न थाल्यो । भोलिपल्ट बिहानै आमासँग बिदावारी भएर आफ्ना बाबुको हत्यारासँग बदला लिन घरबाट प्रस्थान गर्यो ।

(दुई)

अझै पूर्वमा रातो आभा देखिसकेको थिएन । म्येइ चेन छिले घरको ढोकाबाट बाहिर निस्किएर हिँडेपछि फेरि पछि फर्केर हेर्दै हेरेन । रातभरिको अनिँदोले उसका आँखा राता–राता भएका थिए । नीलो रङ्गको कोटभित्र त्यही तरवार छिपेको थियो । ऊ छिटो–छिटो हिँड्दै नगरतर्फ लम्किरहेको थियो । धेरै टाढा पुगेपछि पूर्वमा उषाको उदय भयो । रातको हावाले देवदारुका पात मुनिको शीतलाई झार्न सकेको थिएन । वनको पल्लो छेउमा पुगेपछि बल्ल पूर्व दिशामा घाम झुल्किए । धेरै टाढा नगरका पर्खालहरु बिहानको कुहिरोमा टाँसिएको देखिए । ती पर्खालका बुर्जाहरुमा हतियारधारीहरुले पहरा दिइरहेका थिए ।

नगरद्वारको परिसरमा पुगेपछि म्येइ चेन छिले साग तरकारी बेच्नेहरुको ठूलो भीड देख्यो । दोकानहरुमा दोकानीया र ग्राहकहरुको खलबल चलिरहेको थियो । काम नपाएका आवाराहरु टोली–टोलीमा बाँडिएर कुराकानी गरिरहेका थिए । ढोकाहरुमा पछाडिपट्टिबाट अनिँदो आँखा भएका , कपाल फिजारिएका र मसीनो मुख भएका आइमाइहरुले हेरिरहेका थिए । उसलाई लागिरहेको थियो — अब कुनै घटना हुनेवाला छ । सबैले धैर्य र उत्सुकताबस त्यो घटनाको प्रतीक्षा गरिरहेका छन् । मेइ च्येन छि अगाडि बढ्यो । उताबाट एकहूल केटाकेटी ऊतर्फ दौडेर आउँदै थिए । झण्डै एउटा केटो उसले लुकाएको तरवारमा ठोक्किएर नकाटिएको । मेइ चेन छि केही आत्तियो र उत्तर दिशातर्फ सोझियो । राजमहलको नजिकै पुग्दा उसले झनै ठूलो भीड–भाड देख्यो । मानिसहरु गर्दन उचाली–उचाली बाटोतिर हेर्दै थिए । त्यो भीडभाडमा आइमाई केटाकेटीहरु चिच्याइरहेका थिए । ऊ भीडमा गएर हेर्न डराइरहेको थियो , कहीँ कतै उसको तरवारले कसैलाई चोट नलागोस् । तर उसका पछिल्तिरबाट मानिसको हुल बढ्दै थियो । म्येइ चेन छिले बडो सतर्कतापूर्वक मानिसहरुलाई बाटो दिँदै थियो । बाटोतिर गर्दन उचाली–उचाली हेर्ने तमासेहरुको पीठभन्दा बाहेक उसले केही पनि देखेन ।

एकैछिन पछि उसका सामुत्रे उभिएका सारा मानिसहरु घुँडाले जमिनमा टेकेर निहुरिए । बाटामा टाढैबाट एउटा घोडसवारहरुको फौज उसैतर्फ आइरहेको देख्यो । तिनीहरुका पछाडि बर्छा , भाला , धनुर्वाण र तरवारधारीहरुको फौज दगुर्दै आइरहेको थियो । उनीहरुमध्ये कसै–कसैले झण्डा बोकिरहेका थिए । सिपाहीहरुको कदमबाट उडेको धुलोले आकाशै ढाकेको थियो । उनीहरुका पछाडि चारघोडे ठूलो बग्गीहरुमा बस्नेहरुले घडियाल–घण्टा , ढोलकी , दमहा , शहनाई , नर्सिङ , कर्नाल , झ्याली–मजुरा आदि बाजाहरु बजाइरहेका थिए । बाजा बजाउनेहरुका पछाडि एकदम भड्किला एवं महंगा लुगाहरु लगाएका बूढोपाको उमेर र ठूलोठूलो पेट भएका , पसिनै पसिनाले भिजेका दरवारियाको पंक्ति थियो । त्यसपछि छुरि–कटारी , ढाल–तरवार र बञ्चराहरु बोकेका फौजीहरुको लस्कर थियो । सवारीलाई अभिवादन गर्न घुँडा टेकेका भीडका मानिसहरुले अब लमपसार परेर दण्डवत् प्रणाम गर्दै थिए । यत्तिक्कैमा एउटा ठूलो रथमा पहेँलो चँदुवा र चादरले ढाकिएको चमचम गरिरहने पोशाक लगाएको एउटा मोटो मानिस देखा पर्यो । उसको टाउको सानो थियो । कपाल तिल चामले भएका थिए । उसले पनि आफ्ना पासमा भएजस्तै अर्को तलवार कम्मरमा बाँधेको देख्यो । मेइ चेन छि अलि झसङ्ग भयो । मानौं उसका शरीरबाट घृणाका ज्वालाहरु बाहिर निस्किँदै थिए । एकाएक उसले आफ्नो हातमा बाँधेको तरवार समात्न पुग्यो । ऊ पनि राजाको सवारीलाई दण्डवत् प्रणाम गर्न लम्पसार परेका मानिसहरुको भीडलाई छिचोल्दै अगाडि बढ्यो ।

मेइ चेन छि राजमार्गतिर ५–६ कदम मात्र अगाडि बढेको थियो उसलाई कसैले छिर्के हानेर लडाइदियो । ऊ एउटा दुब्लो पातलो नौजवान माथि पर्यो । ऊ आत्तियो कहीँ उसको तरवारले नकाटिएको होस् । मेइ साबधानीपूर्वक उठ्न खोज्यो तर उसका मुखमा कसैले दुई घुस्सा लगाइदियो । त्यसको कुनै वास्ता नगरी उसले बाटोतिर हेर्यो तर पहेंलो च्यादर र चँदुवाले घेरिएको राजाको सवारी अगाडि बढिसकेको थियो र सडकमा दण्डवत् प्रणाम गरिरहेका मानिसहरुको भीड सुस्त–सुस्त उठिरहेको थियो ।

मेइ जुन नौजवान माथि लडेको थियो त्यसले उठेर उसको छातीमा समात्यो र चिच्याउँदै भन्यो तैंले गर्दा मेरो काँधमा चोट लागेको छ । “ यदि ८० वर्षभन्दा पहिल्यै म मरेँ भने तैंले त्यसको हर्जाना तिर्नुपर्छ । ” विनाकाममा आवाराहरुले ती दुबैलाई घेरा हालेर तमाशा हेर्न थाले । कोही चोट लागेको नौजवानतर्फ सहानुभूति प्रकट गर्दै मेइ च्येन छिलाई धम्क्याउने र गाली गर्न थाले । उसले बेकारको लफडामा फसेको अनुभव गर्न थाल्यो । उसले त्यो झमेलाबाट कसरी उम्कने भनेर उपाय पत्ता लगाउनै सकेन । भीडका मानिसहरुले उसलाई झन दिक्क पार्न थाले । एक घडी वितिसक्दा पनि त्यो भीड शान्त भएन । तमासेहरुले उसलाई घेरि नै रहेका थिए । त्यो भीडको बीचबाट एउटा कालो–कालो मानिस त्यहाँ आयो । उसका दाह«ी–जुङ्गा र आँखा पनि कालै थिए । शरीर बाँस जस्तै दुब्लो पातलो थियो । ऊ केही बोलेन खाली मेइतिर हेरेर खिसिक्क हाँस्यो । फेरि उसले दुब्लो–दुब्लो नौजवानलाई एक घुस्सा लगायो । उसले पनि मेइ चेन छिलाई छोडिदियो र चूपचाप त्यो भीडबाट खस्कियो । त्यो कालो मानिस पनि उसकै पछि लाग्यो । त्यत्तिबेला त्यो भीड सुस्तसुस्त खस्किन थाल्यो मानौं अरु तमाशा हेर्न नपाएकोमा निराश थियो । केही मानिसहरु फेरि पनि त्यहाँ जम्मा भए । उनीहरुले म्येइ चेन छिसँग उसको घरबार , पेशा , आदिका बारेमा सोधपुछ गर्दै थिए तर ऊ ती सबैको उपेक्षा गरेर दक्षिण दिशातर्फ लम्कँदै र “यो भीडभाडमा कसैलाई उसको तरवारले छोएर काटिदियो भने झन् अर्को बबाल खडा हुनसक्छ” भत्रे बिचार गर्यो ।

मेइ च्येन छिले नगरको दक्षिणद्वारतर्फ गएर राजाको प्रतीक्षा गर्ने विचार गर्यो । साँझपखसम्म त राजा त्यही बाटोगरी आउने छ र त्योसँग बदला लिन्छु भत्रे उसको बिचार थियो । दक्षिणतर्फको द्वार अपेक्षाकृत खुल्ला थियो । मानिसहरुको भीडभाड पनि त्यत्ति थिएन । मेइले आफ्नो प्रयोजनका निम्ति यो ठाउँ उचित ठान्यो । नगरको चारैतिर राजाको पर्वत विहारको खूब चर्चा परिचर्चा थियो । मानिसहरुले राजाका दरवारियाहरु , सेवकहरु , फौजहरुका रवाफको बयान गर्दै थिए । कसैले राजाको दर्शन पाएपछि हुने पूण्य लाभको चर्चा गर्दै थिए भने कसैले महाराजाको सम्मानमा कति लामो दण्डवत प्रणाम गर्न सक्यौं र आपूm कति राजभक्त तथा सभ्य नागरिक रहेछुं भत्रे कुराको होडबाजीको बयान गर्दै थिए । जताततै यस्तैखालको बयानबाजीको बोलवाला थियो ।

म्येइ चेन छि नगरद्वारदेखि बाहिरपट्टीको किम्बुको बोटमुनि बस्यो । त्यहीँ बस्दा–बस्दै उसले दुईवटा रोटी खायो । केहीबेर आमाको सम्झना गर्यो । चारैतिर मूर्दाजस्तो शान्ति थियो । त्यसमा उसले सास फेरेको आवाज पनि स्पष्ट सुनिन्थ्यो । सूर्यास्त भयो । ऊ अधीर भयो । टाढासम्म बाटोमा टकटकी लगाएर हेर्दा उसले राजा आउने कुराको कुनै सङ्केत पाउन सकेन । सागसब्जी बेचन आएका गाउँलेहरु पनि रित्ता टोकरीहरु लिएर गाउँतिर फर्किन थाले । सबै गाउँलेहरु फर्किसकेपछि दिउँसो भीडमा भेट भएको त्यही दुब्लो पातलो उसको अगाडि आइपुग्यो र भन्यो – “अरे म्येइ चेन छि ! छिटो भाग तँलाई राजाले पक्रिन खोज्दैछ । तँलाई खोज्न राजाका सिपाहीँहरु हिँडिसकेका छन् । ” उसको यो आवाज उल्लू बोलेजस्तो थियो । मेइ चेन छि शिरदेखि पैतालासम्म एकैचोटी काम्यो र जादूको प्रभावले झैं गरी त्यही मानिसका पछि–पछि लाग्यो । दुबैजना दौडेर देवदारुको जङ्गलको पल्लो छेउमा पुगे । परको क्षितिजबाट साँझको चन्द्रमा उदाउँदै थियो । म्येइ च्येन छिले त्यही दुब्लो पातलो मानिसका बिरालाका जस्ता दुई आँखाहरु चम्किरहेको देख्यो ।

“तिमीले मलाई कसरी चिन्यौ त ! ” उसले बडो आश्चर्यका साथ सोध्यो ।

“म सबै कुरा जान्दछु ।” भनेर त्यो कालेले खिसिक्क हाँसेर जवाफ दियो ।

“ मलाई यो पनि थाहा छ कि — तैंले आफ्नो कोटको भित्रपट्टि तरवार लुकाएको छस् । तँ आफ्ना बाबुका हत्याराको बदला लिन आएको होस् , तर तैंले कुनै सफलता पाउने छैनस् । यत्ति मात्र होइन तेरो भेद पनि राजाले थाहा पाइसकेको छ । तेरो शत्रु धेरै पहिले पूर्वी द्वारबाट राजमहलमा प्रवेश गरिसक्यो । तँलाई पक्रेर ल्याउने हुकुम फर्मान गरिसकेको छ ।”

मेइ चेन छि निराश भयो “ मेरी आमा यसै कारण चिन्तित भएकी रहिछन् ।” भनेर उनले अस्पष्ट स्वरमा भन्यो ।

“तेरी आमालाई सबै कुरा थाहा छैन र । उसलाई झन् के थाहा म तलाई सहायता गर्न आएको हुँ । तेरो बदला लिने कुरा र मेरो कुरा एउटै हो ।”— त्यो कालेले भन्यो ।

“के तपाईले मेरो काममा सहयोग गर्ने ? के तपाईं साक्षात दीनवन्धु हो ?” म्येइ चेनले सोध्यो ।

“होइन ! होइन !! यस्तो भनेर मेरो अपमान नगर । ” उसले जवाफ दियो ।

“तब फेरि भत्रुहोस् न त तपाईं को हो ? के अनाथ र विधुवाहरुको रक्षक हो ?” मेइले फेरि सोध्यो ।

“ अरे केटा ! अब यस्ता कुुरामा कुनै दम छैन अब “दीनबन्धु” “रक्षक” यस्ता शब्दहरुको कुनै सार रहेन । अन्याय अत्याचार गर्नेहरुले यी शब्दहरुका सारपूर्ण अर्थहरुलाई पनि लुटेर लगिसके । अब उनीहरु स्वयंले त्यसलाई धारण गर्दैछन् । मलाई यस्ता फजुलका शब्दहरुमा अलिकति पनि विश्वास छैन । मेरो काम भनेको तेरो बदला लिने काममा सहायता गर्नु मात्र हो । ” दुब्लो मानिसले भन्यो “हजूरको यो महान् कृपा हो ।” मेइ चेन छिले सोध्यो “यो काम कसरी गर्न सक्नहुन्छ ?”

“तैंले मलाई दुई चीज दिनुपर्नेछ ।” यसो भनिरहँदा उसका आँखाबाट आक्रोशका ज्वालाहरु निस्किरहेका थिए । “ती चीज के हुन् ध्यानपूर्वक सुन् । एउटा तेरो तरवार र अर्को तेरो टाउको ।” त्यो मानिसले भन्यो ।
मेइ चेन छिले उसका यस्ता अद्भूत मागहरु सुनेर पहिले त केही बुझ्नै सकेन । तर ऊ कत्ति पनि डराएन । चूपचाप त्यो मानिसलाई हेरिरह्यो ।

त्यो मानिसले अझै कठोर स्वरमा भन्यो ः– “तैंले यो कुरा कदापि नसम्झिनु कि मैले तँलाई धोका दिनका लागि तेरो तरवार र टाउको मागेको हुँ । राम्रोसँग बिचार गर् । तँलाई मेरो विश्वास छ भने मात्र त्यो राजालाई मार्ने प्रतिज्ञा गर्नेछु । यदि विश्वास लाग्दैन भने भैगयो रहन दे !!”

“तपाईंले मेरो बदला लिने काममा किन सहयोग गर्दै हुनुहुन्छ ? के तपाईंको मेरो बुबासँग चिनजान थियो ?” म्येइ च्येन छिले सोध्यो ।

“हो ! तेरा बाबुसँग मेरो ठूलो चिनजान थियो । तर यसै कारण मात्र तेरो सहयोग गर्न खोजेको होइन । तँलाई थाहा छैन मेरो शक्ति कत्ति छ र म के के गर्न सक्छु ? तेरो सुख–दुःख र मेरो सुख–दुःख एउटै हो , मेरो हृदय दुःखै दुःखले छियाछिया भइसकेको छ । मैले अरु–अरुबाट यत्ति दुःख पाएँ कि अब त मलाई आपूmसँग पनि घृणा भइसकेको छ ।” त्यो मानिसले भन्यो ।

त्यो घटनापछि जङ्गलको अन्धकारमा उसले भनेका यी शब्दहरुका ध्वनी तरङ्गको अनुगूज समाप्त हुँदा नहुँदै मेइ चेन छिले आफ्नो कोटभित्र लुकाएको तरवारको बीँड समातेर स्वाट्ट निकाल्यो र एकै चोटमा आफ्नो गर्दन छिनाल्यो । उसको टाउको भुइँमा खस्यो । उसको मुर्कट्टा शरीर त्यो मानिसलाई तरवार सुम्पन अगाडि बढ्यो । ( यो कुरा भारतीय पुराण कथामा राजा रान्तिदेवले इन्द्ररुपी परेवा बचाउन आफ्नै शरीरको मासु काटेको र सुधन्वाले आफ्ना गुरुलाई आफ्नो छोरालाई आराले चिरेर बली चढाएको कथासँग मिल्छ । )

“ओ हो !! ” त्यो मानिसका मुखबाट सहसा यस्तो आवाज निस्कियो । उसले एउटा हातमा तरवार समात्यो भने अर्को हातले म्येइ च्येन छिको भूइँमा खसेको टाउकोलाई कपालमा समातेर उठायो मेइको काटिएको टाउकाको ओठमा दुई पटक चुम्यो र त्यो निर्जन वनमा अट्टहास गरेर हाँस्यो । उसको हाँसोले पूरै जङ्गल थर्कियो । त्यस्तो अँध्यारोमा पनि सैकडौं आँखाहरु फिलिङ्गाझैं चम्किए । जङ्गलका भोका ब्वाँसाहरुका गुर्गुराहट सुनिन थाल्यो । एकै झट्कामा मेइ चेन छिको शरीरका कपडाहरु च्यात्तिएर उसको शरीरबाट तुरुन्तै एकएक टुक्रा मासु गायब भयो । ठाउँठाउँमा रगतका थोपाको एउटा चिन्ह पनि देखिएन । ब्वाँसाहरुले उसको शरीरको हड्डी कर्याम कर्याम गरेर चपाएको मात्र सुनियो ।

ब्वाँसाका वथानको सरदारले त्यो कालो मानिसमाथि झम्टियो । उसले पनि तत्कालै त्यही तरवारले त्यस ब्वाँसाको सरदारको टाउको गिँडिदियो । अरु ब्वाँसाहरुले उसको मासु , रगत र हाडसमेत चर्यामचुरुम पारिदिए ।

उसले भुइँबाट मेइ चेन छिको फाटेको नीलो कोट उठायो । त्यसमा उसले टाउको पोको पारेर काँधमा झुण्ड्यायो । उसैको तरवार कम्मरमा बाँधेर यो गीत गाउँदै नगरतिर लाग्यो । गीत यस्तो थियो ।

गाओ रे ! भैया गाओ ! , गाओ रे ! भैया गाओ !!
तरवारको मालिक बाँकेले
हाँस्दै–हाँस्दै आफ्नो टाउको दियो ।
एक्लै हिँड्नेहरु संसारमा एक्ला छैनन् रे ।
तरवारको इज्जत राख्नेहरु , एक्ला कहिल्यै छैनन् रे ।
बैरीको बदला बैरी , टाउकोको बदला टाउको ।
दुई वीरले आफ्नो टाउको भेटी चढाए आफैले
गाओ रे ! भैया गाओ ! , गाओ रे ! भैया गाओ !!

(तीन)

महाराजलाई पर्वत विहारमा कुनै मजा आएन । उनले थाहा पाए कि आपूmलाई मार्न भनेर एउटा हत्यारो घुमिरहेको छ । महाराजको मन चिन्ताले खित्र भयो र सरासर दरवारतिर फर्किए । रातिमा पनि उलाई कुनै मजा भएन । एकपछि अर्को गरेर आठवटी रखौटीहरु पेश भए , कसैमाथि पनि उनको मन लागेन । नवौं रखौटी आई । त्यो पनि जँचिन । किनभने महाराजलाई उसको केशपाश र अन्य शरीरमा कुने लावण्य नजर आएन । सौभाग्यवश त्यो रखौटी चलाख रहिछ । हिम्मतका साथ महाराजको काखैमा गएर बसी । उसले अनेकौं नाज नखराहरु देखाई । ७० वटा क्रियाकलापहरु देखाएपछि बल्ल महाराजको मन पग्लियो । सुस्त–सुस्त महाराजको निधारमा तानिएको भृकुटी अलि शिथिल भयो । अर्को दिन तेस्रो प्रहरमा गएर मात्र महाराजाको निन्द्रा भङ्ग भयो । तर पनि उनको चित्त उद्विग्न थियो । नैवेद्य ग्रहण ( भोजन गर्नु । चीनको शाही भाषामा “भुजा ज्युनार” गर्नुलाई “नैवेद्य ग्रहण गर्नु” भनिन्छ । ) ग्रहण गरिसकेपछि उनको मन झन् खित्र भयो । महाराजाले लामो हाई काँढ्दै गार्जिदै भने “आज हाम्रो हृदयारविन्द प्रफुल्ल छैन ।”

महाराजाको यस्तो चालामाला देखेर महारानीहरु , दरवारियाहरु र विदूषकहरु सबै डरले थरथर काम्न थाले । केही समयदेखि महाराजाको मन खित्र भइरहेको हुनाले उनलाई बूढा मन्त्रीहरुको परामर्श , बाउत्रे र बिदूषकहरुको हास–परिहास , केही पनि मन परिरहेको थिएन । सानो डोरीमा गरिएको नृत्य , बाँसको खेल जादूका चमत्कारहरु , नटहरुको आश्चर्यजनक उफ्राइ र कुदाइहरु , तरवार निल्नु , मुखबाट आगो फ्याँक्नु ,जस्ता विविध किसिमका खेल मनोरञ्जनका चीजहरुले उनको मनोविनोद हुन सकिरहेको थिएन । कुरै कुरामा एकदम उत्तेजित हुन्थे । ५–७ जनालाई तुरुन्तै काटिदिने आदेश दिन्थे ।

राजमहलमा दुईवटा कञ्चुकी ( राजदरवारमा राजाका हजूरमा विन्ति चढाउने नपुंसकहरु ) हरु भर्खरै बाहिर फेरका समाचारहरु बटुलेर राजदरवारमा पस्दै थिए । उनीहरु फर्किँदा राजमहलमा पुरै आतङ्क छाएको थियो । उनीहरुले बुझे –“कुनै ठूलो आपद विपद आउँदैछ” एउटा त त्यो परिस्थिति बुझ्नासाथ अर्ध बेहोस् जस्तो भइसकेको थियो । अर्को ऊभन्दा अलि साहसी थियो । उसले कुनै प्रकारको डर र चिन्ताको भावना प्रकट गरेन । ऊ धैर्यपूर्वक महाराजाको हजूरमा पेश भयो र साष्टाङ्ग दण्डवत् प्रणाम गरेर निवेदन गर्न थाल्यो ।

अत्रदाता !! कृपानिधानबाट यदि अभयदान पाउँछ भने यो दास फेरि निवेदन गर्न चाहन्छ कि “नगरमा एउटा अत्यन्त चमत्कारी पुरुष आएको रहेछ । उसको कौशल दर्शन भएपछि महाराजाको हृदयविन्द प्रफुल्ल हुनेछ ।”

महाराज धेरै शब्द खर्च गर्न चाहँदैनथे । उनले भने “कुन ?”

कञ्चुकीले फेरि भन्यो “अत्रदाताबाट अभयदान पाउँछ भने यो दास फेरि निवेदन गर्न चाहन्छ । त्यो मानिस कालो–कालो दुब्लो पातलो भिखारी जस्तो छ । उसले नीलो लुगा लगाएको छ । काँधमा नीलो रङ्गको पोको झुण्ड्याएको छ । हर समय छेउ न टुप्पाका गीतहरु मात्र गाउँछ । उसले अत्यन्त चमत्कारी जादू जानेको रहेछ , दुनियाभरीमा उसको बराबरको जादूको खेल देखाउन सक्ने कोही पनि छैन रे ! त्यो जादूगर त्यो नगरीमा कहिल्यै पनि आएको थिएन रे ! महान् अत्रदाता प्रभू ! जसले उसको खेल एकपटक हेर्छ । उसले जिन्दगीमा उदासी र चिन्ता बेहोर्नु पर्दैन रे ! जो कोहीलाई उसले खेल देखाउँदैन रे ! खेल देखाउन उसले दुईवटा शर्त राखेको छ । एउटा सुनको ड्रागन ( चीनमा राजालाई सुनको ड्रागन भनिन्थ्यो ) अर्को सुनको डेक्ची….। ”

“उसलाई ल्याइयोस्” महाराजले झन् संक्षिप्तमा भने ।

महाराजका मुखारविन्दबाट कुरो फुत्कनासाथ चार घोडसवारहरुलाई साथमा लिएर त्यो कञ्चुकी हिँड्यो । महारानीदेखि लिएर दरवारियाहरु , मन्त्रीहरु र बिदूषकहरु सबैका चिन्ता र आशंकाहरु विलाए । सबैले आशा गरे “जादूगरले आफ्नो चमत्कार देखाएर महाराजको खित्रतालाई हटाइदिने भयो र बाँकी संसारलाई पनि निर्भय पारिदिने भयो । यदि जादूगरको चमत्कारले महाराजको मनोविनोद भएनछ भने पनि त्यही दुब्लो पातलो भिखारीमाथि मौसूफका क्रोधको वर्षा हुने त हो नि ! काटिए त्यसैको शिर काटिएला । जादूगर नआउँदासम्म त हामी सबैको रक्षा हुने भयो । पछिको कुरा देखाजाला ।”

धेरै समय लागेन राजाको भव्य बैठकमा ६ जना मानिसहरु आउँदै गरेको देखियो । सबैभन्दा अगाडि कञ्चुकी थियो । त्यसको पछाडि जादूगर र त्यसका पछाडि चारवटा सिपाहीँहरु नजिक आएपछि थाहा लाग्यो — उसले नीलो कोट लगाएको रहेछ । उसको रङ्ग , कपाल , दाह«ी , जुङ्गा , आँखीभौं समेत काला थिए । उसले महाराजलाई साष्टाङ्ग दण्डवत् प्रणाम गर्दा काँधमा भिरेको नीलो कपडाको पोको देखियो । त्यसमा रातो रङ्गको पूmलको डिजाइन थियो ।

“खेल देखा ।” महाराजले संक्षिप्त तर उत्तेजित स्वरमा भने । त्यो जादूगरका मामूली सामानहरु देखेर “ यो जावाले के जादूको खेल देखाउँला” भनेर मनमनै बिचार गरे ।

“अत्रदाता कृपानिधानबाट अभयदान पाउँछ भने यो दास के निवेदन गर्छ ” भने “मेरो नाम मेइ च्येन चाओ हो । वन–वन गाउँबाट आएको हो । दास अगाडि निवेदन गर्छ — ऊ अञ्जान र अनपढ मानिस हो । यसलाई जवानीका दिनमा एउटा सिद्ध महात्माबाट केटाका टाउकाको जादू सिक्ने अवसर प्राप्त भयो ।

अत्रदाताबाट अभयदान पाउँछ भने दास अगाडि निवेदन गर्न चाहन्छ – “जादू दुई चीज विना हुन सक्दैन । एउटा कुरो जादू जब हुन्छ तब उसका सामुत्रे एउटा सुनको डा«गन होस् , अर्को सुनको ठूलो डेक्चीमा स्वच्छ जल उमालिएको होस् , र त्यसमा केटाको टाउको हालेर उमालियोस् । त्यसको टाउको डेक्चीको पानीमा उमाल्नासाथ त्यसले पानीमा नाच देखाउनेछ । भाँतीभाँतीका खेलहरु देखाउनेछ । अनेकौं प्रकारका आवाजहरु गर्नेछ । हाँसी , ठट्टा , गाना , बजानाहरु पनि गर्नेछ ।”

“अत्रदाताबाट अभयदान पाउँछ भने दास अगाडि निवेदन गर्न चाहन्छ कि जसले यो खेल देख्ला र गाना बजानाहरु सुन्ला उसका सबै चिन्ताहरु मेटिनेछन् । दुनियाँका मानिसहरुले यो खेल देख्न पाए भने स्वर्गमा पनि सुख र शान्ति पाउनेछन् ।”

“सुरु गर” महाराजाले गर्जिलो आवाजमा भने । आँखा झिम्काउनासाथ एउटा सिङ्गो भैंसी अटाउन सक्ने सुनको डेक्ची महाराजको सिँहासनका अगाडि उपस्थिति गराइयो । त्यसलाई पानीले भरेर पींधबाट आगो लगाइयो । जादूगर डेक्चीको नजिकै उभियो । तलतिरबाट आगो दन्किरहेको थियो । उसले आफ्नो नीलो पोको खोलेर केटाको टाउको निकाल्यो । दुबै हातले त्यो टाउको समातेर सबैलाई देखायो । केटाको टाउकामा मसिना–मसिना रौंहरु थिए । स्वच्छ र सजीव आँखाहरु थिए । मोतीजस्ता सेता दाँतहरु थिए , राता–राता ओठहरु थिए । त्यसलाई एक–एक गरेर देखायो । केही मन्त्रहरु पढेर , त्यो टाउको छप्प आवाज आउने गरी डेक्चीमा खसाल्यो । त्यसको मुखमा पाँच पूmटजति पानी–पानीका छिटाहरु माथितिर उठे । एकछिनपछि पानी आफै शान्त भयो ।

धेरैबेर भयो अहिलेसम्म कुनै चमत्कार देखिएन । महाराजले प्रतीक्षा गर्दा गदैं अलि बोर भएको अनुभव गरे । जसले गर्दा महारानी , महाराजाका रखौटीहरु , मन्त्री र दरवारियाहरु , कञ्चुकी र बाउत्रेहरु सबै डराउन थाले । आफू नजिकै बसेको बाउत्रेतर्फ तिरस्कारको मुस्कान छाडे । महाराजलाई त्यो जादूगरको धृष्टतामाथि रिस उठिरहेको थियो । उनले आफ्ना अंगरक्षकलाई के आदेश दिन चाहन्थे भने महाराजाका सामुत्रे यस्तो धृष्टता गर्ने जादूगर भनाउँदो मूर्खलाई समातेर त्यही तातो पानीको डेक्चीमा फ्याँकेर उमालिदिने ।

ठीक त्यसबेला डेक्चीको पानीमा बुलबुलाहरु फुट्न थाले । मुनिबाट लगाएको आगोको उज्यालो चारैतिर फैलिइरहेको थियो । आगोको रातो रापले गर्दा कालो रङ्गको जादूगर गुलाबी रङ्गमा फेरिएको थियो । महाराजाले उतिर हेरे । त्यो जादूगरले पनि आफ्ना दुबै हात माथि उठाएर आकाशतिर हेर्यो । उच्च स्वरमा गाउँदै नाच्न थाल्यो । गीतको स्वर यस्तो थियो ।

गाओ रे ! भैया गाओ रे ! प्रेमका गीत
गाओ रे भैया गाओ रे प्रेमका गीत
अरे ! प्रेमका प्यासा हो !!
अरे ! रगतका प्यासा हो !!
कसलाई छैन प्यास !!
जनगण भूले अँधियारोमा राजाले गरे अट्टहास
दशहजार टाउका काटिए जगतमा फैलियो त्रास
एउटा टाउको लिएर घुम्छु
बदलामा रगत् बगाई
छुटुन् रगत्का छिटाहरु
गाओ रे ! भैया गाओ रे ! मतवालाका गीत

उसले यसरी गाउँदै नाच्दै रह्यो । डेक्चीको पानी उम्लिएर कैयौं हात माथि उठिरहेको थियो । केटाको टाउको पनि त्यो उम्लेको पानीमा यता र उति चक्कर काट्दै थियो । तर पनि उसको चेहरा मुस्कुराइरहेको जस्तो देखिन्थ्यो । केही छिनपछि उम्लिएका पानीका छिटाहरु उछिट्टिएर सभासद्हरु माथि पर्न थाले । एउटा बाउत्रेलाई तातोपानीले पोलेको हुँदा चिच्याउँदै उसले आफ्नो मुख छोप्यो ।

जादूगरले गीत गाउन बन्द गर्यो । उम्लिएको पानीमा यता–उता नाचिरहेको टाउको स्थिर भयो । केटाका आँखा महाराजाका सिँहासनतिर लागे र मुखमा पनि केही गम्भिरता देखियो । केही छिनपछि त्यो टाउको सुस्त–सुस्त नाच्न थाल्यो । डेक्चीका पानीमा कहिले डुबुल्कि मार्दै कहिले उत्रिँदै गर्न थाल्यो र त्यस टाउकोले पनि गीत गाउन थाल्यो , जुन गीत यस्तो थियो ।

चारैदिशा टाढा–टाढा फैलिएको राजाको राज
सबै देश जितिसके रहेनन् कोही शत्रु आज
चन्द्र नहोस् सूर्य नहोस् सबैको काज
तरवार चम्क्यो , अरु के के चम्क्यो
नहोस् तर नभुल्नु है मलाई
चारैतिर वैभवै वैभव तर छु दुःखी अभागी
खुशीका गीत गाउँ हजूर वैभवका गीत गाऊँ
चम्चमाउँदो नीलो प्रकाश अब पासमा आऊ

त्यो टाउको उम्लिँदा उम्लिँदै बीचैमा अडियो । फेरि उफ्रिउफ्री नाच्न थाल्यो । नाच्दानाच्दै त्यो टाउकोले चारैतिर हेर्यो र कटाक्ष गर्दै फेरि गाउन थाल्यो । गीत यस्तो थियो ।

अरे ! अरे ! प्रेमको लागि
ज्यान दिएँ , शिर दिएँ
आफ्नो खेलबाड गरेपनि दिइन दुःख कसैलाई
तिमीले त राजा लाखौंलाई बर्बाद पार्यौ नि !
दुनियाँलाई त विरानै पारी छाड्यौ नि !!

टाउको पानीमा फेरि डुब्यो । यसपटक बाहिर देखिएन । त्यसकारण उसले गाएका गीतका बोलहरु पनि बुझ्न सकिइरहेको थिएन । पानी पनि शान्त भएको थियो । अब डेक्चीमा केही पनि देख्न छाड्यो ।

“अरु अगाडि ?” राजाले उत्सुकतावश प्रश्न गरे । जादूगरले भन्यो “अत्रदाता ! कृपा निधान !! अभयदान पाउँछु भने विन्ति गरौं भन्दै महाराजाका सामु घुँडा टेक्दै जुम्लाहात जोड्दै भत्र थाल्यो “महाराजा ! कृपानिधान !! अब टाउकोलाई माथि बोलाउन सकिँदैन । डेक्चीका पिँधमा नै अब उसले चमत्कारी नाच देखाउनेछ । अब त्यो प्रस्तुत पनि हुँदैछ”

महाराजा पनि सिँहासनबाट उठेर डेक्चीका नजिकै आए । बलिरहेको आगोको कुनै पर्वाह नगरी त्यसभित्र हेर्न थाले ।

डेक्चीभित्रको पानी दर्पणजस्तै शान्त थियो । त्यसको पिँधमा केटाको टाउको शान्त र निर्विकार जस्तो देखिन्थ्यो । उसका आँखा महाराजाका आँखासँग जुध्नासाथ त्यो टाउकाको अनुहार खिसिक्क हाँसेजस्तो देखिन्थ्यो । महाराजालाई उसको अनुहार कहीँ न कहीँ देखेजस्तो लाग्यो । यो को हुन सक्छ भनेर उनले ठम्याउन खोजे । त्यत्तिक्कैमा त्यो कालो जादूगरले आफ्नो कम्मरबाट त्यो तरवार स्वाट्ट निकाल्यो । बिजुली चम्केजस्तो गरी त्यो तरवार महाराजाको गर्दनबाट पार भयो । उनको टाउको पनि टप्प गरेर त्यही डेक्चीमा खस्यो ।

जब कुनै शत्रुसँग चारआँखा भएर देखादेख हुन्छ र बीचमा त्यत्ति ठूलो अन्तर पनि हुँदैन त्यसलाई चित्र कुनै मुश्किल पर्दैन । राजाको टाउको डेक्चीको पानीमा खस्नासाथ मेइ च्यान छिको टाउको राजाको टाउको माथि चढ्यो र उसको कान टोकिदियो । त्यसभित्रका दुबै टाउकामा खूब ठूलो गुत्थ–गुत्था भयो । यो गुत्थ–गुत्था बीसौं पटक भयो होला । राजाका टाउकामा ५ वटा गम्भीर घाउ लागे भने म्येइ चेन छिका टाउकामा ७ वटा घाउ लागे । यसै क्रममा म्येइ चेन छिका टाउका खूब जोडले चिच्यायो ।

महारानीहरु , रखौटीहरु , दरवारियाहरु र बिदूषकहरु के भयो ? भनेर निकै भयभीत भए । सबैजना मूर्तिजस्तै स्तब्ध थिए । चारैतिर अँध्यारोजस्तो देखिन थाल्यो । डरले गर्दा सबै सभासद्हरु रोमाञ्चित भएका थिए । तर पनि सबैजना महाराजाबाट सिर्जना गरिने आतङ्कबाट मुक्ति पाइने भयो भनेर एक प्रकारको खुशीको अनुभव पनि गरिरहेका थिए । सबैका आँखा त्यही डेक्चीतिर लागेका थिए । अब के चमत्कार हुने हो भनेर त्यसको प्रतीक्षा गर्दै थिए ।

कालो जादूगरका मुखमा पनि विस्मयका भावहरु देखिन थाले । तर ऊ कत्ति पनि विचलित भएन । शान्त भावले सुकेको रुखका हाँगाजस्ता आफ्ना हातहरु माथि उठायो । उसको चमत्कारी तरवार हातमै थियो । डेक्ची भित्र यसो हेर्ने भनेर आफ्नो मुण्टो झुकायो । एकाएक डेक्चीभित्र झुकेको आफ्नो गर्दन माथिबाटै त्यो तरवार आरपार भयो र जादूगरको टाउको पनि छ्याप्प गरेर त्यसैभित्र खस्यो । अब डेकचीभित्रका तीनवटा टाउकामा घमासान टक्कर भयो । दुईवटा टाउका मिलेर राजाको टाउकोलाई बेस्सरी मर्मत गरे । राजाको टाउकोले ती दुईवटा टाउकासँग मुकविला गर्न सकेन आखिरमा थाकेर डेक्चीको एउटा कुनामा फ्याँकियो ।

कालो जादूगर र मेइ च्येन छिका टाउकाले पनि अब राजाको टाउको परास्त भयो भनेर त्यसमाथि प्रहार गर्न छाडिदिए । कहीँ राजाको टाउकोले धोका दिएर उनीहरुमाथि हमला गर्ने त होइन भनेर दुबै सतर्क थिए । जब ती दुबैलाई राजाको टाउकोले अब हामीलाई केही गर्न सक्दैन भत्रे भयो , तब मात्र उनीहरुलाई सन्तोष भयो । ती दुबै टाउकाहरुले आकाशतिर हेरेर डेक्चीका पीँधमा अचल भएका थिए ।

(चार)

डेक्ची मुनिको आगो निभिसकेकाले अब पानी उम्लिन पनि छाडेको थियो । पूरै दरवार डरले निस्तब्ध भएको थियो । सुस्त–सुस्त मानिसहरुको चेतना फर्किँदै थियो । कुनै एउटा मानिसले केही अस्पष्ट आवाज निकालेपछि सबैले एक दोस्रोलाई बोलाउन थाले । एउटा मानिस त्यहीँ सुनको डेक्चीतिर अगाडि बढ्यो । त्यसपछि सबै दरवारियाहरु त्यसका वरिपरि झुम्मिए । घेराभन्दा बाहिरकाहरुले खुट्टा र गर्दन उचाली उचाली हेर्ने प्रयास गरिरहेका थिए । आगोको राप अझै पनि उस्तै थियो तर डेक्चीको पानी दर्पणजस्तै स्थिर र शान्त थियो । पानीमाथि चिल्लो पदार्थको तह जमेको थियो । त्यसमा पनि मानिसका अनुहारहरु स्पष्ट देखिन्थे । महारानी , रखौटीहरु , मन्त्रीहरु , दरवारियाहरु , बिदूषक र बाउत्रेहरु सबैका अनुहारहरु डेक्चीका पानीमा सफासफी देखिइरहेका थिए । “ हाय !! राम !! राम !! महाराजाको टाउको अझै पनि पानीमा ! लौन लौ !! अब के गर्ने हो ” भन्दै महाराजाकी छैठौं रखौटी जोडसँग रुन थाली । महारानीदेखि लिएर विदूषक बाउत्रेहरु सबै किँकर्तब्य बिमूढ भइरहेका थिए । कसैलाई पनि अब के गर्ने भनेर सद्बुद्धि आएको थिएन । सबैभन्दा बूढो मन्त्री अगाडि सर्यो र डेक्चीलाई यसो छोयो । डेक्ची धेरै तातो भएको हुनाले उसका औंलाहरु डामिए र फू फू गर्दै पछाडि सर्यो । महारानी मन्त्रीगण र सबै दरवारियाहरु सभा भवनको ढोका बाहिर आएर परामर्श गर्न थाले । डेक्चीबाट राजाको टाउको कसरी बाहिर निकाल्ने ? पूरै तीन घडीसम्म उनीहरुका बीचमा परामर्श भएपछि अन्त्यमा निर्णय भयो —“ राजाका भान्छाकोठाबाट सनासो , चिम्टा , डाडू , पन्यु र चाल्नु आदि सामानहरु झिकाइयोस् र महाराजाका अङ्गरक्षकहरुले डेक्चीबाट मौसूफको टाउको बाहिर निकालून् ।” डाडु , चिम्टा , सनासो , चाल्नु , सुनको थाल र गम्छा आदि सबै सामानहरु तुरुन्तै झिकाइयो । राजाका अङ्गरक्षकहरुले पनि आफ्ना कपडाहरु यसो बाँधबुँध पारेर बाहुलाहरु माथि खिँचे । कसैले डाडु , कसैले सनासो , कसैले चिम्टा , कसैले चाल्नु , समातेर बडो आदरपूर्वक र सावधानीका साथ डेक्चीभित्रको राजाको टाउको खोज्न थाले । त्यसभित्र ती भाँडाहरुको खटरपटर आवाज पनि सुनिएको थियो । त्यसको पानी भुमरी मारेर घुमिरहेको थियो । लामो प्रयत्नपछि एउटा अङ्गरक्षकले बडो साबधानीपूर्वक सनासोले समातेर एउटा टाउको निकाल्यो । अब त्यो सेतो टाउकोको हड्डीको कङ्काल मात्र बाँकी थियो । त्यसबाट मोतीजस्ता जलविन्दूहरु तप्किरहेका थिए । विस्मय र चित्कारले सबैका मुखहरु खुले । त्यो खोपडीलाई बडो सम्मानपूर्वक सुनको थालीमा विराजमान गराइयो ।

“हाय राम ! हाय !” भन्दै महारानी , रखौटीहरु , मन्त्रीगण र दरवारियाहरु , कञ्चुकी र बिदूषकहरु र बाउत्रेहरु समेत कोकोहोलो मच्चाउँदै रुन थाले । केहीछिनपछि अङ्गरक्षकहरुले अर्को सेतो खप्पर पनि डेक्चीबाट बाहिर निकाले । त्यो पनि पहिलेको खोपडीजस्तै थियो । यो देखेपछि सबै रुन छोडे । सबै दरबारियाहरु र सभासद्हरु चूप लागे । अङ्गरक्षकहरुले बडो यत्नपूर्वक त्यसबाट अरु रौंहरु पनि निकाले । त्यसमा सेता रौंहरु पनि थिए । उनीहरुको शरीर पसिनै पसिनाले भिजेको थियो । फेरि एक्कैछिनपछि अर्को खप्पर पनि डेक्चीबाट बाहिर निकालियो । त्यो पनि उस्तै थियो । त्यसपछि केशपासलाई बाँध्ने तीनवटा पिनहरु अलग–अलग सुनका थालहरुमा राखियो । एउटा थालमा तीनवटै खप्परहरु , अर्कोमा रौंहरु , तेस्रो थालमा पिनहरु ।

“महाराजाको त एउटा मात्र टाउको थियो यी तीनवटा खप्परहरु कताबाट आए” भनेर नवौं रखौटीले आश्चर्य मान्दै सोधी ।

“सत्यवचन ! सत्यवचन !! ” भन्दै मन्त्रीहरुले एक अर्कालाई हेर्न थाले । एउटा बाउत्रेले आदरपूर्वक शिर निहुर्याएर भन्यो –“अत्रदाता !! छाला र मासु पानीमा गलित भएर नझरेको भए यो दासले महाराजको शिर कुन हो भनेर चित्रे कोशिश गरिरहेका थिए । तर ती तिनवटै खप्परहरु समान आकारका थिए र तिनीहरुमा कुनै प्रकारको भेद छुट्याउन गाह«ो थियो । सानो केटाको खप्पर पनि उस्तै थियो ।

महारानीले एउटा कुरा सम्झना गराइन् — “सानै उमेरमा महाराजा खेल्दै गर्दा उनका टाउकोमा चोट लागेको थियो । त्यही चोट लागेको टाउको महाराजाको हुनुपर्छ ।” एउटा बाउत्रेले चोट भएको खप्पर चिन्यो । सबै खुशी भए । अर्का बाउत्रेले अर्को खप्परमा त्यस्तै चोट भएको कुरा बतायो । ठीक त्यही ठाउँमा पनि उस्तै चिन्ह रहेछ । यसबाट पनि महाराजाको खप्पर छुट्याउन सकिएन ।

महाराजाकी तेस्रो रखौटीले एउटा कुरो बताई “उहाँको नाकको हाड अलि उठेको थियो ।” कञ्चुकीहरुले बडो सावधानीपूर्वक ३ वटै खप्परमा नाकहरुको नापो लिए । धेरै जाँचपडताल गर्दा पनि उस्ता–उस्तै देखिए । मन्त्रीहरुले कञ्चुकीहरुलाई भने –“हेर त ! महाराजाको टाउको पछडिको भाग अलि उठेको हुनुपर्छ ।”

कञ्चुकीहरुले भने – “हामीले महाराजाको पछाडिपट्टिको भाग त कहिल्यै पनि देखेनौं ।”

यसरी महाराजाको खप्पर कुन हो ? भनेर चित्रे सवालमा महारानी र रखौटीहरुमा ठूलो विवाद उत्पत्र भयो । कुनैले भन्थी महाराजाको टाउको समतल थियो भने कुनैले उठेको थियो । महाराजाको कपाल कोर्ने कञ्चुकीलाई सोधनी भयो तर उसले “मलाई केही सम्झना छैन । ” भनेर उम्कियो ।

साँझपख राजकुमार र मन्त्रीहरुका बीचमा वास्तविक रुपमा महाराजाको खप्पर कुन हो भत्रे बिषयमा निक्र्यौल गर्न बैठक बस्यो । जसरी दिनभरीको परामर्शबाट कुनै निष्कर्ष निस्कन पाएको थिएन , त्यस्तै गरी साँझपखको बैठकमा पनि कुनै निष्कर्षमा पुगन सकिएन । त्यही समस्या डेक्चीबाट निकालिएका रौंहरुमा पनि थियो । कुन रौंलाई महाराजाको रौं भत्रे कुनलाई जादूगर र अर्को केटाको रौं भत्रे । एउटा कुरा त निश्चित जस्तै थियो कि महाराजाका रौंहरु केही सेता पनि थिए तर काला रौंहरु मध्ये उनका रौंहरु कुन हो भनेर छुट्याउन पनि गाह«ो थियो । आधारातसम्म बिचार विमर्श हुँदा एउटा निर्णय भयो–“सेता रौंहरु जति सबै एकत्रित गर्ने किनभने ती रौंहरु महाराजाका मात्र हुन सक्छन् । ” तर नवौं रखौटीले बिरोध जनाई कि महाराजाका दाह«ीमा त “पहेँला रौंहरु पनि थिए , तिनीहरु एकत्र गर्ने कि नगर्ने ?” यस्तोमा कुनै एउटा निश्चित निर्णयमा पुग्नु ज्यादै कठिन भइरहेको थियो र रौंहरुका समबन्धमा पनि एउटा निश्चित निर्णयमा पुग्न सकिएन ।

रात बित्नै आँटेको थियो , राजसभा कुनैपनि निर्णयमा पुग्न सकिरहेको थिएन । कुखुराले बिहानको पहिलो डाँको छोड्यो । फेरि पनि कुनै निर्णय हुन सकेन । अन्त्यमा सबैजना एउटा सहमतिमा पुग्न सफल भए कि –“तीनवटै खप्पर र सबै रौंहरुलाई एउटै सुनको शवपेटिकामा राखेर महाराजाका शरीरका साथमा अन्तिम विसर्जन गर्ने । ”

त्यसको ७ दिनपछि महाराजाको शवयात्रा गर्ने निधो भयो त ती दिनहरुमा राजधानीमा ठूलो चहल–पहल भयो । राजधानी र देशका टाढा–टाढाबाट महाराजाको अन्तिम सँस्कारको शवयात्रामा सामेल हुन मानिसहरु आउन थाले । सातौंदिन बिहानैदेखि नर–नारीहरु राजमार्गको दुबैतर्फ जम्मा हुन गए । ठाउँ–ठाउँमा पूजाचौकीहरु कायम गरिएका थिए । त्यसमा राजालाई चढाउने सामग्रीहरु राखिएका थिए ।

त्यो भीडलाई नियन्त्रण गर्न सिपाहीहरु पनि खटिएका थिए । केही छिनपछि एउटा ठूलो जुलुस निस्कियो । मानिसहरुले झण्डा र झण्डीहरु , छुरी , कटारी , धनुर्वाण , भाला र तरवारहरु , बञ्चराहरु र बच्र्छाहरु साथमा लिएर जुलुशमा सामेल भएका थिए । जुलुशका पछाडिबाट ठूला–ठूला र टाढैबाट देखिने किसिमको पहेँलो चँदुवा टाँगिएको रथ जगमगाउँदै आइरहेको थियो । केही नजिक आएपछि रथका घोडाहरु देखिए । त्यसमाथि धेरै ठूलो सुनको शवपेटिका राखिएको थियो । त्यसमा महाराजाको खप्परका साथमा अरु दुईवटा खप्परहरु पनि थिए ।

राजमार्गको दुबैतर्फ उभिएको भीडले कम्मर झुकाएर महाराजालाई अन्तिम दण्डवत प्रणाम गरिरहेको थियो । ठाउँ–ठाउँमा राखिएका पूजा चौकीहरु राजाको शवयात्रामा चढाएका सामानहरुले भरी–भराउ थिए । राजभक्त मानिसहरु भने बडो खित्र थिए । उनीहरुले बिचार गर्दै थिए कि — “महाराजाका साथमा दुईवटा राजहन्ता प्रेतहरुले पनि राजालाई चढाएको पूजा र प्रसादको उपभोग गरिरहेका छन् । यसको कुनै उपाय पनि त छैन नि !” भन्दै यस्तै यस्ता चिन्ताले ग्रस्त भएर क्रोध र दुःखका आँसु पिइरहेका थिए ।
महाराजाको शवपेटिका भएको रथका पछाडि महारानीहरु , रखौटीहरुले अलाप–विलाप गर्दै भीडतर्फ हेरिरहेका थिए । त्यसपछि मन्त्रीगणहरुको रथ थियो । त्योभन्दा पछाडि क१चुकीहरु र बाउत्रेहरुको सवारी थियो । सबैका मुखमण्डल बिषादपूर्ण थियो तर भीडलाई त्यसप्रति कुनै चासो थिएन । महाराजाको शवयात्राको सवारी अगाडि बढ्दै गएपछि राजमार्गका दुबैतर्फको भीड एकाकार भएर ठूलो जुलुसको रुप धारण गरिरहेको थियो ।

समाप्त

यो कथा “चीनका पौराण्कि कथाहरु” लू श्यूनका कथाहरुको तेस्रो संकलन हो । चीनका आधुनिक साँस्कृतिक क्रान्तिका प्रधान सेनापति लू श्यून महान लेखक विचारक , क्रान्तिकारी सिद्धान्तका बाहक हुनुहुन्थ्यो । यो कथा संग्रहमा चीनका पौराणिक कथावस्तुमा आधारित आठवटा कथाहरु छन् । यी कथाहरु लेख्दा सन् १९२२ देखि १९३५ सम्म १३ वर्ष समयको अन्तराल रह्यो ।

आठवटै कथाहरु प्राचीन चीनका पौराणिक कथाहरु किम्बदन्तीहरुमा आधारित छन् । यी कथाहरु लेख्दा लू श्यूनले प्राचीन कथावस्तुहरुलाई आफ्नो भाव र परिवेशमा स्वतन्त्र किसिमले लेख्ने दृष्टिकोण राख्नुभएको छ । अर्थात चीनको समकालीन परिस्थितिलाई प्राचीन कथाहरुबाट व्यङ्ग्य गर्नुभएको छ । उदाहरणको रुपमा यो “ अनौठो तरवार” कथामा शोषित उत्पिडित जनताको अन्याय अत्याचारको प्रतिरोधको भावना व्यक्त भएको छ । यस कथा सङ्ग्रहमा भएका यी र यस्तै कथाहरुले चीनको राष्ट्रिय हित र रष्ट्रियताप्रति विश्वासघात गर्ने कोमिन्ताङ प्रतिक्रियावादी सरकार र त्यसबाट पालित पोषित विद्वानहरुप्रति कटु व्यङ्ग्य प्रहार गरिएको छ ।

यी कथाहरुमा लू श्यूनको जीवन्त र अदम्य क्रान्तिकारी भावना व्यक्त भएको छ । उहाँको स्वच्छन्दतावाद र क्रान्तिकारी यथार्थवादको संयोगले गर्दा यी पौराणिक कथाहरु अत्यन्त सुन्दर भएका छन् ।

लू श्यूनले आफ्नो जीवनकालमा युद्धको मोर्चाभन्दा बाहिर बसेर जनसेनाहरुले भन्दा अनेकौं यातना र सास्ती खपेर पनि साहित्यबाट बन्दूक बोक्ने जनसेनाभन्दा धेरै बढी योगदान गरेर चिनीयाँ क्रान्तिलाई सफल तुल्याएका थिए । यस कुराको झलक यो चीनका अत्यन्तै प्रसिद्धताको चुलीमा उभिएको “अनौठो तरवार”बाट पनि प्राप्त गर्न सकिन्छ ।

यस चिनीया पौराणिक कथा सङ्ग्रहका अनुवादक गोपीरमण उपाध्याय तथा प्रकाशक एशिया पब्लिकेशन बधाइका पात्र हुन् ।

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौ
bijusubedi@gmail.com

चिनीया पौराणिक कथा :–अनौठो तरवार
कथाकार :– लु श्यून
मूल लेखन अक्टूबर सन् १९२६
नेपाली भाषामा अनुवाद मे सन् १९९८
अनुवादक :–गोपीरमण उपाध्याय
प्रकाशक :– एशिया पब्लिकेशन , पुतलीसडक चोक , डिल्लीबजार काठमाण्डौंबाट संकलन बिजु सुवेदी “विजय”द्वारा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.