कथा : हराएकी चमेली

~पुष्पा केसी~Puspa KC

ऊ अजीवकी थिई । अर्को धरातलमा हुर्किएकी हो जस्तो लाग्ने ।

हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा । यो उसको हुलुया ।

सधैँ यस्तै देखेँ–उसलाई । फुटेका कुर्कुच्चा ढाक्न छोटो सुरुवाल तानेर लामो बनाउने प्रयासमा जुट्थी ।

औषत राम्री देखिने ऊ ३५ वर्षकी थिई । यही अनुमान छ मेरो ।

पाठक ! म गगन शर्मा । पेशाले लेखक । छतमा बसेर ब्रस गर्दैगर्दा देखेको उसलाई । अहिले नि उस्तै लाग्छे ऊ । कुर्सीमा बसेर घाम ताप्दै गरेकी देखिई ऊ–हिजोदेखि आजसम्म ।

उसको अन्य वितरण नि चाहियो हैन । मैले भन्नैपर्छ–यो सब । भनिनँ भने म दोषी ठहरिन्छु ।

ऊ मलाई मनपर्ने काम गर्छे । म फूल मन पराउँछु–उसको काम भनेकै फूल गोड्नु हो ।

उसको दैनिक रुटिन–घाम ताप्नु । फूल गोड्नु अनि गमलामा पानी हाल्नु । उसले गर्ने काम यत्ति हो । आफ्नो काममा अभ्यस्त थिई–ऊ । तर, यसै कामसँग घुलिरहेकी देखिन्थी र देखिन्छे ऐलेसम्म ।
फूलको चर्चा हुँदा उसको नाम पनि जोडिएरसँगै आउँछ–नाम ऐले भन्दिनँ ।

ऊ बस्ने घर त्यस्तै अनि ऊ फूलजस्तै लाग्छ–मलाई । घरजस्तै ऊ नि फूलले घेरिएको देख्दा बिछट्टै राम्रो लाग्छ ।

मैले भािहालेँ–उसलाई देख्ने मेरो पुरानो आदत हो । र त आज पनि हेर्छु । हिजोजस्तै लाग्छे । उही काम–उही हुलिया । उही सुगन्ध–उही मादकता ।

मेरो हेराई चाल पाइछ र त एउटा तिखो नजर अनि साविककै सोचमग्नता ।

हाम्रा आँखा परिचित छन्–हामी छैनौं । म चिन्दिनँ उसलाई । सायद् चिन्दिन ऊ पनि ।

बोलचाल ? अहँ ! पटक्कै भएको होइन । ऊ र मैले ठूलै युग बितियौं । हामी दुवै उस्तै ।

समय सधैँ एकैनास रहेन । प्रतिक्षाको घडी सकिएछ । ऊ मेरो डेराको आँगनमा देखा परी–नयाँ हुलियामा । म तिनछक परेँ ।

लत्रिएको दोपट्टालाई एक हातले बेरेकी ऊ बैशाखीमा छे ।

म झनै अचम्मिनछु । ऊ मेरो घरबेटीसँग मलाई नै खोज्दै छे । ऊ मेरो कोठामा आउने पक्का भएपछि मैले वेडमाथि सगरमाथाको चुच्चो बनेका कपडाहरुलाई अँगालो हालेर दराजमाभित्र कोचार्छु । क्यारमका गोटीझंै छरिएका किताबहरु ¥याकभित्र कोचार्छु । अझ पनि धेरै मिलाउनु छ । वेडमाथि असरल्ल सिरक मिलाउन बाँकी नै छ ।

ऊ ढोकामा देखा पर्छे । बोल्छे गगन जी, के मभित्र आउन सक्छु ? ऊ मेरो जवाफको प्रतिक्षा नगरी भित्र आउँछे र आफै कुर्सी तानेर बसी । अनि मेरो मुखमै नहेरी फत्फताउन थार्छे । ‘यो अम्बिकेश्वरी–गलत । मनकामना–गलत । पशुपति–गलत । सुपादेउराली नि गलत । अझै गलत त मेरो हात हेर्ने ज्योतिषहरु ।

फेरि बिस्तारै भन्न थाली शुन्यतामै जीवन बितिरहेको छ । एकदिन ऊ फेसबुकमा भेटियो । नजिक भयौं । बिहे गर्ने बाचा ग¥यो । म बिहे गर्दिनँ भनेर बसेको मान्छे, उसको बोली व्यवहारले लठ्ठ भएँ । मैले आफ्नो उमेर ३० वर्ष भयो भनेँ । उसले फरक पर्दैन भन्यो । सायद् कान्छो थियो की ? भेट म भन्यो । हुन्छ भनेँ ।

म सुन्दैछु–उसलाई । ऊ बोल्दैछे उही शैलीमा । ‘म निकै खुसी थिएँ । कुर्ता सुरुवात फालेर पाइन्ट टिशर्ट लगाएँ । सुनका टप फालेँ, इयर रिङ लगाएँ । ओठमा हल्का लिपिष्टिक । थोरै कपाल अगाडि ल्याएर निधारतिरै असरल्ल छोडेँ । पावरदार चस्माको ठाउँमा रातो÷खैरो चस्मा भयो । चप्पलको ठाउँ अग्लो हिलले लियो । ठसठस माटोको गन्ध आउने अठिला र फुटेका हातहरु तोरीको तेलले मिरेर मलायम बनाउने प्रयास गरँे । अब म अर्कै भैसकेकी थिएँ । भित्रभित्रै धेरै खुसी थिएँ । अनि थोरै लजाकी पनि ।’

म अचम्मिदै छु । ऊ किन खुल्दैछ मसँग ।

मेरो ध्यान केन्द्रीत गर्दै आफूलाई खोल्दैछे बिस्तारै–बिस्तारै । ‘जीवनकै सबैभन्दा प्यारो क्षण थियो त्यो । घरी मुस्काउँथेँ, घरी आफैसँग कुरा गर्थेँ । एक दिन त्यो ठाउँमा पुगँे म, जहाँ उसले भनेको थियो । त्यति लामो बाटो कसरी पार गरेँ थाहा पाइन । त्यहाँ पुगेपछि मेरो एउटै काम भयो, उसलाई कुर्नु । मनभरि ऊ कस्तो होला ? को होला ? के भन्ला ? मलाई कस्ती भन्ला ? भन्दै समय बितेको पत्तै पाइएन । १ घण्टा बितिसकेछ फेरि फोन गरेँ । उसले बाटोमा आउँदै गरेको जानकारी दियो । म असाध्यै खुसी थिएँ । घरी आफ्ना कपडा मिलाउँथेँ । घरी बाटोमा हिड्नेहरुलाई हेर्थेँ अनि लजाउँथेँ–आफैसँग । लाग्थ्यो बाटो हिड्नेहरु मलाई नै हेर्दैछन् । धेरै समय बित्यो । सूर्यले धर्ती छा्ड्ने सुरसार गर्न थाल्यो । चराहरु गुँड फर्किन थाले । तर, ऊ आएन । खुव बाटो हेरँे । साँझ हुँदासम्म उसलाई कुरिरहेँ । ऊ आउनेमा म बिश्वस्त थिएँ । आश लागिरहेको थियो । यसबीच धेरै पटक उसका नम्वरहरु डायल गरिरहेँ । तर, फोन सम्पर्क बाहिर थियो । अब कुर्नुको आवश्यकता भएन । धैर्यताले सीमा पार गरिसकेको थियो । जब मनमा अब ऊ आउँदैन भन्ने विचार मनमा आयो । एकाएक छटपटी भयो । आकाशतिर फर्केर बेस्सरी चिच्याएँ । आँखाबाट अबिरल आँशु झर्न थाल्यो । बाँच्नै मन लागेन । सास फेर्न नि गाह्रो भयो । जमिनमा हात बजारी–बजारी रुन थालेँ । मनमा एक्कासी कुविचार आयो । नजिकै एउटा ठूलो ढुङ्गा थियो । बल्ल–बल्ल उठाएँ र टाउकोमा हानेर मर्छु भन्ने सोचेँ । शरी थर्थराइरहेको थियो । हातहरु सन्तुलनमा थिएनन् । हातबाट ढुङ्गा चिप्लिएर खुट्टामाथि खस्यो । त्यसपछि होस भएन । एकैपटक हस्पिटलमा होस खुल्दा वरिपरी आफ्ना मान्छेहरु थिए । अनि सधैंका लागि बैशाखी नै मेरो जीवनको साथी भएको छ । यही हो गगन जी, मेरो कथा ।’

यति भनिसक्दा उसँग आँशुको भेल थियो । क्रन्दन थियो । पीडा छचल्किएर कोठा पुरै ढाक्दै थियो । उसँग सोध्ने धेरै कुरा थिए । धेरै भन्नुथियो उसलाई । तर, सकिनँ । उसले त्यो अवसर दिइन ।

लामो स्वास तानी र बैशाखीको भरमा उठ्दै गर्दा भनि,‘सर म चमेली । मिल्छ भने मेरो ब्यथा छापिदिनुहोला । कथा पढेपछि कतै ऊ फर्केर आउँछ कि ? एकचिम्टी आशा बाँकी छ ।’

मेरो जवाफ नपर्खिएर बाहिरिई ।

पाठक धेरै दिनदेखि खोज्दैछु–चमेलीसँगै उसको एकचिम्टी खुसी । धेरै भौतारिएँ–घोराही, लमही, तुलसीपुर अनि भालुवाङतर्फ । भेटेमा खबर पाउँ, चमेलीसँग धेरै बोल्नु छ । सुनाउनु छ मैले भोगेको लामो इतिहास । भविष्यको खुसीसँगै खोज्नुछ । जोड्नुछ उसको र मेरो सपनालाई ।

हुलिया बिर्सिनेका लागि जानकारी

नाम–चमेली ।
उचाई–५ फिट ।
वर्ण–गहुँगोरो । हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा ।
पत्राचारका लागि
गगन शर्मा, घोराही–११, दाङ ।

(स्रोत : Ganatantradaily)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.