कथा : फरक

~राजेश विद्रोही ~Rajesh Bidrohi

एउटाको नाम केशव ।

हो केशव नै हो उसको नाम । नाममा कुनै विशेषता छैन । आम नेपालीको नामभन्दा भिन्न छैन उसको नाम । नाममा कुनै भिन्नता नभए पनि आम नेपालीभन्दा ऊ ज्यादै फरक छ । फरक उसमा भएको विशेष प्रकारको कलाले नै उसलाई आम नेपालीभन्दा फरक बनाएको हो । तपाईंको मनमा फेरि अर्को जिज्ञासा जाग्ला कस्तो कला छ केशवसँग ?

-जीवन बाँचने कला ।

हो जीवन बाँच्ने कला । यही त हो सबैभन्दा ठूलो कला । बिहान ओछ्यानबाट निस्किएपछि सुरु हुने उसको कला राति नसुतेसम्म प्रयोग भइरहन्छ । उसले के जानेको छैन पैसा कसरी कमाउनुपर्छ कसलाई ढाँट्दा पैसा आउँछ कसलाई झुक्याउनुपर्छ कसलाई फकाउनुपर्छ कसलाई हप्काउनुपर्छ सबै थाहा छ उसलाई । यतिले पनि भएन भने शहरका नामुद गुण्डाहरुलाई उसले राम्ररी चिनेको छ । र उनीहरुबाट कसरी काम लिनुपर्छ भन्ने पनि उसले कतैबाट सिकिरहनु पर्दैन । यही त उसको कला हो ।

थुपै्र कारोबार छन् उसका । कसैले आपुनो जग्गा बेच्नु पर्यो भने उसैलाई खोज्छ । कसैले जग्गा किन्नु पर्यो भने पनि उसैलाई खोज्छ । दुवैको काम मिलाइदिन ऊ माहिर छ । त्यसैले त उसको खोजी हुन्छ । तर त्यति गरिदिएवापत् प्राप्त हुने चोखो पारिश्रमिक लिन ऊ कहिल्यै बिसर्िदैन । कसैको नयाँ घर बनाउनु पर्यो भने पनि ठेकेदार ऊ नै हो । यतिमात्र कहाँ हो र सरकारी जग्गा व्यक्तिको नाममा पास गर्नु पर्यो भने वा जग्गाधनीले थाहै नपाई उसको जग्गा अर्कैको नाममा पास गर्नु पर्यो भने पनि केशव भएपछि पुग्छ । उसले यस्ता काम धेरै गरिसक्यो । कहाँ छैन उसको पहुँच व्यापारदेखि िसंहदरबारसम्म । जस्तोसुकै मुद्दाको फैसला पनि आश्चर्यजनकरुपमा आपुनो पक्षमा पल्टाउनसक्नु उसको अर्को विशेषता हो । यीसबै कामका लागि अँध्यारो कोठामा कस्तो खेल खेल्नुपर्छ भन्ने कुराको लामो अनुभव छ ऊसँग ।

नगरपालिकाको योजना बनाउनेदेखि मन्त्रिपरिषद्को तालिका बनाउनेसम्म उसको सहभागिता रहन्छ । वास्तविकता के हो कसैलाई थाहा छैन । तर ऊ यसै भन्छ । यसै भनेको भरमा उसले धेरै काम सजिलै मिलाउँछ । हुन त एक/दुईजना ठूलै नेतासँग पनि उसको राम्रै हिमचिम नभएको होइन । यो कुरा त सारा समाजलाई थाहा छ । त्यसैले पनि उसका धेरै कुरामा सही जनाउन करै लाग्छ । पार्टीमा पनि उसको राम्रै स्थान छ । उसको एक निर्देशनमा पार्टीले जुलुस नै निकाल्छ । उसले एकपटक फोन गरेपछि पार्टीको अध्यक्षसम्म थर्किन्छ । यसो हुनुमा पनि उसको आपुनै क्षमताले काम गरेको छ । चुनाव आएपछि उसको सकि्रयतामा विशेष बढोत्तरी हुन्छ । कुन समुदायको भोट कसरी तान्ने कुन समुदायलाई के प्रलोभन देखाउने वा कुन गाउँमा पैसाको बिटा पुर्याउनुपर्ने हो आफ्नो विषयमा उसलाई कसैले केही सिकाइरहनु पर्दैन । उसलाई सबै चुनावी हत्कण्डा र प्रोपोगाण्डा राम्ररी थाहा छ । उसले चुनाव जिताउने वा हराउने ठेक्कै लिन्छ । ठेक्का लिएपछि बुथ नै कब्जा गरेर भएपनि चुनाव चाहिँ नजिताई छोड्दैन किनभने ऊसँग संसदीय व्यवस्थाको राम्रो अनुभव छ । पार्टी अध्यक्षलाई पनि त उसैले जिताएको हो । त्यसैले त उसको एक इशारा पाएपछि पार्टी जे गर्न पनि तयार हुन्छ । पार्टीलाई चाहिएको बेला चन्दा संकलन गर्न ऊ नै नभई हुँदैन । ऊ भएपछि सबै ढुक्क हुन्छन् । त्यसैले त पार्टीमा पनि उसको स्थान विशेष छ । कसैलाई कुनै प्रलोभन दिएर अल्झाउनु पर्यो वा कसैलाई झूटो मुद्दामा बल्झाउनु पर्यो भने केशव नै चाहिन्छ । कसैलाई जागिर मिलाइदिन वा कसैलाई बढुवा गराइदिन क-कसलाई के-के दिनुपर्छ भन्ने कुराको पूर्ण ज्ञान छ उसलाई। ऊ नाम चलेको व्यापारी पनि हो ।

व्यापारका सबै तरिका थाहा छ उसलाई ।व्यापारमा पनि उसको साजाल ठूलो छ । कुनै अत्यावश्यक वस्तुको मूल्यमा वृद्धि हुने सङ्केत पाएपछि उसले बजारलाई नै शून्य बनाइदिन्छ । उसले
बजारको कुनै पनि ठाउँमा त्यो वस्तु रहन दिँदैन । सबै खरिद गरेर आफ्नै गोदाममा थुपार्छ र कृत्रिम अभाव सिर्जना गर्छ । त्यसपछि त मूल्य उसको नियन्त्रणमा हुन्छ । बजारमा कतै नपाइएपछि उसले भनेको मूल्य तिरेर सामान किन्न उपभोक्ताहरु बाध्य हुन्छन् । कृत्रिम अभाव सिर्जना गर्नु उसको देब्रे हातको काम हो । जुनसुकै बेला जुनसुकै वस्तुको कृत्रिम अभाव सिर्जना गर्न पनि ऊ हिच्किचाउँदैन । उसलाई त पैसा कमाउन पाए पुग्यो । उसलाई आर्थिक उदारीकरणका विशेषताबारे राम्रै थाहा छ ।
निष्कर्ष पैसा कमाउने कलामा केशव निपुण छ त्यसैले उसलाई पैसाको अभाव छैन । शहरमा सबैभन्दा ठूलो घर उसैको छ । घर भन्नुभन्दा पनि महल भनौं त्यसलाई । महल नै त हो । सम्पूर्ण भौतिक सुविधाले सम्पन्न छ त्यो महल । नोकर-चाकरहरु प्रशस्त छन् निजी गाडीहरु छन् अनि………॥ हो केशवसँग के छैन पैसाबाट प्राप्तहुने जुनसुकै वस्तु पनि ऊ प्राप्त गर्न सक्छ त्यसैले ऊ सम्पन्न छ ।

परिणाम शहरका मानिसहरु उसलाई फटाहा र बेइमानको रुपमा चिन्छन् । पैसाको लागि जे गर्न पनि पछि नपर्ने उसको बानीलाई कसैले राम्रो मान्दैन । ‘सबै थोक पैसा नै त होइन नि । पैसाबाहेक अरु केही नदेख्ने यस्तो पनि मान्छे हुन्छ !’ यस्तै प्रतिकि्रया व्यक्त गर्छन् मानिसहरु । उसको नामका अगाडि स्वार्थी द्रव्यपिशाच र अमानवीयजस्ता विशेषणहरु नजोडी कुरा गर्ने मान्छे पाउन गाह्रो छ । उसलाई राम्रो भन्ने र राम्रो ठान्ने मानिस छँदै छैन भन्दा पनि कुनै अनर्थ हुँदैन ।

अर्कोको नाम गोपाल ।

उसको नाममा पनि छुट्टै कुनै विशेषता छैन । आम नेपालीको नामसँग ठ्याक्कै मिल्छ । हुन पनि नाममा के नै हुन्छ र नाम त जसले जे राख्दा पनि हुन्छ । मुख्य कुरा त जीवनशैली हो बाँच्ने तरिका । र यसको निर्धारण जीवन र जगत्प्रतिको उसको दृष्टिकोणले गर्छ । संसारलाई हेर्ने र बुभुने ढङ्गमा नै मान्छेकोजीवनशैली कस्तो हुन्छ भन्ने कुरा निर्भर हुन्छ । छोडौं यी सब कुरा ।अँ त हामी गोपालकॊ बारेमा कुरा गर्दैथियौं । विद्यालयमा पढ्दादेखि नैसाहित्यमा उसको रुचि बढ्न थाल्यो । सबैभन्दा पहिले त उसले कविता नै लेखेको हो । तर अहिले उसको सिर्जनाको फाँट अत्यन्तै विस्तारित भइसकेको छ । अर्थात् कविता लेखनबाट प्रारम्भ भएको उसको सिर्जनायात्रा गीत गजल हुँदै अहिले क्रमशः कथा नाटक र उपन्याससम्म पुगेको छ ।ऊ दिनरात साहित्यकै बारेमा सोंच्छ । सिर्जनाका विविध विधाका बारेमा आइरहेका नवीन धारणाहरुका सम्बन्धमा ऊ चिन्तन गर्छ । नवीन वाद र दृष्टिकोणहरुका सम्बन्धमा घोत्लिन्छ । आम मान्छेका पीडाहरुले उसलाई घोंच्छ । आम मानवीय अभाव र गरिबीले उसको संवेदनालाई हल्लाउँछ । समाजमा व्याप्त अव्यवस्था र असंगत परम्पराहरुले उसको चेतनामा आक्रमण गर्छ । त्यसैले त ऊ जहिले पनि समाजका विसंगत पाटाहरुलाई भत्काउन चाहन्छ ।

ऊ जे गर्छ साहित्यमै गर्छ । जे भन्छ साहित्यमै भन्छ । जे सोंच्छ साहित्यमै सोंच्छ । ऊ साहित्यमै प्रयोग गर्छ । नयाँ-नयाँ प्रयोगहरु गरेर साहित्यलाई रोचक र कलात्मक बनाउन ऊ जहिले पनि चिन्तनशील हुन्छ । ऊ भन्छ ‘साहित्य पनि विज्ञान हो । विज्ञानमा जस्तै साहित्यमा पनि आविष्कारहरु भइरहन्छन् ।’ ऊ समाजमा परिवर्तन चाहन्छ । समाजमा व्याप्त विविध असमानताहरु समाप्त होस् भन्ने उसको हार्दिक चाहना हो । आफ्ना यिनै चाहनाहरुलाई अभिव्यक्त गर्न ऊ साहित्यका विविध विधाहरुको सहयोग लिन्छ । ऊ नपुगेको कुनै पनि साहित्यक कार्यक्रम शहरमा हुँदैन । उसलाई हरेक साहित्यक कार्यक्रममा भेट्न सकिन्छ । एकै दिन धेरैवटा साहित्यक कार्यक्रम भए भने चाहिँ कार्यक्रम छनौट गर्न ऊ बाध्य हुन्छ । साहित्यबाहेक अरु केही जान्दैन ऊ । ऊ व्यापार गर्न जान्दैन कसैलाई ढाँट्न जान्दैन र कसैलाई छल्न जान्दैन । उसलाई पैसा कमाउने कुनै तरिका आउँदैन ।

ऊ आपुनो सोझो काम गर्छ । त्यसबाट जति आउँछ त्यसैमा चित्त बुझाउँछ । ऊ भन्छ ‘बाँच्न पुगे त भइगयो नि धेरै पैसा किन चाहियो र ’ निष्कर्ष ऊसँग पैसा कमाउने कला छैन त्यसैले ऊसँग कहिल्यै पनि प्रशस्त पैसा हुँदैन। जहिले पनि अभाव नै हुन्छ । उसको घरमा कहिले चामल सिद्धिएको हुन्छ कहिले तरकारी त कहिले नुन । कुनै चीजको पनि अभाव नभएको दिन त हुँदै हुँदैन । कहिले छोरा कापीका लागि कराउँछ ‘स्कूल फी’ का लागि छोरी रुन्छे । कहिले उसको आपुनै कलममा मसी सकिएको हुन्छ भने कहिले कापी । प्रतिभा फुरेर लेख्न बसेको बेला यस्तो भइदियो भने त अर्थात् मसी र कापी सएिको अवस्था भइदियो भने ऊ भयानक पीडाको अनुभव गर्छ । धेरैपटक उसले यस्तो अवस्थाको सामना गरिसकेको छ ।

परिणाम
श्रीमति जहिले पनि कचकच गरिरहेकी हुन्छे । श्रीमान्ले पैसँ कमाउन नसकेकोमा उसको सबैभन्दा ठूलो गुनासो हुन्छ ‘पैसाविना त केही पनि हुँदैन भने पैसा नआउने काम गरेर के गर्ने ’पैसा कमाउने काम नजानेकोमा गोपाललाई साथीभाइ र आफन्तहरुले पनि ‘लाटा’ भनेर गाली गर्छन् । साथीभाइ भन्ने गर्छन् ‘अहिलेको जमानामा पनि इमान्दार भएर बाँच्न सकिन्छ तँ त साह्रै मूर्ख छस् ।’ हो इमान्दार भएकोमा वा ढाँट्ने छल्ने र झुक्याउने कला नजानेकोमा ऊ सबैबाट तिरष्कृत छ । उसको नामको अगाडि मूर्ख लाटा र पाखेजस्ता विशेषणहरु नजोडी कुरा गर्ने मान्छे पाउन गाह्रो छ ।

तुलना
केशव बेइमान स्वार्थी र द्रव्यपिशाच छ । त्यसैले उसलाई प्रशंसा गर्ने र राम्रो भन्ने मान्छे कमै छन् । जो छन् ती स्वयं केशवका हनुमान हुन् ।बाँकी कसैले पनि उसलाई राम्रो मान्दैन । गोपाल इमान्दार स्वाभिमानी र संवेदनशील छ । त्यसैले मान्छेहरु उसलाई अव्यावहारिक मूर्ख र हुतिहारा भन्छन् । उसलाई राम्रो मान्ने मान्छेहरु कमै छन् । जो छन् ती स्वयं त्यसै बाटोमा लागेका छन् । बाँकी कसैले पनि उसलाई राम्रँे मान्दैन ।

त्यसो भए दुवैमा के फरक छ त?
केशवले बेइमानी गर्दा पनि प्रशंसा पाउन सकेको छैन । इमान्दार हुँदा पनि गोपालले स्याबासी र प्रँेत्साहन पाउन सकेको छैन । त्यसो भए दुवैमा कुनै फरक छैन त फरक छ । एउटा महत्वपूर्ण फरक के हो भने केशवलाई उसकै अगाडि कसैले पनि बेइमान र स्वार्थी भन्न सत्तैन । तर गोपाललाई उसकै अगाडि लाटा मूर्ख र अव्यावहारिक भनेर मान्छेहरु ठाउँ-कुठाउँ बेला कुबेला खिल्ली उडाउन चुत्तैनन् ।

(स्रोत : Samakalinsahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.