~आनन्द राई~
कालधन दौड्दै आएर खौलीमाथिको ढुङ्गामा बस्यो । एकक्षण के गरांै कसो गरौंको अलमलमा परेपछि एउटा ढुङ्गा टिपेर डिलमाथिको हात्तिबारतिर हान्यो । छेवैको अङ्गेरीको पोथ्राबाट एउटा चरा भुर्र उडेर गयो ।
“थुक्क किरिया, त्यही र छ नि ” ऊ फत्फतायो र कट्टुको पछिल्लो गोजीबाट एउटा पिन निकाल्यो । त्यो पिन उसले स्कूलमा खेल्दा भेट्टाएको थियो । हातमा पिन खेलाउंदा खेलाउंदै उसले मनकुमार सरलाई सम्झ्यो । कालधनको भित्रै देखि नै घृणा र क्षोभ उर्लेर आयो ।
उसले छेवैको हात्तिबारको मोटो पात तान्यो र त्यसलाई मनकुमार सरको अनुहारझैं ठानेर पिनले घोच्न थाल्यो, “उही दुःखिया ज्वाई कालधन….।” स्कूलको घटना सम्झदै बडो सीप लगाएर अर्को हरफ पनि घोच्दै लेख्यो, “त्यस किरियाले यो दशैं मनाउन नपाई जाओस् ।” यति सकेर होसियारीपूर्वक अर्को पात तान्यो र त्यसको टुप्पाको मोटो काँडाले लेखेको पातमा घोपेर अड्कायो ।
यतिकैमा पर घरमा आमा गन्गनाएको तिखो आवाज आयो , “थुक्क, एई मसिनी राँडी ? घरमा बसेपछि घरिघरि गोठतिर पनि आँखा फुटाउनु पर्दैन ? बाछा फुकेर दूध सकेछ । थुक्क “
पाँच कक्षामा पढ्दै गरेको कालधनको फुपाजु काम गर्न पंजाव गएको थियो । त्यहाँबाट उसले पठाएको पत्र दशैंताका आइपुगेको थियो । पढी सकेर नरबहादुरले सिकुवाको खोपीमा घुसारेको ज्वाँईको पत्र एकदिन चकचके कालधनले त्यही भेटेर पढेको थियो । पत्रको पुच्छारमा लेखिएको,”उही दुःखिया ज्वाँई बखतमान….”भन्ने वाक्य उसलाई औधी मन परेको हुनाले गृहकार्यको कापीमा बखतमानको ठाउँमा कालधन राखेर अरु शब्द जस्ताको तस्तै नक्कल गरेको थियो । दशैंको विदा हुने दिनमा कालधनको कापी हेरेर मनकुमार सर पहिले त आफै हाँसे अनि ‘‘कालधन तैंले त हद गर्न थालिस्रु भन्दै जुल्फी समातेर धेरै बेरसम्म ढाड सेकाए । स्कूलभरिकै नामुद चकचके कालधनले गोदाई खानुको कारण कक्षामा सबैले चाल पाइहाले ।
सर निस्केर हिंडेपछि सबैले “उही ज्वाईुं” भन्दै जिस्काउन थाले । त्यसदिन कालधन लाज, अपमान र क्रोधले पाकेर घर फर्केको थियो । उसलाई आफैसंग पनि लाज र पछुतो मिश्रित रिस उठेको थियो ।
अहिले ऊ त्यही घटनालाई सम्झेर मनकुमार सरको मृत्युको कामना गर्दै हात्तिबारको पात छेड्दै थियो ।
अष्टमीको दिन नरबहादुर र सरीमायाको जोईपोइ बिहानको भात टिपिखाएर ठूलो घरतिर लागेका थिए । ठूली छोरी केशमती सन्चो नभएर हिजैदेखि ओछ्यान परेकी थिई । सानो छोरो र कान्छीले पनि ठूल्दीदीलाई नै सघाउँदै थिए । माहिली, मसिनी र साँहिली जैसरी घर रुरु्न बसेका थिए । मकै पिंधेर केलाउनु, घर लिपपोत गर्नु, टीकाको दिनसम्मलाई पुग्ने घाँस काट्नु, गाईगोरु र सुँगुर पाठालाई चारो दिनु, बढार कुडार गर्नु र भर्खर निस्केका चल्लालाई स्याल र चीलबाट बचाउनु घर रुरु्नेहरुको काम थियो ।
जेठोछोरा कालधन पनि सुरुमा त आमाबाउसँगै ठूलो घरतिर जाने जिद्दी गर्दै थियो, तर, पछि फर्किएर बसेको थियो । । मकै पिधिँसकेपछि जैसरी घाँस काट्न हिंडी । सिकुवा कुनाको जाँत्तो छेउमै बसेर मसिनी चामल केलाउँदै थिई । घर फर्कदा बाट्बाटै काट्दै ल्याएको वनमारा थुपार्न गोठभित्र पसेपछि आमाचाहिँ कराुकी थिइन् ।
मसिनीलाई कालधनले उठाइदिएको रिस अघिदेखि मरेकै थिएन, त्यसमाथि आमा आएर कराउन थालिन् । दिन बित्न लागिसकेको थियो । मसिनी धारा जान पनि भ्याएकी थिइन । त्यसमा पनि गाली त उसैले खानु थियो । दिदी भनाउँदीचाहिँ उठेर यसो निस्केकी थिई, अहिलेसम्म चालचुल छैन ।
“यो घरमा काम र बचनचाहिँ मलाई मात्रै ?” ऊ च्याठ्ठिई । रुमलाई मात्र देखेकि छ्यौं हैन तिमीले ? कसैलाई मरिमरि कसैलाई परिपरि ? लागी रुछ मलाई मात्रै, लु त ।रु हातको नारु्लो फ्यात्त भुइँमा फालेर हुप्प फुलेर बसी । कालधनेसँग उठेको रिस फेरि जागेर आयो ।
कालधन ऊभन्दा १३ महिनाले भाई भएपनि ज्यान चाहिँ मसिनीको भन्दा खाइलाग्दो थियो । पुलपुलिएर खप्नु खानु थिएन । पोहोर साल त्यो बेस्सरी विरामी पर्दा नरबहादुर र सरीमायाले त माया नै मारिसकेका थिए । त्यहीदेखि त्यो छाडा भएको हो भन्ने मसिनीको ठहर थियो ।
कालधन अहिले खोल्छी धाराको बाटोतिर खेलिरहेको कुरा मसिनीलाई थाहा थियो । आमाचाहिँ गन्गन् गर्दै गोठमा वनमारा छर्दै थिइन् । कान्छी र भाइकान्छा घरभित्र निदाइरहेका थिए । ठूलीभन्दा पनि अगाडि निस्केकी साँहिली बहिनी पनि पिरु्तिरै दौडेकी होली । पिरु सम्झदा मसिनीको मन फेरि एकपटक कटक्क भएर आयो । कालधनेलाई अघि घर रुरु्दै गर एकैछिनमा आउँछु भनेर फकाएकी थिई । तर, कालधन आपूm पनि नजाने दिदीलाई पनि जान नदिन अडिग रह्यो । मसिनीलाई दिक्क लागेर आयो ।
कालधन आपूm पिरु जान नमान्नुको कारण थियो । अघि बाआमा हिड्नेबित्तिकै ऊ घरमाथिको पिरुडाँडा पुगेको थियो । त्यहाँ उसले स्कूलका साथीहरुलाई भेटेको मात्रै के थियो त्यसमध्येकी सुनिता दाहालले, “उहि ज्वाइँ कालधने….” भनेर जिस्काइहाली । कालधनले रिसले आँखै देखेन । बटारिएर भनिहाल्यो,”के ज्वाइँ भन्छेस् ? बरु पोइ भन्न सुसुलखुट्टि ” त्यति भन्नेबित्तिकै उसले सुुनिताका दिदीहरुलाई देखेर पिरु नखेली नै ओरालो पैं्रया ठोकेको थियो ।
पिरुडाँडामा मान्छेहरु मच्चिएको सुन्दा मसिनीको मन भुतुक्क हुन्थ्यो ।
आजित भएपछि,” ऐ टुमौटे, मर्न नसकेको असत्ती आपूm पनि मर्दैन, अर्कालाई पनि जान दिंदैन” भन्दै भाइलाई छोपेर गाकी थिई । तर, उसैलाई अररो हुनेगरी मुड्क्याएर कालधन खोल्छातिर कुदेको थियो ।
एकछिनपछि मसिनी सिकुवामा बसीबसी कराई,”ओई कालधने ? ऐ कालधने ?”
“के ?” बाटैबाट जवाफ आयो ।
“त्यहाँ के गरेर मरी रैुछस् ? याँ मर् मर् ।”
“देख्दिनस् यहाँ म तेरो मुखाँ हग्दैछु ।”
“थुइक्क असत्ति” आजित भएर मसिनी रुन थाली । अघि मुड्की परेको ढाडमा फेरि दुख्न थालेजस्तो भयो । रिसले मुर्मुरिदै अगाडि नारु्लातिर हेरी । मसिनीलाई अर्को विरक्तिले छोयो ।
“यो दशैंको दिन सबैको घरमा मासु र धानको भात पाकी रुछ । याँ चै ….।” मसिनी जुरुक्क उठी । भएभरको मल्खु, चामल, सरौलो, च्याँख्ला र पिठोलाई बिट खुस्केको डालोमा एकै ठाउँ ओइराई र त्यसमाथि नारु्लोको झटारो हानी । अनि खुट्टा बजार्दै भित्र पस्न लागेकी थिई ढोकामा टाउको ठोकिएर हुरुक्क भई । दुखाई र रिसको अधिकताले थर्र काँम्दै बसेर घँुक्क घँुक्क रोई । त्यसपछि माटाको घैटो छिपेर धारातिर हिडी ।
तगारो काट्नेबित्तिकै उसले हात्तिबारको पातलाई त्यसैको काँडाले घोच्दै आफैं बढ्बडाउँदै गरेको कालधनेलाई देखी । मसिनीले सुनौलो अवसर हात पारेकी थिई । चाल मारेर एकाग्रचित्त कालधनको ढाडमा गजबले मुड्की बजारी । कालधन तर्सेर बुर्लक्क उफ्रदा कोदोबारीमा खस्यो । र, दुवै हात घुमाएर दुखेको ठाउँमा पुरुयायो अनि जानेजति गाली र श्राप दिन थाल्यो । मसिनी पूmल थुँगा जस्तै हल्का भएर धारातिर भागी । डाँडामा पुगेको घाम छेकिएकाले खोल्छी धारामा अँध्यारो हुन लागिसकेको थियो ।
मसिनीले गाग्री पखालीवरी धारामा थापी । कालधने आउँदैछ कि भनेर डिलमाथि उक्लेर बाटोतिर हेरी । ऊ अमलाको रुखमा चढेर बाटो ढुकिरहेको थियो । मसिनीको मन हल्का भइसकेको थियो । अब ऊ अरु झगडा चाहन्नथी । झगडै गर्दा पनि कालधनले नै भकुथ्र्यो ।
यत्तिकैमा केशमती र जैसरी पनि धाराकै बाटो झर्दै गरेको देखियो । ‘फर्के छन् राँडीहरुग् ढुक्क हुँदै मसिनीले सोची । उनीहरु आइपुगेपछि धाराबाट गाग्रो तानी । जैसरीले घाँस छाँदिएको डोको बोकेकी थिई ।
“ऐ, तिमेरु काँ मरेका थियौ, हँ ? बा अघि नै आइसकेका छन् । आज भने खाने भयौ” मसिनीले तर्साउन खोजी ।
“नकरा, ल हिँड् । रात परिसक्यो । म सारु बूढा कहाँ फुकी माग्न गा’की थिएँ । यो चाहिँ पिरुमा थिई । चामल केलाई सकिस् ?” अघि सरेर आफै गागं्रो बोक्दै केशमतीले भनी । “तिमेरुचाहिँ दिनभरि पिरु खेल्ने, मचाहिँ घरमा बसेर कुटुन् पिटुन् गर्नुपर्ने ? लागी रैुछ पुच्छर ।” मसिनीले मुख विगारी । विवाद गर्दै तीन दिदीबहिनी लस्करै घरतिर लागे ।
उनीहरुलाई देखेपछि कालधन रुखबाट उफ्री झरेर बीच बाटोमा मोर्चा कस्यो । मसिनी छेउमा आउने बित्तिकै मुड्की उचालेर कुल्र्यो-“आज तँ मेरो यही हातबाट मर्छेस् । तँ घैमले बूढाकी स्वास्नीलाई आज नमारी छोड्दिन ।”
“थुईया असत्ति तेरो मुखाँ कीरा नपरे त म मरी जाउँ” मसिनी गाग्रो बोकेकी दिदीको पछाडि लुक्न खोजी । “ए भाइ त्यसो नभनन । मेरो भाइ त कस्तो ज्ञानी पो छ त । आजबाट त दशैं लाग्यो । घर गएर मासुभात खानुपर्छ । भाइलाई म धेरै दिन्छु ….। ऐ मसिनी, मलाई छोड् ।” केशमतीले झगडा रोकी ।
नरबहादुर र सरीमायाका ठूली छोरी केशमती उनीहरुको दाहिने हात नै थिई । आपूmमुनीको भाइबहिनी सबैलाई उसले आफ्नै ढाडमा हुर्काएकी थिई । आपूmले स्कूल देख्न पाइन, तर भाइबहिनीलाई धेरै पढाउने उसको मन थियो । खल्यारु र बल्यारु गर्दै उनीहरु घर पुगे ।
नरबहादुर पनि थाकेर आइसकेको थियो । ठूलो घरमा चामल निफनी सक्दावर्दा धौलेहरुले सुँगुर काट्न थालेछन् । ढिकुटीमा पस्ने मान्छे कोही भएन । सरीमाया आफै पस्न नहुने हुनाले ‘आकक भोली लैजाउँलाु भनेर त्यसै फर्केकी थिई ।
अस्ति असारदेखि नै गैह्रीको डिहीमा छोडिएको हलो र दाँते त्यही थियो । उता मासु लिन अमले टोल पुग्नुपर्ने थियो । त्यसैले ठूलाघरे सुविदारको ग्वालीमा कमेरो छ्याप्नु बाँकी मेलो सकेर नरबहादुर चाहिँ गैह्री खेत हुँदै दिन गइसकेको बेला अमले पुगेको थियो । हलो र दाँते काँइला खत्रीलाई जिम्मा दिई राखेर लाखमान बूढाकोबाट तीन बिसौली राँगाको मासु बोकेर नरबहादुर साँझमा घर आइपुगेको थियो ।
उसले काँइला खत्रीसँग असारमा गोरु पनि पाटे बाँधेको थियो ।
त्यति नै बेला धौले कान्छो एउटा पोको बोकेर आइपुग्यो । धौले ठूलोघरमा ठेकिएर बसेको थियो । नरबहादुर पनि त्यही काम गथ्र्यो, तर उसलाई त्यतिले नपुग्ने हुनाले अरुको पनि अधिया गथ्र्यो । सुवेदार्नी र सरीमायाको माइती एकै ठाउँ हो(दिरु्लावेसी । नरेले मरिहत्ते हालेपछि सरीमायाका बाउआमाले नरेको नाउँमा सुवेदार्नीलाई नै जिम्मा दिएका थिए सरीमाया । त्यसैले सुवेदार्नीले सरीमायालाई विशेष विचार पनि पुरुयाउँथिन ।
धौले सुर्ती सल्काएर हिडेपछि सरीमायाले पोका फुकाई । पोकामा एक धार्नी मासु, पाँच माना जति अट्टे चामल र दशैंको भाग कर्जीमर्जी थियो । नरबहादुरका आठै जना भेला भइसकेका थिए । बूढा मासु काटकुट गर्ने तान्सुरमा लाग्यो । बूढीले पकाउन ठीक पारेको मकैको चामल डालोमा नै खन्याई र अट्टेको पोका खोली । जैसरीले चुल्हामा दाउरा थपेर धन्दा गर्न थाली । मसिनीदेखि उँधोकाहरु मासु पोली खान हतारिन थाले ।
“सबै पकाउनु ?” सरीमायाले बूढातिर हेरी ।
“आकक, त्यति नाथे चामल सबै हाल् ।” नरबहादुरले भन्यो ।
पर्सिको टिका छ, पाउनापाछा पनि आउलान् । नरबहादुरले सिकुटी बनाउने पनि काट्यो । पोल्ने पनि छुट्यायो ।
“दुई धार्नी नाथे मासु कति पो हुन्छ र ? जुगेँको भोलि काट्ने अरे । तर, खसी त्यति दह्रो छैन । कति भनुँ भन् ।”उसले स्वास्नीतिर हेरुयो ।
“दशैं हो, एक बिसौली भनन” सरीमायाले भनी ।
“ए बाऊ, एक धार्नी भनन ।” कालधनले बीचैमा सल्लाह दियो ।
“ऐ, तँ बाठो नहो त” मसिनीको मुख चिलाइहाल्यो ।
“तँ घैमलेकी स्वास्नी…..”
त्यतिनै बेला आमाचाहिँ जागेपछि झगडा शान्त भयो । सबैको ध्यान फेरि चुल्होतिर फक्र्यो । एकछिनपछि एक टुक्रा पोलेको मासु मुखमा हालेर नरबहादुर तल्लो घर जुँगेकोतिर झरुयो । जुँगेसँग गोठका लागि दुईचार पात चित्रा पनि माग्नु थियो ।
चुल्होमा सुँगुरको मासु, झर्झरी पोलियो । राँगाको चाहिँ अट्टेको भातसँग खाने तिहुन बनाउने निधो भयो । जैसरी अदुवा लसुन पिस्न बसी । मसिनी गाईलाई कुँडो बसाउने तरखरमा लागी । कालधन रमाएर उफ्रन थाल्यो । भुँडी पिट्दै दाजू उफ्रेको देखेर कान्छा र सानी पनि हाँस्न थाले ।
केही छिनपछि नरबहादुर पनि आइपुग्यो । उसको रातोरातो नाक र तम्तमाइलो अनुहार देखेर सरीमायाले सोधी “के भो ? आज पनि भेट्यौ कि क्या हो ?”
“त्यो जुँगे ठूली दिदिनँ – दिदिनँ दिएपछि ठूलै हात पार्छेु” नरबहादुर रिुच्च हाँस्यो । ऊ जुँगे मगरकोमा पुग्दा जुँगेकी छोरी ठुलीले दशैंको तीनपाने उतार्दै थिई । चखनी भनेर झण्डै एक बटुका सारेर नरबहादुरलाई दिई । ” धेरै भो ठूली” भन्दै स्वाट्ट पारेर नरबहादुर घर फर्केको थियो ।
भात तिहुन पाकिसकेको हुनाले सरीमायाले पस्कन थाली । माइतपट्टिबाट आएको काँसको ठूलो थालमा बूढालाई पस्किई । नरबहादुरको अंशमा आएको अर्को काँसको थालमा जेठा छोरा कालधनलाई पस्किई । अरु सबैलाई आ(आफ्नै हुलुरु्गेमा पस्किई ।
साँगुरो घरमा धेरैदिनपछि आठैजना एकैपटक खान बसे । चुल्होछेउको दाउरामाथि बसेको हतपते कालधनले एकदुई गाँस हालिसकेको थियो । नरबहादुरले दुई सिता भात र पानी अपसनी गरेर भातमा हात लगाएको मात्र के थियो अकस्मात् जरिुगया, “थुक्क बजिनी बाह्र वर्षमा उन्यू फुल्यो गुहुको गन्ध । हैन, तैले भात पकाको कि तेरो बाउको काट्टो उमालेकी हँ ?”
सरीमायाले लोग्नेको कुरा बुझी । “पानी अन्दाज गर्न सकिनछु । यस्तै भइहाल्यो, खाउ न खपाखप । पोहोर दशैं यता धानको भात पकाकै…”
“अझ बोल्छेस ?” नरबहादुर जुरुक्क उठ्यो र गाँस हाल्नै आँटेकी स्वास्नीलाई एक लात हानी हाल्यो । यो अप्रत्यासित घटनाले सबै स्तब्ध भए । सबैको हात दशैंको मासु भातमा थियो । केशमतीदेखि निधाउन लागेकी कान्छीसम्म मुख आँ पारेर बाउको यो रुप हेर्न थाले । पलेटी कसेर बसेकी सरीमायाको कुममा लात बज्रेपछि भित्तामा ठोक्किएर कोल्टे लड्न पुगी । टिपेको गाँस हातैमा थियो । लोग्नेलाई यसरी अचानक के को छाँटा चढेको हो, उसले अन्दाज गर्न सकिन । लात्तले लागेको पाता बेस्सरी दुख्न थाल्यो ।
“आज फेरि धेरै घिचेछ असत्तिले ” मनमनै सोची र उठ्न खोजी, तर तुरुन्त उठ्न सकिन । पाता चस्चस् दुख्न थाल्यो । “असत्तिले खुस्काईदियो कि क्या हो हँ”
दैत्य समान उठेको नरबहादुरको हृदयको कुन तारमा यत्तिकैमा केले छोयो कुन्नि, उसको आँखा भरिएर आयो । रक्सीले रातो पारेको नाकबाट ओइरिएर झरेको पातलो सिंगानको भेललाई हातले सोहोरेर भित्तामा पुछ्यो । स्तब्ध छोराछोरी उसैलाई हेरिरहेका थिए । त्यसपछि विस्तारै अगाडि बढेर स्वास्नीलाई समातेर उठाउन थाल्यो ।
“हैन, के हुँदैछ आज यो असत्तिलाईु सरीमाया तीनछक्क परी । सिधा भएकी सरीमायालाई ध्वाप्प अँगालो हालेर हिक्कहिक्क गर्दै नरबहादुर भन्न थाल्यो, “बेसीको ठाममा खाईखेली हुर्केकी लेकमा परेर दुःख पाइस् । मैले गर्दा अभागिनी भइस् । मलाई माफ गर ….।”
बाउ र आमाको त्यो चाला देखेर केशमती लाजले त्यही पोकोपरी । कालधन र मसिनी आ(आफ्नो थाल टिपेर खितिती हाँस्दै अँध्यारो सिकुवामा निस्के । जैसरी भित्तातिर फर्की ।
“यसपाली हिउँदमा त यो गोगने पाखो छोडिदिन्छु । मधेशमा त बनीबुतो गरेरै भए पनि सधैं धानको भात पकाउलिस् । पानी अड्कल्न….।”
नरबहादुर अगाडि बोल्न सकेन ।
उसले सरीमायाको देब्रे कान पछाडि मुख गाड्यो अनि लट्टा परेको केशलाई सिंगान र आँशुले लतार्न थाल्यो ।
………………………..
कथाकार एभरेष्ट दैनिक, हङ्कङ् र अन्तर्राष्टिूय मासिक खबरपत्रिका मुगलानका पूर्व सम्पादक हुनुहुन्छ ।
(स्रोत : Freenepal)