~विजयराज आचार्य~
“ए भूकम्प आयो !” आमा एक्कासी चिच्याउनु भयो ।
“भूकम्प ! लौ बिममुनि गएर बसौँ ” बुबाले हड्बडाउँदै भन्नुभयो ।
“आम्मै भूकम्प त रोकिँदै रोकिन्न त मार्छ कि क्या हो ?” मैले निराश हुँदै भनेँ ।
“बाहिर कस्तो आवाज आइरहेको छ । घर भत्केजस्तो छ,” बाहिनी डरले चिच्याउँदै रुन थाली ।
“आम्मै हेर्नुस् त ¤ गारो पट्पटी फुट्न थाल्यो,” आमाले ओठ कमाउँदै भन्नुभयो ।
“यस्तो बेलामा भाग्न हुँदैन । अब जे त होला,” बुबाले निराश हुँदै भन्नुभयो ।
“रोकियो ¤ रोकियो ¤ भागिहालौँ,” भन्दै आमा ढोकातिर कुद्नु भयो ।
“यही बेला निस्कौँ,” भन्दै हामीलाई तान्दै बुबा पनि आमाको पछिपछि लाग्नु भयो । हामी सबै जना नजिकैको खेतमा पुग्यौँ ।
“ओहो ¤ हेर त भैँसेपाटी, खोकना, चापागाउँतिर त धुलोको कुइरीमण्डल छाएको । आज काठमाडौँ उपत्यका ध्वस्त भएजस्तो छ,” बुबाले लामो सास फेर्दै भन्नुभयो ।
“हेर्नुस् त, एलिसा दिदीको घर पनि ढलेको ¤ कतै मान्छे त परेनन् ?” बहिनी आत्तिँदै कराई ।
“गुहार गुहार, बुबाआमा च्यापिनु भयो बचाउनुस्,” एलिसाकी आमा डाँको छाडेर रुन थाल्नुभयो ।
“ल जाउँ एलिसाको घरमा । कोही पुरिएका छन् कि,” भन्दै बुबा उतै लाग्नु भयो । हामी तीन जना पनि बुबाको पछि पछि दौडियौँ ।
एलिसाको घरको नजिकै अरू दुइचार जना मानिस उभिएर हेरिरहेका थिए । के गर्ने भनेर उनीहरूले निधो गर्न सकिरहेका थिएनन् ।
“घरको बाँकी भित्ताले च्याप्ला भन्ने खतरा छ । कसरी नजिक जाने ?” छिमेकी राम अङ्कलले भन्नुभयो ।
“तपाईँहरूसँग मोटरसाइकलको हेलमेट होला । त्यही लगाएर भत्केका सामान पन्छाउन थालौँ,” बुबाले भन्नुभयो ।
भिड जम्मा हुँदै थियो । कसरी उद्धार गर्ने भन्ने सरसल्लाह भइरहेको थियो । फेरि भूकम्प आयो । मानिसहरू परपर लागे ।
“जाऊँ हामी पनि अलि खुला ठाउँतिर,” भन्दै बुबा खेततिर दौडनु भयो । हामी पनि खेततिर दौडियौँ ।
खेतको माझमा धेरै मानिस भेला भएका थिए । त्यहाँबाट वरिपरिका गाउँहरू देखिन्थ्यो । मानिसहरू वरिपरि हेर्दै कुरा गरिरहेका थिए ।
“लौ हेर ¤ वरिपरिका छिमेकका गाउँका घरहरू कुनै बाँकी छैनन् ।”
“अन्तको के कुरा ¤ लौ हेर्नुस् हाम्रै छिमेकी थापा गाउँको हालत,” आमाले थापा गाउँतिर देखाउँदै भन्नुभयो ।
अलि पर कर्मवीर दाइकी आमा रुँदै कराउँदै हुनुहुन्थ्यो, “लौन मेरो बाबुलाई बचाउनुस् ।” कर्मवीरको टाउकोबाट ह्वाल ह्वाल रगत बगेको थियो ।
“ओहो ¤ कर्मवीरको त टाउकोमा गहिरो चोट लागेछ । उसलाई अस्पताल लगिहाल्नु प¥यो । ए, श्याम यस्तै बेलामा त हो छिमेकी चाहिने । तिम्रो मोटरसाइकलको के काम ? हिँड यसलाई अस्पताल पु¥याऔँ,” रणध्वज काकाले भन्नुभयो ।
कर्मवीरलाई माझा राखेर रणध्वज काका मोटरसाइकलको पछाडि बस्नु भयो । श्याम दाइले मोटर कुदाई हाल्नुभयो ।
भुइँचालो अलिकति रोकिएपछि फेरि एलिसाको घरमा मानिसहरू जम्मा हुन थाले । “म पनि जान्छु,” भन्दै बुबा पनि उतै जान थाल्नुभयो ।
“हुन्छ, हुन्छ जानुस् । अघिसम्म त एलिसाकी आमाले भत्केको घरभित्रबाट छोरी छोरी भन्दै हुनुहुन्थ्यो । आप्mनो पनि ख्याल गर्नु नि,” आमाले भन्नुभयो ।
बुबा जान लाग्नु भएको देखेर बहिनी अचानक डाँको छोडेर रुन थाली । बुबाले छक्क पर्दै बहिनीतिर हेर्दै सोध्नुभयो, “के भयो र नानी किन रोएकी ?”
“बाबा के तपार्इंलाई हाम्रो माया लाग्दैन,” बहिनीले हिक्का छाड्दै भनी ।
“कसले भन्यो तिमीहरूको माया लाग्दैन भनेर ? मैले त भत्केको घरभित्र फसेकालाई उद्धार गर्न जान्छु पो भनेको,” आँखाभरि आँसु टिलपिलाउँदै बुबाले भन्नुभयो ।
“एलिसाका हजुरबा हजुरआमालाई च्यापेजस्तै तपार्इंलाई पनि भुइँचालोले च्याप्यो भने के गर्ने ? भूकम्पले हल्लाएको हल्लायै छ,” भन्दै बहिनी चित्त दुखाएर रुन थाली ।
“होसियारपूर्वक काम गछौँ नि नानी ।” बुबाले लामो सास फेर्दै भन्नुभयो ।
“बुबा तपाईंलाई मेरो, दादा र आमाको माया लाग्छ भने नजानु नत्र जानु ।” बहिनी त झन् ठूलो डाँको छाडेर रुन थाली ।
“नानी, म बुबालाई खतरा ठाउँमा जान दिन्नँ । बुबासँग म पनि जान्छु नि है ?” मैले बहिनीलाई सम्झाएँ ।
बहिनी हिक्क हिक्क गर्दै चुप लागी ।
म बुबासँग एलिसाको घरतिर जाँदै थिएँ । अचानक सम्राट हस्याङफस्याङ गर्दै हामीतिर आयो ।
“के भयो सम्राट ? किन यसरी आत्तिदै आएको ?” बुबाले सोध्नुभयो ।
“तपाईंको भाइको घर त जगसम्मै ढल्यो नि,” उसले एकै सासमा भन्यो ।
“ओहो ¤ हो र ?” बुबाले आत्तिँदै सोध्नुभयो ।
“हो त ? अभैmसम्म थाहा पाउनु भएको थिएन ?” उसले भन्यो ।
“मान्छेलाई केही त भएन ?” यति भनेपछि बुबाको वाक्य नै बस्यो ।
“मान्छेलाई के भयो ? त्यो त मलाई थाहा भएन । मैले त डाँडा माथिबाट घर ढलेको देखेको ।”
बुबाले मेरो मुखमा पुलुक्क हेर्नुभयो । उहाँको अनुहार पसिनाले निथ्रुक्क भैसकेको थियो ।
“अब के गर्ने बुबा ?” मैले सोधेँ ।
“तिमी आमा र बहिनी भएको ठाउँमा गएर बस । म तिम्रो काकाको घरमा के भयो हेर्न जान्छु,” बुबाले अँध्यारो मुख लगाउँदै भन्नुभयो ।
“हुन्न । तपार्इं एक्लै जान पाउनु हुन्न । हामी सबै जना सँगै जाने,” मैले बुबाको हात दह्रोसँग समात्दै भनेँ ।
“बाबु भूकम्प आइरहेको छ । घरहरू भत्केको भत्केइ छन् । तिमीहरू जाँदा खतरा हुन्छ । म एक्लै जान्छु,” बुबाले सम्झाउँदै भन्नुभयो ।
“तपाईं एक्लै जाँदा खतरा नहुने । हामी सबै जना जाँदा खतरा हुने ? कहाँ हुन्छ त्यस्तो ? तपाईं यहीँ बसिराख्नुस् । म आमा र बहिनीलाई बोलाएर ल्याउँछु ।” यति भनेर म खेततिर दौडिएँ ।
“किन टोलाउनु भएको बुबा यति साह्रो ?” बहिनीले सोधिन् ।
“हँ …¤” बुबा त झसङ्ग झस्कनु भयो ।
“ल जाऊँ हामी सबै काकाको घरमा,” मैले भनेँ । हामी काकाको घरतिर लाग्यौँ ।
काकाको घर अलि माथि डाँडामा थियो । त्यहाँ पुग्ने बित्तिकै “आम्मै” भनेर बहिनी एक्कासी चिच्याई ।
“भूकम्प आएको छैन ? किन चिच्चाएकी नानी ?” मैले सोधेँ ।
“हेर्नुस् त दादा अपेक्षा दिदीको घरको त कतै देखिँदैन । ढुङ्गा माटोको थुप्रो मात्रै छ,” काकाको घर देखाउँदै बहिनीले भनी ।
एकाएक आमा थचक्क भुइँमा बस्नु भयो । राम्ररी बस्न नपाउँदै उहाँ लल्याकलुलुक भएर भुइँमा लड्नु भयो ।
“बाबा हेर्नुस् त आमालाई के भयो ?” मैले आत्तिदै भनेँ । आमाको अनुहार पसिनाले लुछुप्पै भिजेको थियो ।
“ओहो ? के भो तिमीलाई ?” भन्दै बुबाले आमाका पसिना पुछ्न थाल्नुभयो ।
बुबाले आमालाई बिस्तारै बोकेर नजिकैको धारोमा लैजानु भयो र पानीले अनुहारमा छ्याप्नु भयो ।
“आमालाई के भयो ?” भन्दै बहिनी त क्वाँ क्वाँ रुन थाली ।
“ए ¤ म कहाँ छु हँ ? किन मलाई यहाँ ल्याएको ? हाम्रो घर खोइ ?” आमाले यताउति पल्याक्पुलुक् हेर्दै भन्नुभयो ।
“हुर्रे… हुर्रे …” एकाएक बहिनीले ताली पिट्दै भनी ।
“यस्तो आपतको बेलामा पनि के को हुर्रे ?” मैले झर्कंदै भने ।
“हेर्नुुस् त दादा, काका, काकी, दिदी र भाइ सबैजना खेतमा बसिरहनु भएको ¤” बहिनीले खुसी हुँदै भनी । बहिनी र भाइलाई देखेपछि मेरो मनै थामिएन । हामी दौडेर काकाकाकी भएको ठाउँमा पुग्यौँ । मैले अपेक्षा बहिनीलाई जुरुक्क उचालेर च्पाप्प म्वाइँ खाएँ । बहिनीले अभियान भाइलाई जुरुक्क उचाली ।
बुबा आमा पनि आइपुग्नु भयो ।
“एक सेकेन्डले बाँचियो । नभए त तिमीहरूलाई देख्न पनि नपाइने,” काकीले आँखाबाट बरर्र आँसु झार्दै भन्नुभयो । कसैको मुखबाट पनि केही वाक्य फुटेन । हामी सबैले एक अर्काको मुखमा हेरी मात्र रह्यौँ ।
“हत्तेरी ¤” एकाएक बुबाको मुखबाट यो शब्द फुत्कियो ।
“किन के भयो र ? धन–सम्पत्ति जे गए पनि हामी बाँचिहाल्यो अहिलेलाई यही ठूलो ¤” काकाले भन्नुभयो ।
“हामी त बाच्यौँ तर …” बुबाको अनुहार एकाएक मलिन भयो ।
“तर के त ?” आमाले सोध्नुभयो ।
“हामी त बाच्यौँ । बागबजारमा के भएको होला ¤” बोल्दाबोल्दै बुबा रोकिनु भयो ।
“साँच्चै ठूलो बुबा र दीपक दादालाई के भयो होला ?” बहिनीले भनी ।
“लौ लौ फोन गरिहाल्नुस्,” बुबालाई झक्झकाउँदै आमाले भन्नुभयो ।
बुवाले फोन गर्न खोज्नु भयो तर लागेन ।
“अहँ । जति कोसिस गरे पनि मोबाइल नै लाग्दैन,” बुबाले निरास हुँदै भन्नुभयो ।
“जाऊँ भने गाडी चलेको छैन । फोन पनि लाग्दैन । के गर्ने होला ? काकाले हरेस खाँदै भन्नुभयो ।
“आइडिया ¤” बहिनी एक्कासी चिच्चाई ।
“कस्तो आइडिया नानी ?” मैल सोधेँ ।
“कहिलेकाहीँ मोबाइल नलाग्दा एसएमएस जान सक्छ । कोसिस गरिहेर्नुस् बाबा ।” बहिनीले भनी ।
“ठिक भन्यौ छोरी ।” यति भनेर बुबाले हामीहरू ठिकै छौँ, तपाईंहरूको अवस्था के छ ? भनेर एसएमएस पठाउनु भयो । जवाफ आउला कि नआउला भनेर हामी अलमलमा परेर बसी रह्यौँ ।
टिन् टिन्… बुबाको मोबाइलमा एसएमएसको घण्टी बज्यो ।
“कसको एसएमएस बुबा ?” मैले सोधेँ ।
बुबाले उज्यालो अनुहार लगाउँदै भन्नुभयो, “माइला दाइको ।”
“के लेख्नु भएको रहेछ नि ?” बहिनीले सोधी ।
“उहाँहरू सबै सुरक्षित हुनुहुन्छ रे,” ठूलो बुबाले लेखेको म्यासेज पढ्दै बुबाले भन्नुुभयो ।
“लौ अब हामी जाऊँ एलिसाका हजुरबा हजुरआमालाई उद्धार गर्न ।” यति भनेर बुबा फटाफट एलिसाको घरतिर लाग्नु भयो ।
“एलिसा दिदी हजुरबा हजुरआमालाई कस्तो छ ?” त्यहाँ पुग्ने बित्तिकै बहिनीले सोधी ।
“हजुरआमालाई निकालियो । हजुरबालाई त बिमले च्यापेकै छ रे ।” एलिसाले सुँक्क सुँक्क गर्दै भनी ।
“खै त हजुरआमा ?” मैले सोधेँ ।
“ग्रीष्म अङ्कलले गाडीमा राखेर अस्पताल लानु भाको छ,” एलिसाले भनी ।
“लौ पुलिसको गाडी आयो । अब हजुरबालाई पनि निकाल्नु हुन्छ होला,” बहिनीले भनी ।
भत्केको घर अगाडि पुलिसको गाडी रोकियो ।
“इन्स्पेक्टर अङ्कल तपाईंहरू हजुरबालाई निकाल्न आउनु भएको हो ?” मैले सोधेँ ।
“तर उहाँलाई बिमले चापेको रहेछ । मान्छेले निकाल्न सम्भव छैन ।” उहाँले जवाफ दिनुभयो ।
“अब के गर्ने त अङ्कल ?” बहिनीले सोधी ।
“उहाँलाई निकाल्न गहु्रँगो बिम र गाह्रो पन्छाउने एक्जाभेटर चाहिन्छ । एक्जाभेटरले अहिले माथिल्लो गाउँमा पुरिएका मानिस निकाल्दै छ, साँझसम्म यहाँ आइपुग्ला,” इन्स्पेक्टर अङ्कलले भन्नुभयो ।
“लौ ग्रीष्म अङ्कलको गाडी आयो । हाम्री हजुरआमालाई के भयो होला ?” यति भनेर एलिसा डाँको छाडेर रुन थाली । ग्रीष्म अङ्कलको गाडी हाम्रो अगाडि आएर रोकियो । गाडीमा कोही थिएन । सबैजना मुखामुख गरे । कोही पनि बोल्न सकेन । ग्रीष्म अङ्कलले आपैm भन्नुभयो, “अस्पताल पु¥याएर डाक्टरले हेर्ने बित्तिकै मृत घोषणा गरिदियो ।”
ग्रीष्म अङ्कलको कुरा सुन्ने बित्तिकै एलिसाका परिवार कोलाहल गरी रुन थाल्यो ।
“अनि उहाँको शव ?” बुबाले सोध्नुभयो ।
“घाटमा लैजान सजिलो होला भनेर, तलै सडकमा राखेका छौँ ।” ग्रीष्म अङ्कलले भन्नुभयो ।
“आयो एक्जाभेटर ¤” इन्स्पेक्टर अङ्कलले उत्साहित हुँदै भन्नुभयो ।
“एक्जाभेटरले एलिसाका हजुरबालाई निकाल्न गारो र बिम पन्छाउन थाल्यो । झन्डै एक घन्टापछि रगतले लत्पतिएको उहाँको लास निकालियो ।
“कस्तो संयोग ¤ दुवै जनाको एकै चिहान ¤” बुबाले लामो सास तान्दै भन्नुभयो ।
त्यही बेला युनिक हस्याङफस्याङ गर्दै त्यहाँ आइपुग्यो र भन्यो, “कर्मवीर दाइ अस्पताल पुगेपछि बित्नु भएछ ।”
“बाबा बाबा, भोक लाग्यो । प्यास पनि लाग्यो । भुइँचालो गएदेखि केही खाएको छैन,” बहिनीले भनी ।
“लौ हिँड घरमा । जे छ खाउँला,” बुबाले भन्नुभयो ।
“आम्मै ¤” एक्कासि आमा एकाएक चिच्याउनु भयो ।
“किन के भयो र ?” बुबाले हड्बडाउँदै सोध्नुभयो ।
“हेर्नुस त हाम्रो घर, पुरै भत्केछ,” आमाले रुदै भन्नुभयो ।
हाम्रो घर पाताल भएको रहेछ । त्यो देखेर बुबा टाउको समातेर थचक्क भुइँमा बस्नु भयो ।
बुबाको अवस्था देखेर आमाले सम्झाउँदै भन्नुभयो, “भूकम्पले घर ढालिदिए पनि, हामी सबै बाँच्यौँ । यही सबैभन्दा ठूलो कुरा हो । घर भत्के पनि एक दिन बनाऔँला नि । पिर नगर्नुस् । बरु साँझ बास बस्ने र पेट भर्ने व्यवस्था गरौँ ।”
साँझ पर्न लागेको थियो । बुबा र आमा मिलेर खेतमा सुकाउन राखेको गहुँको छ्वाली/पराल लिएर आउनु भयो । खेतको सम्म परेको ठाउँमा छ्वाली ओछ्याएर सुत्ने ओछ्यान बनाउनु भयो ।
बुबा काका काकी बस्नु भएको ठाउँमा जानु भयो । उहाँहरूसँग केही खाने कुरा छ कि भनेर सोध्नुभयो । तर उहाँहरू पनि भोकै हुनुहुँदो रहेछ । उहाँ अरू बसेको ठाउँमा पनि जानु भयो । एक जना चिनेका मानिसको घर पूरै भत्केको रहेनछ । भुइँतला बाँकी रहेछ । उनले घरभित्र पसेर भुइँतलाको भान्छामा रहेको खानेकुरा ल्याएका रहेछन् । बुबाले ऊसँग अलिकति च्युरा र नुन मागेर ल्याउनु भयो । खाली बोतल मागेर धाराबाट पानी पनि ल्याउनु भयो ।
भोकको सुरमा हामीलाई त्यो च्युरा नुनसँग खान पाउँदा संसारमा सबैभन्दा मिठो खानेकुरा खाएजस्तो भयो ।
राति गहुँको छ्वालीको ओछ्यानमा निद्रा लागेन । बहिनी कति खेर निदाइछ । मैले आकाशका ताराहरू हेर्र्दै भविष्यको कल्पना गर्न थालेँ । भुइँचालोले मेरा सपनाहरू गल्र्यामगुर्लुम ढालेको अनुभव गरेँ । मलाई रुन मन लाग्यो । बुबा र आमा गुनगुन कुरा गरिरहनु भएको थियो । आमा भन्दै हुनुहुन्थ्यो, “हामी बाँच्नु भनेको यिनै छोराछोरीको लागि हो । यिनीहरूको भविष्य राम्रो बनाउन हामी जे पनि गर्न तयार हुनुपर्छ ।”
आमाको कुरा सुनेर मेरा आँखा रसाए । मेरा आँखा कति बेला बन्द भए थाहा पाइँन । सपनामा म भत्केका घरहरू माथिमाथि उडिरहेको थिएँ ।
(स्रोत : EverestDainik)