~सीता अर्याल~
इच्छा–आकाङ्क्षालाई पोलेर भस्म बनाउन कठिन छ । कोही समवयीहरू कालो चस्मा लगाएर कारमा सयर गर्छन् । कोही ठूला–ठूला ङ्खयाक्ट्री मालिक छन् । घुम्ने कुर्सीमा बसी देश हा“क्ने पनि त छन् नि कोही । धेरै थरी छन् मेरा सहपाठीहरू ।
सबैले खाएको देख्दा खान मन लाग्छ । राम्रो–राम्रो लगाएको देख्दा लगाउनै मन लाग्ने रहेछ । तर, अरूले पढेको देख्दा किन पढ्न मन लागेन मलाई ? मैले धेरै पढ्नुपर्छ भन्ने भित्रैदेखि चटक्क लागिदिएको भए आइ.ए.मा कैयौं पटक असफल हुनु पर्दैनथ्यो होला ।
“केमा व्यस्त छौ रामु आजभोलि” ?
व्यस्त भै खाएकाहरू सवै मलाई यही प्रश्न सोध्ने गर्दछन् । हीनताबोधले गाँज्न थालेको छ । घरमा बाबुआमाको करकर, यसले त एउटी राम्री घर गरी खान सक्ने केटी पनि पाउँदैन कि क्या हो ? केही उन्नति गर्न सकेन । दुई रूपियाँ को सिन्दुर किनिदिने क्षमता पनि नभएको केटालाई कसले छोरी दिने ?
यो त आमाले अतिशयोक्ति नै भन्नुभयो । के मसँग अलिअलि पैसा छैन त ? अरूले जस्तो धेरै पो कमाउन सकिन“ । छोरो हुँ है म पनि । ठीकै छ, छोराले सहनै पर्छ– कटु भए पनि सत्यतालाई । आमाको यस भनाइमा न्यून प्रतिशत भए पनि सत्यता छ ।
विपिन र कविता मसँग रत्नपार्कमा वर्षौ पश्चात् जम्काभेट भएका थिए । सँगै पढ्दा–पढ्दै उनीहरूले विवाह गरेका थिए । क्या जानेछन तिनीहरूले । मान्छे पनि दुवै जना राम्रा, फेरि लवाइ कति मिलेको । उनीहरूलाई भेटे पश्चात् त मेरो मनै भ्रान्ती भएको छ । धेरै बेर गफ गरें, त्यही सिलसिलामा मलाई खुव हेरे, तौले होलान् पनि । विपिनले त मेरो पाइन्ट खुब हे¥यो । मैले पनि उसको पाइन्टलगायत सबै कपडातिर नयन नङ्खयाँकेको त कहाँ हो र ? काट्ला जस्तो धार थियो पाइन्टको, ऐनाजस्तै टल्किएका थिए पाउपोसहरू । अरूथोकको के बयान गर्ने । हातमा महँगो लेदरको ब्रिफकेस थियो । कता जान लागेका थिए कुन्नि ? सोध्नै विर्सें । सेता स्फटिकजस्ता दन्तलहर देखाएर प्रफुल्ल मुद्रामा मुसुक्क मुस्काउँदा त इन्द्रैकमल फुले जस्ती कविताको झन् के बयान गर्ने र ?
उनीहरू मेरा आँखाबाट ओझेल भए पश्चात् आफूले आफैंलाई खुब नियालें । पहेंला दाँत, मैलो सर्ट, सिलाएर लगाएदेखि कहिल्यै आइरन नगरिएको धोक्रोजस्तो पाइन्ट, गोडातिर नङ प्रशस्तै बढेका थिए– जसमा पाटे चप्पल जोडि मिलाएर लगाएको थिएँ । सिमसिम पानी परेकाले सडक हिलै–हिलो थियो । त्यस चप्पलले पाइन्टको पछाडि प्रशस्तै छ्यापेको थियो । त्यसपछि त झन् म अवाक् बनें । घन्टाघरमा बजेको घन्टीले एकपटक मलाई झक्झकायो र म आङ्खनो गन्तव्यस्थलतर्फ तडातड् लम्केर ।
सानीमाको छोरो विदेशमा छ । ठूलीआमाको छोरो पनि विदेशमै छ । उनीहरूको चहल–पहल, आउ–जाउ, लवाइ–खवाइ कम्ती रमाइलो छैन । जिन्दगीको मजा लुटेका छन् । मलाई पनि लगिदेओ न भन्दा हुन्छ त भन्छन् तर त्यो दिन कहिले आउँछ र खै ? उनीहरू आउँदा अलि–अलि टाला–फाल्सा त ल्याइदिन्छन्, अर्काले दिएकाले कति दिन पुग्छ र ?
दिदीहरू घरानियाँ केटासँग परेका छन् । भिनाजुहरू राम्रा ठाउँमा जागिरे छन् । धनै ठूलो रहेछ । उनीहरूलाई यहीं विदेश छ । अझै बढी छ, कहीं जान पर्दैन । यहीं पुगिसरी आएकालाई विदेशप्रतिको मोह किन हुन्थ्यो र ? भान्जाभान्जी यहीका ठूला–महँगा स्कुलमा पढेका छन् । कारमा सयर गर्छन् । घरभरि नोकर–चाकर छन् । ठूला–ठूला सहरमा सुन्दर दरबार छन् । सुन र हीराका गहना प्रशस्तै छन् । के चाहियो र यसभन्दा बढी उनीहरूलाई ।
मेरो सवैभन्दा ठूलो इच्छा विदेश जानु नै हो । कि त भिनाजुले आफूजस्तै राम्रो ठाउँमा जागिर लगाइदिनुपर्यो । भिनाजुले पनि त कति पो पढेका छन् र । मेरै पिताजीले पनि त कति पो पढ्नुभएको हो र ? खै गरिखानुभएकै छ । मलाई मात्र पहिले सुरु गर्नै अप्ठ्यारो भयो । सुरु मात्र होस् त देखा जाएगा ।
मेरो मन झन् पोल्न थालेको छ । सपना–जपना नै अमेरिका सम्झने भएको छु आजभोलि । मैले मेरा पिताजीलाई पनि आङ्खनो मनको बह पोखिसकें– मलाई जति खर्च लागे पनि र जसरी भए पनि अमेरिका पठाइदिनुहोस् । त्यहाँ जान पाए पछि त कमाएर पठाइदिई हाल्छु नि । तर मन फेरि जाँतो झुन्डयाएजस्तो गरुङ्गो भैदिन्छ । किनकि ममा भएको योग्यताले र क्षमताले मलाई उपहास गर्न थाल्छ । सिरिफ एस.एल.सी. पास गरेको छु । कैयौं वर्ष भैसक्यो आइ.ए.मा झुन्डिएको । अङ्ग्रेजीले माथि उक्लनै दिंदैन । सवैसँग लाज लाग्छ । बी.ए.सकिसकें, अब एम.ए. पढ्छु भनिहालें । सबैका आँखामा छारो हाल्न चाहिं अहिलेसम्म सफल नै छु । बिद्यार्थी भएर अमेरिका जानका लागि टोफेल गर्नुपर्छ भन्छन् सबैले । कनिकुथी अलिअलि बोल्न त आउँछ । तर, त्यही अङ्ग्रेजीले भर्याङ उक्लन नदिएको, त्यसकै टोफेल जाँच कसरी पास गर्छु र मैले । हिम्मतै छैन ममा ।
एक मन लाग्छ– मानिसहरू सधैं ठूलो सुख खोजेर दुःखी हुन्छन् । आ–अरू जे सुकै गरून्, म खेतीपाती गरेरै बस्छु । उत्तम खेती, मध्यम व्यापार, निर्घृणी जागिर भन्छन् । दस नङ्ग्रा खियाएर यहीं जन्मभूमिलाई स्याहार गरूँ र सुखको वर्षा यहीं गरूं, यही नै मेरो गन्तव्य हो । सबै जनाले प्यारी मातृभूमिलाई छोडेर विदेशतिर पलायन भएमा अवश्य पनि राम्रो हुँदैन ।
मन एकदमै अमिलिन थाल्यो– दसैंको खल्पी अमिलिएजस्तै । मनमा पटक्कै चयन भएन, खान मन पनि लाग्न छोड्यो । पिता–मातासँग अगाडि देखा प¥यो कि मेरै कुरा हुन्छ । मेरै पीर गरेर दिक्क मान्नुहुन्छ प्रायः जसो । खाना खान बस्यो त्यही दिक्क लाग्दा कुराहरू जसले मेरो मनै बिगारिसकेको छ । एक दिन मसक्क आँट गरेरै मेरा माता–पितासँग मनका सबै बह ओकल्न थाले“ । मलाई अमेरिका जाने ठूलो इच्छा छ । पठाउने भए पठाइ दिनुहोस्, नत्र भने मेरो कसैले वास्तै नगरे हुन्छ, कसैले नखोजे हुन्छ । म जतासुकै जाऊँ, मरूँ कि बाचूँ… ।
परिवारमा मेरा कारणले तनाव थपिएको छ । मेरा पिताजीले आङ्खना दाजुभाइ डाकेर छलफल गर्नुभयो । मेरो पढाइको कुरा फेरि निस्क्यो । बी.ए.पास गरेको छ मेरो छोराले । गर्वका साथ भन्नुभयो मेरा पिताजीले । सम्बन्धित क्याम्पसमा काम गर्ने मेरा काकाले निकै गम्भीर भएर भन्नुभयो– आइ.ए. पास भएको त मलाई थाहा छैन पोहरसम्म, अहिले कसरी बी.ए.पास गर्यो ? सबैले आशङ्काको दृष्टि मपट्टि ङ्खयाँके । ममा एकखालको पश्चात्ताप या भनौं हीनताबोध व्याप्त भयो । म उठेर कतै भागिहालूँ कि जस्तो भयो । के गर्ने ? म कतै भागे पनि सवैका मन–मस्तिष्कमा पसिसकेको मेरा फोस्रा कुरा मेटिन सत्तैmन क्यारे । मेरो पढाइको विषयमा पर्दाफास भैसकेको छ । मेरा माता–पिताको आँखामा धरि छारो हाल्ने असफल प्रयासबाट पनि म चिप्लिसकेको छु । ममा खासै भन्ने हो भने के गुण विद्यमान छ र ? शैक्षिक योग्यता त्यही हो । कहिल्यै राम्रो, सफा–सुग्घर र स्मार्ट बनेर हिंड्ने जाँगर चलाइनँ । खासै भन्ने हो भने फुँदा गाँसेर गफ चुट्ने क्षमताचाहिं मसँग प्रशस्तै छ ।
समय छोप्न नजान्नेलाई उसले पछारेरै जान्छ । जसले समयलाई चिन्यो, बुझ्यो र छोप्न जान्यो उसैले संसारका उच्चतम अवसरहरू प्रयोगका लागि मौका पाउँछ । मैले समयको मूल्य चिनेको भए न त आज मलाई यस्तो बिघ्न टेन्सनको भारि बोक्नुपर्दथ्यो, न त मेरा परिवारहरू सबैजना दुःखी बन्नुपथ्र्यो । के गर्नु अर्काको आरिस्याइँ गरेर मात्र ?
डी.भी. परेकी केटीसँग विवाह गर्न पाए कल्पनाको स्वर्गजस्तै सुन्दर नगरी अमेरिका जाने द्वार खुल्छ । त्यसैले त्यस्ती केटी खोज्नुपर्यो भन्ने सल्लाह पनि मेरा बुबाका दाजुभाइले व्यक्त गर्नुभयो । त्यसपछि डी.भी.कसलाई परेको छ व्यापक रूपमा खोजी भयो । एउटी हामीभन्दा उच्च जात र खानदानकी धेरै पढेकी केटी त फेला परिन् । कसरी मगनी गर्ने ? पहिले प्रस्ताव लिएर को जाने ? हाम्रा आफन्तमध्येका एक बुज्रुकले यसको जिम्मा मेरो भयो भनेर सवैलाई आश्वस्त बनाए र जुँगामा ताउ लगाउँदै प्रस्ताव राख्न गएँ ।
छोरा–छोरी जन्माएर पालन–पोषण, लेखाइ–पढाइ गरी अत्यन्तै राम्रोसँग हुर्काएका । छोराछोरीको उचित शिक्षा–दीक्षाका लागि गाउँबाट सहर पसेका, राम्रै पदमा सरकारी जागिर खाएका केटीका पितासँग ती बुज्रुकले कुरा राखेछन् ।
“हेर्नुहोस् जातपात भनेको के हो र आजभोलि । अत्यन्त राम्रो खानदानको केटा छ । दुवैले पढे–लेखेका छदैछन् । अमेरिका जान्छन् । गरिखान्छन्, अमेरिका गएर उच्चतम सुविधा प्रयोग गरी सुख भोग गर्दछन् । तपाईंको छोरीका हात माग्न आएको, फलानाका लागि ।”
अघिल्लो दिनमै केटीका घरमा जानुभएका बुज्रुक दुई दिनसम्म फर्केर मेरा घरमा आउनुभएन । मलाई भने व्यग्र बनाइसकेको थियो निर्णय सुन्नका लागि । घरका सबै जना उहाँकै प्रतीक्षामा मजस्तै आतुर हुनुहुन्थ्यो केटीका बाबुको निर्णय सुन्नका लागि ।
फोनबाट के सोध्नु म आपैं जान्छु भनेर मेरा बुबा उतै बुज्रुककहाँ जानुभयो । अति कठिनका साथ मैले प्रतीक्षाको घडी समाप्त गरें । डाडु जत्रै अनुहार लगाएर बुबा फर्किनुभयो । “हिस्स बूढी खिस्स दाँत भनेझैं भयो । आफ्नो हैसियत र धरालतको याद नगरी काम गर्दाको नतिजा थियो त्यो । बृहत् योजना र सपना सजिईसकेको मेरो दिल फेरि सुख्खा गल्छेंडोमा पछारिन पुग्यो । उपाय लागेन, बाँच्नै पर्यो । बलपूर्वक दिनहरू धकेलिंदै छन् जिन्दगीका ।
कथाकार परिचय
जन्म मितिः वि.सं. २०१८।६।१४,
जन्म स्थानः — बन्दीपुर, तनहुँ ।
स्थाई ठेगानाः — गोरखा बजार ।
पहिलो प्रकाशित रचनाः — भय (कथा),
प्रकाशित कृतिहरू–
१)“मृगतृष्णा“ कथासङ्ग्रह २०६०,
२)“उपमा” कथासङ्ग्रह २०६२,
३)पुस्तान्तर —संयुक्त कथा सङग्रह २०६६ ।
सम्पादन–
गोरखा पर्यटन, काठमाडौंद्वारा प्रकाशित तीज —२०६२, तीज —२०६४, तीज— २०६६ पत्रिकाहरुको प्रधान सम्पादक ।
संयुक्त सम्पादन– दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रद्वारा प्रकाशित दण्डपाणि अज्र्याल जन्म शताब्दी स्मृतिग्रन्थ — २०६३ र ज्ञानविन्दु — २०६४ ।
पुरस्कार तथा संमान—
छिम्केश्वरी युवा क्लव तनहुँ द्वारा आयोजित कविता प्रतियोगीता २०३७ मा प्रथम,
हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०६२ ।
विभिन्न सङ्घ, संस्थाहरुवाट प्रदान सम्मान—पत्र र कदर—पत्रहरु ग्रहण ।
सोधग्रन्थः— सीता अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको सम्वन्धमा त्रिभुवन विश्वविद्यालयको स्नातक स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सोधग्रन्थ तयार ।
शिक्षा: स्नातकोत्तरसम्मको अध्ययन ।
लेखनको मूल बिधाः— कथा ।
अनुभवः— १९ वर्षको शिक्षण अनुभव ।
हालको ठेगानाः— विस्कान्सन, अमेरिका, फोन नं. ६१२—७४९—३०१३, ईमेल : saryal25@gmail.com
(स्रोत : Vishwaparikrama)