बाल कथा : जीवन चक्र

~विनय कसजु~Binay Kasaju

खोलाका माछाहरु भटाभट मर्न थालेका थिए । माछासँगै भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरु पनि मर्दै थिए । चंखे भ्यागुताका आमाबामात्रै होइन उसका दौँतरीहरु पनि मरिसकेका थिए ।

एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो । उसले बगरमा कागतका बट्टा र रित्ता सिसीहरु देख्यो ती कागत र सिसीमा “किरामार्ने विषालु औषधि” लेखिएको थियो । खोलाका माछा र अरु जीवहरु किन यसरी अचानक मरे भन्ने कुरा चंखेले बल्ल बुझयो । यो कुरा अरु भ्यागुताहरुलाई पनि सुनाउन ऊ उप|mँदै खोलाले दहतिर लाग्यो ।

दहमा केटाहरुले माछा मार्न लागेका थिए । चंखे चाल मारेर दहछेऊ पुग्यो र केटाहरुले माछा समातेको हर्ेन थाल्यो । एउटा केटाले चंखेलाई देखिहाल्यो र चिच्यायो, “हेरहेर, भ्यागुता !”

चंखे ज्यान जोगाउन पानीभित्र हामफाल्यो । पानी भित्र पुग्ने बित्तिकै उसको टाउको दुख्न थाल्यो । खप्न नसकेर ऊ पानी बाहिर निस्क्यो र ढुँगाको कापमा लुक्न खोज्यो । तर उसलाई रिगंटा लाग्न थाल्यो ऊ हिंड्न सकेन र त्यहीं उत्तानो परेर पेट फुलाउँदै पल्ट्यो ।

आकाशमा चील र काग उडिरहेका थिए । तिनीहरुले चंखेलाई जुनसुकै बेला पनि झम्टेर खान सक्थे किनकि ऊ लुक्न वा भाग्न सक्ने अवस्थामा थिएन । उसले आफू पक्कै मर्ने भएँ भन्ने कल्पना गर्न थाल्यो । माछा मार्नको लागि केटाहरुले खोलामा वीष राखेको कुरा उसले बुझयो । उसले आँखा घुमाएर यता उता हेर्‍यो । उसको वरिपरि माछा मात्रै होइन भ्यागुता, गँगटा, पँधर्ेर्नी कीरा र पानीमा बस्ने अरु जीवहरु पनि छटपटाइरहेका थिए । उता दहमा केटाहरु पानीमा पौडँदै पानीभित्र डुब्दै माछा समात्दै खुशी हुँदै थिए । चिल, काग र अरु चराहरु बगरमा पल्टेका माछा, भ्यागुता गँगटा र कीराहरु खाँदैथिए । उनीहरुले रमाईरमाई माछा खाए । रात परेपछि केटाहरु घरतिर लागे ।

भालिपल्ट बिहान चंखे उठेर हर्ेदा छक्क पर्‍यो । हिँजो बंगरमा रमाउँदै माछा, भ्यागुता गँगटा र किरा खाने चराहरु कोही पल्टेका थिए कोही छट्पटाइरहेका थिए । मरेका चराहरुलाई ककुररस्यालहरुले लुछ्न थोलेका थिए । यस्तो विनाशलीला देखेर चंखे अत्तालियो । ऊ मानिसको दर्ुबुद्धि र अपराधलाई मनमनै धिकार्दै थियो । अचानक उसले शंख फुकेको स्वर सुन्यो ।

एक हुल मानिसहरु मरेको मानिसको लास बोकेर खोलातिर आउँदैथिए । मलामीहरुमध्ये कोही छाती पिटीपिटी रोइरहेका थिए । लासलाई खोलाको किनारैमा बिसाएपछि मलामीहरु लास जलाउन दाउरा चाङ लगाएर चिता बनाउन थाले ।

चंखेलाई खुल्दुली लाग्यो । ऊ बिस्तारै लासको नजिकै पुग्यो । लासको अनुहार देखेर ऊ झण्डै बेहोस भएन । किनकि त्यो हिजो दहमा माछा मार्ने केटाहरु मध्ये उसलाई देखेर “हेर भ्यागुता” भन्दै चिच्याउने केटाको लास थियो । अरु कति लास आउने होलान् भन्ने कल्पना गर्दै डरले चंखे आत्तिदैं त्यहाबाट बिस्तारै बीष नभएको पानीको पँधेरा तिर लाग्यो ।

(स्रोत : गोरखापत्र संस्थानद्वारा प्रकाशित “मुना” मासिक बाल पत्रिका वर्ष३, अंक ६, जेठ २०५०को अंक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.