~आन्या ग्रोनर~
हाम्रो विवाह भएको ६ सातापछि म र मेरो श्रीमान् बिमानबाट न्यू ओर्लियन्सतर्फ फर्किँदै थियौं । बिमान उचाइमा पुगेपछि उनी उँघ्न थाले । टाउको घरी–घरी सिट अगाडितर्फ झुक्थ्यो । अघिल्ला केही वर्ष मेडिकल तालिममा रहेकाले ती वर्ष उनका निकै तनाबपूर्ण रहे । उनले ३० घन्टे सेवा समेत गरे । उनी घर आउँदा समेत अस्पतालको काम लिएर आउँथे ।
‘म जसो–तसो सास धान्ने प्रयत्न गर्दैछु,’ उनी भन्ने गर्र्थे, ‘म मेरो पेसा प्रति इमान्दार छु, ।’
उनको कामप्रतिको मोह र हंसमुख प्रवृत्तिले म उनको मायमा परें । उनी ठट्टा गर्न सिपालु थिए र रमाइला कुरा गरेर मलाई खुसी राख्थे । आफूलाई मन पर्ने औषधीको बारेमा भन्ने गर्र्थे । साइफिल उनको सबैभन्दा मन नपर्ने रोग थियो । यसलाई उनले तुच्छ झिंगाको संज्ञा दिन्थे । किनकी यो दिमाग, मुटु र जाँघमा बारम्बार देखिन्थ्यो ।
दिनहरु बित्दै गए । तर, पछिल्ला दिनमा उनमा केही चमकपन घटेको पाएँ । तर कामप्रतिको जोश भने उस्तै थियो । नियमित नाइट सिफ्टका कारण अस्पतालबाट आउँदा उनी लखतरान देखिन्थे । उनका उत्तरदायित्व बढिरहँदा ममा भने त्यतिकै निराशा बढ्यो । उनले आफ्नो करिअरमा ब्यस्त हुँदा म उनलाई सहयोग गर्न चाहन्थें ।
३० मिनेटपछि बाँधिएको सिटबेल्टले केही संकेत गर्छ । तत्कालै एउटा आवाज आउँछ– जहाजभित्र कोही चिकित्सक वा नर्सले यात्रा गर्नुभएको छ भने जानाकारी दिनुहोस् ।
मेरो श्रीमान्ले त्यो आवाज सुन्ने कुरै भएन । उनलाई केही थाहापत्तो छैन । कति दिन नसुतेका बिचरा विमानमा मस्त निन्द्रामा छन् । मैले उनको काँधमा मेरो हात राखें । एक सातादेखि उनी यति थकित थिए की जहाजमा सुत्नका लागि उनले लामै योजना र प्रस्ताव गरेका थिए ।
‘स्वटी’ मैले उसलाई कानमा खुसुक्क बोलाएँ । तर उनी अझै निन्द्रामै मस्त छन् ।
उनले विमानमा निदाउने प्रस्ताब गर्दा हामीहरु सँगसँगै थियौं । उनले स्वादिलो खाना बनाएका थिए । माइक्रोवेभमा तताएको सस ल्याउन पनि अनुरोध गरेका थिए ।
लाउडस्पिकर फेरि सुनियो । ‘म फेरि दोहर्याउँछु… विमानभित्र कोही चिकित्सक वा … हु्नुहुन्छ भने जानाकारी दिनुहोस्’ बिमान परिचारिकले दोहोराइन् । हामी अगाडिको एउटा लाइनमा एउटा महिलाले कल बटन थिचिन ।
मेरा श्रीमानको जीवनशैली मेरा लागि भने एउटा रहस्य थियो । उनले काम गरेको मैले नै थाहा पाउँदैनथें । हाम्रो बाँकी विदाको अन्तिम घडीमा उनलाई अत्याबश्यक निन्द्राबाट ब्युँताउनु मैले अपराध बोध मानें । तर, पनि विमानभित्र उनलाई बोलाउनु निकै महत्वपूर्ण देखियो । किनकी उनकै कारण कसैको जीवन जोगिनेवाला छ । यो सोच्दा मेरो शरिर जिरिंग भएको थियो । मेरा श्रीमान् सेलिब्रेटी हुन् भन्ने चाहेकी थिएँ ।
मैले फेरि उनको काँध हल्लाए । ‘हनी’ मैले भने, ‘उनीहरुले तिमीलाई खोजिरहेका छन् ।’ पियक्कड र एकदमै अल्छीजस्तो देखिने गरी उनले हात ठडाए । अनि बिस्तारै ज्यान तन्काए । तत्कालै बिमानको एक कारिन्दाले उनको मेडिकल लाइसेन्स बुझ्न थाल्यो । अर्की स्वयंमसेविका तथा नर्सले आफ्नो सेवा दिन थालिसकेकी रहिछिन् । मेरो श्रीमान् र बिमानका कारिन्दा बिस्तारै बिमानभित्र अगाडि बढे । म भन्दा उनी टाढा पुगे ।
उनीहरुले मलाई छोडेपछि मेरो पढ्ने ध्यान हरायो । मैले झ्यालको सिसाबाट बाहिर हेर्न थालें । बर्षौंसम्म मेरा लागि विवाह निकै दूर र रहस्यम लाग्थ्यो । मानौ बिमानमुनि देखिएको हरियो र खैरो झाडी.जस्तै । मैले सोचेकी थिएँ, विवाह एक प्रकारको त्यस्तो छनौट थियो जसले एउटा ऊर्जा हराएको संकेत गर्छ ।
नढाँटीकन भन्न पर्छ, प्रेममा म निकै आशक्त थिएँ । तर, पत्नी बन्न भने हिचकिचाएकी थिएँ । पत्नी भन्ने शब्द आफैँमा पेन्सिलको इरेजर जस्तो लाग्छ मलाई । इच्छाहरु मेट्ने गर्ने र महिलालाई घरमै सिमित पार्ने माध्यम हो बिबाह । किनकी बिबाहपछि आफ्नो नाम र महत्वाकांक्षा गुमाएका थुप्रै महिलाहरु मैले देखेकी थिएँ ।
मैले उनलाई भेट गर्दा मेरो बिबाहप्रतिको आलोचनात्मक आवाज बिस्तारै नरम बन्दै गएको थियो । म त्यस्तै ३० वर्षकी थिएँ र एकल जीवनका आकर्षणहरु विस्तारै औइलाउँदै गएका थिए । अनि साहस पनि घट्दै थियो । आफ्नो आकर्षण गुमाउँदै थिएँ ।
त्यो मान्छे उही हो जसले मलाई काम सिद्धिएपछि दिनहु भेट्ने गथ्र्यो । रेल चढाउन सहयोग गथ्र्यो, म घरबाहिर हुँदा मेरो कुकुरलाई हेर्दथ्यो र मलाई दही लगायतका मिठा मिठा खानेकुरा ल्याएर मलाई सरप्राइज दिन्थ्यो ।
सामान्य रुपमा भन्दा उनले मेरो धेरै हेरबिचार गर्र्थे । सम्पूर्ण मानिसहरुलाई नै हेरबिचार गर्ने उनको स्वभाव थियो । हाम्रो विदाको अन्तिम घडिमा जहाजमा बिरामीलाई उपचार गरिरहेको यस घटनाले पनि यो प्रमाणित भएको छ । उनलाई सबै कुरा सेयर गर्दा म खुसी भने हुन्न । तर पनि उनी र म प्रतिष्प्रर्धी भन्दा पनि एउटै समूहका सदस्यका रुपमा देख्छु ।
जीवनका पूर्वाद्र्धमा सो टिमको पक्षको बारेमा म चिन्तित थिएँ । लाग्थ्यो विवाह भनेको मेरो पहिचानलाई बलिदान दिनु हो । हाम्रो इनगेजमेन्टको घोषणा गरेपछि मेरो त्रास पुष्टि भयो । किनकी त्यही दिन मलाई साथीहरुले तँ चिकित्सकको पत्नी हुँदैछस् भनेर टिप्प्णी गर्न थाले । यद्यपी त्यसको अर्थ जेसुकै लागोस् ।
उनलाई कसैले लेखिकाको श्रीमान् भनेर त टिप्पणी त गरेका छैनन नि भनेर मैले सोध्ने गर्थें । उ नी निकै आश्चर्यजनक देखिन्थे । ‘मैले थाहा पाइसेकको कुरालाई किन भन्ने ?’ उनले उल्टै जबाफ दिने गर्र्थे । ‘मेरो जीवनमा मैले चिकित्सकको पत्नी भन्ने वाक्यांश कहिल्यै पनि सुनेकी छैन,’ मैले जबाफ दिएँ ।
उनको पेसाकै कारण मानिसहरुले मलाई पनि बधाई दिने गरेको मैले उनलाई बताउँथे । एक साथीले त मुख खोलेर नै भनिन्, यदि उनी मेरो ठाँउमा भएकी भए उनले पढाउने पेसालाई नै पूर्ण विराम दिइसक्ने थिइन् । अर्की एक साथीको त बारम्बार एउटै प्रश्न छ, ‘तैले कहिले जागिर छोड्छेस् ?’
‘तिमीलाई उनीहरुले एउटा सुन खन्ने व्यक्ति सोचेका छन् भने तिमी धेरै राम्रो व्यक्ति होइन,’ उनले भन्थे । उनले मलाई हालसालै उनको मेडिकल स्कुलको ऋणबारे खुलासा गरेको थिए ।
पूर्ण रुपमा अझै पति नबनेका उनले मेरो निधारमा म्वाई खाइदिए । ‘अरुले के भन्छन् भनेर कसले पो मतलब राख्छ ? उनी खुसखुसाउदै थिए ।
बिमान झर्दै गर्दा विमानका परिचारिका आए र मेरा सामाग्री जम्मा गर्न भने । आधा घन्टा वितिसकेको थियो । मेरा श्रीमान् निकै थकित देखिन्थे । छातीमा निकै पीडा भएको जस्तो देखिन्थे । म विमान परिचारिकाको पछाडि लागे । यात्रुहरुले हेडफोन लगाएका थिए र बालबालिका सिटमा अस्थिर देखिन्थे । विमानभित्रै आपतकालिन सेवाको व्यवस्था थियो । तर कारिन्दा भने निकै व्यबसायिक थियो । हामी पर्दा खोलेर भित्र पस्यौं जहाँ छालाका सिटहरु थिए । मेरा श्रीमान् एउटा बिरामी महिलाको पछाडि बसे । उनको निधारबाट पसिना चुहिरहेको थियो । उनले बारम्बार आफ्नो निधारबाट पसिना पुछ्थिन् ।
जेट बिमानबाट बाहिर निस्किएपछि के भएको हो भनेर जिज्ञासा राखेँ । ‘उनलाई ठीक हुन्छ,’ उनले जबाफ दिए ।
त्यो रात हामी बिग्रेको गद्दीमा बस्यौँ । त्यो गद्दी उनले कलेज जीवनमा किनेका थिए । पानीले भिजेको उनको मेडिकल लाइसेन्स कफी टेबलमा सुकाइएको छ । विमान परिचारिकाले पानी रहेको ठाउँमा राखिदिएकी रहिछन् । विमानभित्रको एउटा कुनामा शरिर छोडेर बस्दा उनी मरेकी हुन् की भन्ने उनलाई डर लागेको रहेछ । ‘उनलाई उपचार गर्न मैले सक्दिनँ की भन्ने त्रास मलाई थियो । विमान नउत्रिदासम्म मैले केही गर्न सक्दिन भन्ने डर थियो ।’
विमान परिचारिकहरुले उनलाई मेडिकल किट उपलब्ध गराएका रहेछन् । ती महिलालाई सिजर भएको रहेछ । उनले महिलाको छातीमा स्टेथिस्कोप राखेका थिए । तर विमानभित्रको जेटको आवाजले मुटुको चाल पत्ता लगाउन नै गा¥हो भएको थियो ।
उनले ती महिलाको रक्तचाप नाँप्दा आफ्नो झोलामा औषधी भएको सासले बताएकी थिइन् । विमान नउत्रने बेलासम्म उनले ती महिलालाई उपचार गरेका थिए । कामै कामले थकित उनी बिरामीको उपचार गर्न पाउँदा खुसी भए । उनको विमानमा सुत्ने योजना तुहेपनि सेवा गर्न पाएकोमा निकै खुसी देखिन्थे । ‘उनीहरुले मलाई नै रोजे,’ मेरो हात समाउँदै उनले भने । ‘म आउनुपूर्व सिजर सकिएको थियो ।’
मैले उनको पाखुरालाई दह्रोसँग समाएँ । आफ्नो महत्वालाई बढाईचढाइ नगर्ने मानिससँग विवाह भएकोमा आभारी प्रकट गरें ।
हाम्रो बिबाहको बारेमा केही महशुस गरेकी थिएँ । विवाहताका हामीले एक अर्कासँग कसम खाएका थियौं । तर, उनलाई मेडिकल स्कुलमा भेट्नु अगाडि उनले भविष्यका बिरामीलाई सेवा गर्ने बचन दिएका थिए । हाम्रो बिबाह निजी थियो तर उनको पेसा भने नितान्तै पृथक थियो । ‘म तिमीप्रति गौरवान्दित छु,’ मैले भनें ।
द न्युयोर्क टाइम्समा प्रकाशित ‘Is There a Doctor in the Marriage?’को अनुदित सामग्री
(स्रोत : Swasthakhabar)