~कमल संघर्ष~
मानवताको हत्या गर्छन यी मानव समेत
राक्षशले झै मनाउन थाल्छन उत्सव समेत
जुन अभाव भित्र पौडिरहेछु म बर्षौ देखी
त्यहाँ डुबे भेटिन्न होला तिम्रोे शव समेत
चोकमा अनुहार बिग्रिएको छोरा देखेर
पश्चताप छ आमालार्इ छैन गौरव समेत
मैले यो समयलार्इ जित्न जंगल पस्नु छैन
हुन त जंगलबाटै विजयी भए पाण्डव समेत
कैयौँ चोटि सपनामा देश बचाउन गएको छु
धेरै पटक गरेको छु मृत्युको अनुभव समेत
-कमल संघर्ष
अछाम
(स्रोत : Nepalpati)