~यशोदा तिम्सिना~
एक समय यस्तो थियो,
हामी सँगै जङ्गार तथ्यौं ,
उकाली चढ्थ्यौङ् र खुइय गथ्यौं
सुसेली हाल्दै ओराली झथ्र्यौं
बाधा बिघ्न र अड्चनको सामना साथै गरेथ्यौँ
डाँडाकाँडा र पाखामा सँगै हिँडेथ्यौँ ।
एक–अर्कामा विश्वास हुँदा,
पौरखले दाम कमायौँ
शिष्टताको नाम कमायौँ
शिरको धुलो र पाइतालाको काँडा झिक्यौँ
भेलमा हेलिनु
नेलमा बेरिनु हाम्रो नियति थियो तर,
हामी साथै थियौँ
साथमा विश्वास थियो ।
एक दिन यस्तो पनि आयो,
भेल बढेको खोलो
तर्ने फड्के
मिलेर जोडेका थियौँ
कुन स्वार्थले बाध्यो तिमीलाई ?
पारि पुगेपछि
फड्के उखेलेर फ्याँक्यौँ
म खोलावारि अवाक् हेरिरहेको छु
तिम्रो चर्तिकला ।
केही दिन न हो,
फड्केको जोहो गरिएला
र,
तरिएला खोला
तर तिमीले दिएको धोकापछि
अरूको त के कुरा गर्नु
आफ्ूले आफ्नो भरोसा गर्न पनि
दुईपटक सोच्ने भएको छु म ।
(कवयित्री तिम्सिना पत्रकार महासंघकी उपाध्यक्ष हुन् ।)
(स्रोत : Ghatanarabichar)