~राम प्रसाद पोखरेल~
गाउँ घरका टोलटोलमा, खुले सहकारी
लाखा पाखा नलगाई , दिन्छ रोजगारी।
इलमगर्न नजाउभन्छ, कोही पनि टाढा,
नीतिनियम पालन गर, हुने छैन घाटा।
सीप सिक्न तालिम दिइर्, रोजगारी दिन्छ,
पशुपालन गर्नसिकाई, गोरस किनीदिन्छ।
बेमौषमी तरकारी र , फलफूलको खेती,
कसोगरी फाईदा हुन्छ, दिन्छ नियम लेखी ।
ब्यापारी र कृषकहरु , एकैठाउंमा बस्छन् ,
सहकारीको नियम बुझ्न, कम्मर कस्छन् ।
तेरो मेरो भन्ने विचारलाई, हटाउन थाले ,
सबै टोलका नर नारीहरु, रमाउन थाले ।
एक थोपा सुकी जान्छ , धेरै थोपा नदी ,
देशविकास गर्नलाई, लागे कम्मर कसी ।
बूढीआमा चश्मा लगाई, कात्दैछिन् बत्ती ,
बुढाबा कम्मर समाई , देखाउंदैछन् लठ्ठी।
छोराछोरी नजाउविदेश, तातोघाममा डढ्न ,
यहंी बसी इलम गरी, पठाउ नानी पढ्न ।
शुल्क तिर्न स्कूलको , बाल बचत गर ,
भविस्यमा बसी खान , पेनसन बचत गर ।
खोल्यो खाता सहकारीले , हाम्रै लागी हेर ,
आप्mनै हातले बचतगर , भविश्यलाई धेर ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )