कसैको भाग्यमा पीडा, कसैको मुस्कान छ !
अचम्म अनौठो समय यो वर्तमान छ !
सस्तो छ झगडा, ब्यापक छन् बिबादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ !
जङ्गलमा मान्छे, शहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान छ !
बेइमानको देखिन्छ वाह-वाहि जताततै
इमान्दारको भने, यहाँ अपमान छ !
संसार स्वर्ग होला भनी नठान अहिल्यै
शकुनिहरूको राज अझै बिध्यमान छ !
कलमको दिन पनि आउने छ जरूर
नसोच्नु सधैँ खुकुरी नै बलवान छ !
खगेन्द्र गिरी ‘कोपिला’
नेपालगञ्ज–१, बाँके
(स्रोत : Nepaligajalsansar)