~बसन्त श्रेष्ठ~
उ आयो / न कुनै खबर / न कुनै समाचार
उ आउनु संगै सबैको
मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो
जग हल्लायो / घर लडायो / पहाड हल्लायो
चुपचाप आयो तर चुप चाप फर्केन
गाउँ बस्नेले शहर सम्झ्यो
शहर बस्नेले गाउँ सम्झ्यो
देशमा बस्नेले परदेश सम्झ्यो
परदेश बस्नेले आफ्नो देश सम्झ्यो
उ चुपचाप आयो तर चुपचाप फर्केन
ठुलो सन्त्रासको भाबना फैलाएर गयो
जातीयताको संकीर्ण घेरा तोडेर गयो
गाउँलेका गाँस बास खोसेर गयो
तर उच निचको हैसियत देखाएर
अनि मानवताको पाठ पढाएर गयो
बिध्वोंस गरेर गयो
सामाजिक विभेद तोडेर गयो
सांस्कृतिक सम्पदा भत्काएर गयो
तर सामाजिक सद्भावना बढाएर गयो
थुप्रै झुपडी, घर र महल भत्काएर गयो
धेरै सांस्कृतिक सम्पदा तोडेर गयो
पुनर्निर्माण र जिर्णोद्वारको महत्व देखाएर
समय प्रति सम्बेदनशील बन्न सिकाएर गयो
बाहिरि धरातलीय संरचना तोडेर गयो
परिबर्तनका खम्बाहरु छोडेर गयो
अहंकार, घमण्ड र द्वेष तोडेर गयो
प्रेम, विश्वास र एकता जोडेर गयो
अनि समानताको महत्व बढाएर गयो
उ आयो चुपचाप आयो
रिस, राग र घृणा हटाएर गयो
एकता र राष्ट्रियताको सबल प्रश्न तेर्साएर गयो !!!
उ आयो चुपचाप आयो
भ्रष्टाचारीको भण्डाफोर गरेर गयो
घुसियाको नाली बेली देखाएर गयो
नेताहरुका बुद्धिमा बिर्को ठोसेर गयो
अनि जनतालाई एकताको पाठ पढाएर गयो !!!
थुप्रै जन धनको क्षति गरेर गए पनि
धुम्म अँध्यारो समाजलाई तोडेर गयो
सुनौलो किरणको आभा देखाएर गयो
मुर्झाएका लाई उत्साह र विश्वास जगाएर गयो
अनि सबैलाई राष्ट्रियताको पाठ पढाएर गयो !!!
वरिष्ठ कबि बसन्त श्रेष्ठ
(नेपालमा २०७२ साल बैसाख १२ गते र २९ गते आएको माहाविनासकारी भूकम्प को सन्दर्भमा कोरिएको यो कविता )
(स्रोत : Nareedarpan)