पिर साटे पिर घट्छ दुःख साटे दुःख
अँध्यारोमा गुम्सिएर एक्लै बसी रोयौं भने
दुःख अझै चुलिनेछ, पीडा झनै बल्झिनेछ
चोट साटे चोट घट्छ दुःख साटे दुःख
पिर साटे पिर घट्छ दुःख साटे दुःख
खुशी बाँडे खुशी बढ्छ सुख बाँडै सुख
दुःख सुखका पलहरू सबैलाई बाँड्यौं भने
सबले साथ दिने नै छन् सबैसँग गायौं भने
आँसु साटे आँसु घट्छ दुःख साटे दुःख
पिर साटे पिर घट्छ दुःख साटे दुःख
खुशी बाँडे खुशी बढ्छ सुख बाँडै सुख
श्रमिक बराल, पोखरा
(स्रोत : Ujyaaloonline)