“ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †”
“साइकलमा नै, यी हेर न यस्तो छ हालत †” खुइय्य सुस्केरा हाल्दै वस्ती सर पसिनाले भिजेको र्सटको बटन खोलेर कर्ुर्सर्ीीथि थ्याच्च बसे । कृपानाथले पङ्खा खोलिदियो ।
बिचरा वस्ती सर कार्यालयमध्येकै सोझा, गाईप्राणी । कागका फूल चोर्ने अधिकृतहरूका भीडमा एउटा अपवाद । सबैका ह“सीमजाकका रसिक पात्र । कहिले कोही कसैस“ग पनि नरसिाउने । खाए पनि सधै“ बाघको मुख रातै, नखाए पनि रातै । सधै“ ‘एभरग्रीन’ अनुहार । कार्यालयरूपी वृक्षमा झुन्डिएको पाकेको अम्बकको पर्याय । जसलाई चमेरारूपी उनका सहयात्रीहरू यदाकदा ट्वाक्क-ट्वाक्क ठुङ्छन् । र पनि, ‘नो कमेन्ट’ ।
“हरे सर † अब यो र्सटको पसिना सुक्न दिनभर िलाग्छ । साह्रै माया लाग्छ सरको मलाई ।” सहानुभूतिस“गै लेग्रो तान्छ कृपानाथ ।
“अब के गर्र्छौ, यस्तै हो, जसरी भए पनि जिन्दगीको गाडी चलेकै छ ।” स्वभाव अनुरूप ङच्िच हा“स्छन् वस्ती सर ।
“चल्नु र चलाउनुमा फरक हुन्छ सर † मैले भनेकै हो नि † एउटा बाइक किन्नूस्, सर मान्नुहुन्न । जिन्दगीको टुमटुम सधै“ यस्तै हो, मानिसलाई पैसाले कहिल्यै पुग्दैन । पैसा भनेको हातको मैला हो,” कृपानाथ फेर िथप्छ ।
“भन्छौ नि कृपानाथ † भन्न सजिलो छ, पुर्याउन गाह्रो । मन त कसलाई हु“दैन र बाइक चढ्ने † मजबुरीका नाम महात्मा गान्धी,” उनी विवशता पोख्छन् ।
“यो मुटु भन्ने जिनिस नै त्यस्तो हो, सुम्सुम्याएर राख्यो भने यो पिन्चे हुन्छ, पुल्पुलिन्छ । यसलाई ढुङ्गा बनाउनर्ुपर्छ सर † ढुङ्गा । तपाईं-हामीले जुनसुकै काम गर्दा पनि मुटु नै मिचेर काम गर्नुपर्छ, नत्र जिन्दगी गोलखा“डी ।” अझ रौसाउ“छ वस्ती सरलाई कृपानाथ ।
“शुभप्रभात सर † भर्खरै -” कुराकानीपथका सदस्य हुन आइपुग्छन् प्रकाशनाथ ।
“शुभप्रभात † प्रकाशजी, शुभप्रभात †” अभिवादन ग्रहण गर्दै वस्ती सर र्सटका बा“की बटन पनि खोल्छन् । उनलाई थाहा छ मौसम हेरेर प्रकाश पनि उसलाई ठुङ्न आएको हो । यहा“का प्रत्येक अनुहार पढेका छन् उनले ।
“अनि, जिन्दगीभर पसिनाले नै नुहाएर बस्ने सर † सुरुवालको इ“जारभित्र पैसा राखेर कोही माथि जा“दैन । ठीकै भन्छ कृपानाथ, समयमा बुद्धि पुर्याउ“m सर † एउटा बाइक किनौ“ ।” प्रकाशनाथ पनि वस्ती सरलाई भर्याङ लगाउ“छन् ।
वार्ताको धमिलो पानीमा माछा मार्न अर्का जागिरे पात्र डम्बरजी पनि थपिन्छन् त्यहा“ । गौरव थपिन्छ । बोधनारायण थपिन्छन् । केसी थपिन्छ । गोविन्द थपिन्छ ।
“यी हर्ेर्नुस् त, सरका अगाडि हामी के छा“ै – यी हामीजस्तो टा“टपुजियास“ग त बाइक छ, आरएक्स नै किन नहोस् † कमसेकम पसिनाको इन्धनले त सवारीसाधन हा“क्न पर्दैन । धरोधर्म † सरलाई यो साइकल ठ्याक्कै सुहाएन,” डम्बरजीे थप्छन् ।
“त्यही त, पेट्रोल ७५ रुपिया“ लिटर पर्छ । पसिनाको मूल्य बताउनुस् त सर – हजार रुपिया“ लिटरभन्दा पनि मह“गो पर्ला । सर त कमर्स र अर्थशास्त्र पढेको मान्छे, खै बुझेको जिन्दगीको अर्थशास्त्र -” प्रकाशनाथ थप्छ ।
सधै“ एउटै सोच, एउटै मनस्थितिमा गम्भीर रहने वस्ती सर आज पनि गम्भीर हुन्छन् र हा“स्दै सुनिरहन्छन्, आफ्ना सहकर्मीका सल्लाह, सुझाव र राय । उनलाई थाहा छ, जसलाई सुन्न पैसा लाग्दैन । यीमध्ये अधिकांश उनको विवशताको उपहास उडाउन आउ“छन् । यो मान्छेको स्वभाव हो, जसलाई कुकुरको पुच्छरस“ग तुलना गर्न सकिन्छ । जुन स्वभाव १२ वर्षम्म ढुङ्ग्रोमा हाले पनि सोझि“दैन ।
“तपाईंहरूका सल्लाह, सुझावप्रति विचार गरु“ला । ल कृपानाथ एक चरण बुटी ख्वाऊ ।” अति नै भएपछि उनीहरूबाट मुक्ति पाउन प्रसङ्ग फर्ेछन् वस्ती सर ।
“लु सर † यो बुटी खाऊ“ र ठन्डा दिमागले सोचू“ । यसपल्ट कच्याककुचुक पारेर एउटा बाइक त किन्नर्ैपर्छ, सधै“ सरको यो हरििबजोग हामी हर्ेन सक्दैनौ“ ।” कृपानाथले हातमा लट्याएको बुटी अर्थात् बलवान छाप खैनीको एक पित्को सरलाई दिन्छ ।
“हैन सर † नो टेन्सन, मेरै लिउ“m न सस्तैमा दिन्छु । राम्रो माइलेज दिन्छ ।” वरपिर िबस्नेहरूबाट विज्ञापन सुरु हुन्छ । बोधनारायण विज्ञापनको प्रारम्भ गर्छन् ।
“लु सर † त्यस्तो गल्तीचाहि“ नगरौ“, यसको बाइकले त मुकुन्द सरले जा“ड खाएजस्तै तेल खान्छ । ससुरालीले दिएको बाइक न पर्यो, मेड इन चाइना, बरु मेरो लिनुस् ।” गौरव थप्छ ।
“अनि त्रि्रोचाहि“ कुन गतिलो हो नि † विष्णु माड्साबले घूस खाएजस्तो तेल खाने ।” जारी रहन्छ एकअर्काको खोइरो खन्ने प्रक्रिया ।
“यी कसैको बाइक पनि कन्डिसनमा छैनन् सर † मेरो छ वन ह्यान्ड, मेरो लिउ“m ।” अर्को च्या“खे थाप्छ ।
“अनि, यहा“को कुन मोडल पर्यो नि -” दिक्क भएपछि वस्ती सर विज्ञापनदाताहरूको मोडल कोट्याउ“छन् ।
“यस्ाको नाइन्टिन वाइन्टिन मोडल हो सर † यस्ाको मोडल कही“बाट पनि देखि“दैन । कुन मोडल भन्नु खुइलिङ् मोडल । देश जसरी चलेको छ, त्यसरी नै चलेको छ यस्ाको बाइक ।” गोविन्द खोइरो खन्छ ।
“गोविन्द काजी † हजुरको बाइक नदेखेको होइन । हर्नबाहेक सबैथोक बज्छ । स्वस्थानी पात्र सतीदेवीजस्तो, कुन ठाउ“मा पुगेर के पतन हुने हो, थाहा हु“दैन । यस्ाको बाइकभन्दा त सरको साइकल नै ठीक । किक मार्दामार्दा हैरान । किक मारुन्जेलसम्म त साइकलकै पाइडल मार्यो भने बरु गन्तव्यमा पुगिन्छ ।” परस्पर चर्काचर्की र गलफती चलिरहन्छ । मूकदर्शक भएर हेररिहन्छन् वस्ती सर, सुनिरहन्छन्, हा“सिरहन्छन् ।
“सर † बाइक किन्दा फर्स्ट ह्यान्ड नै किन्ने नि † आफू चढ्ने कुरा पनि कसैले सेकेन्डह्यान्ड किन्छ । अहिले स्टलमेन्टमा बाइक पाइन्छ । यी पन्डाहरूको कुरा नसुन्नूस् † फर्स्ट ह्यान्ड इज फर्स्ट ह्यान्ड । नया“ किन्नुस् ।”
“न भड्काउनुस् न मित्र † आफू पनि किन्ने होइन, अरूको ग्राहकलाई पनि भड्काउने -“
“तिमीहरूको बाइक किन्न मलाई बौलाहा कुकुरले टोकेको छ -“
“अनि, तपाईंहरूचाहि“ कतिकतिमा बेच्ने आफ्नो बाइक – ल दाम पनि सुनू“ न त †” वस्ती सरलाई एक किसिमबको रमाइलो लाग्छ । उनलाई लाग्छ, उनी माछा बजार पुगेका छन्, जहा“ माछा व्यापारीहरू आ-आफ्नो माछाको विज्ञापन गर्दै त“छाडमछाड गररिहेका छन् । अथवा भना“ै बसपार्कमा यात्रुलाई कहा“ जाने भनेर पाखुरा तान्दै हाराबारा खेलाइरहेका छन् ।
“ल अरूलाई भए ६५ हजार हो । सरलाई ह्याभी डिस्काउन्ड, ५५ हजार भो । मेरै लिनूस् †”
“मेरो लिनूस् सर † नाइन्टिफोर मोडलको हो, सरलाई फिक्स प्राइस ६३ हजारमा दिन्छु ।”
“नो दलाली, नो बार्गेनिङ् † मेरो ५० हजारमा लिनूस् सर † गाडी च्वा“क छ ।”
हा“सिरहन्छन् वस्ती सर । मानौ“ उनको अगाडि कुनै क्यामराम्यान क्यामरा तेर्स्याएर भनिरहेछ, “स्माइल प्लिज †”
“यी त भए क्यासका कुरा अनि प्रिmवालाचाहि“ कसैको छैन । भए त्यो पनि सुनू“ न †” अति भएपछि ठट्टा गर्छन् वस्ती सर । तर, उनको अन्तरमन भने सधै“ मर्माहत छ । सधै“ साथीहरूको सल्लाह, सुझाव, दाउपेच, छेडछाड सहजै पचाउ“छन् उनी । आफ्नो स्थिति सम्झेर किर्ंकर्तव्यविमुढ हुन्छन् । कुनै टुङ्गोमा पुग्न सक्दैनन् उनी । साइकल चढेर आउ“दा पनि सुख छैन, बस चढेर आउ“दा पनि सुख छैन । आफूलाई भन्दा अरूलाई सकस । आफूलाई अप्ठ्यारो भएको छैन, अरूलाई अप्ठ्यारो । हरे † यो समाज † यी साथीभाइ † आफ्ना लागि नभए पनि अरूकै लागि गरििदनपर्ने ।
“कति किचकिच गरेको तिमीहरूले माड्सापलाई । उहा“ प्रिmमा दिए पनि लिनेवाला हुनुहुन्न, उहा“को दिमाग नचाट ।”
“तपाईंहरू कुरो बुझ्नुहुन्न क्या † मन त छ नि तर अहिले बाइकमा लगानी गर्ने अवस्था छैन । तपाईंहरू बिमाको एजेन्टजस्तो नहुनूस् न बा † समाएपछि नछोड्ने, लिसो । ल आ-आफ्नो फा“टमा गएर काम गर्नूस् । मलाई सोच्न दिनूस् ।” सोचमग्न हुन्छन् वस्ती सर ।
सा“झ लखतरान भएर घर पुग्छन् वस्ती सर तर उनको कानमा भने झ्याउ“-झ्याउ“ तिनै आवाजहरूले ठुङरिहन्छन् । साथीभाइका तिनै शब्दहरू प्रतिध्वनित भइरहन्छन् ।
– “सर † पैसा सुरुवालको इ“जारभित्र हालेर लानुहुन्छ कि क्या हो -“
– “भैगो सरलाई किचकिच नगर, सरको पर्ुर्पुरोमा त्यही साइकल नै लेखेको छ ।”
– “बसमा राम्री-राम्री केटीहरूस“ग टा“सिएर हि“ड्न पाइन्छ भने कसले किन्छ बाइक -“
आफ्ना सहकर्मीका शब्दशब्दले अचेल ङच्िचङच्िच ह“साउ“छ उनलाई । कहिलेकाही“ उनी एकान्तमा एक्लै हा“स्छन्, बर्बराउ“छन्, “कार्टर्ुुनै बनाए मोराहरूले ।” अचेल आफ्नो बूढाको अचम्मको स्वभावले उनकी मेडमलाई पनि अचम्भित पारेको छ ।
एकदिन उनले मुटु नै मिचेर सोधिन्, “हैन, अचेल के भएको छ ह“, हजुरलाई – एक्लै ङच्िचङच्िच हा“सिरहनुहुन्छ -“
“हेर न † स्टाफ मोराहरूले मोटरसाइकल किन् भनेर हैरान पारसिके, कुरो बुझ्दैनन् । फेर िअफिसमा आफै“ मात्र भइएछ बाइक नभएको । मोटरसाइकल किन्नूस् भनेर दिक्कै पारसिके । आफ्नो इज्जत र उनीहरूकै लागि भए पनि एउटा किन्नुपर्लाजस्तो छ ।” मन नलागीनलागी आफ्नो मेडमसमक्ष्ँ प्रस्ताव राख्छन् वस्ती सर ।
“ऋणै गरेर किने त हो नि, अहिले पैसा छैन ।”
“त्यही पनि गर्नुपर्ला के गर्ने †”
“ओहो † हाम्रो मोटरसाइकल किन्ने †” केटाकेटी न हुन्, टावरमुनि राखेको एफएम रेडियोजस्तै ट्याप्प टिपी हालेछन् । खेल्न गएका उनीहरूले मोटरसाइकल खरदि प्रसङ्ग फुकेछन् टोलभर ि।
“क्या हो वस्तीजी, बाइक किन्ने हुनुभएछ नि † ल बधाई छ ।”
“ल कङ्ग्राचुलेसन वस्ती सर † नया“ बाइकका लागि ।”
“सेकेन्डह्यान्ड किन्ने कि न्यु ब्रान्ड -“
“ल है प्रगतिका लागि शुभकामना ।”
“अनि, किस्तामा कि फुल पेमेन्टमा सर †”
छक्क पर्छन् वस्ती सर । हरे † यी भुराहरू † सा“च्चै नै लोकल बीबीसी का संवाददाता रहेछन् । बूढाबूढीको खुसुक्क सल्लाह राष्ट्रिय-अन्तर्रर्ााट्रय समाचार बनाएर र्सवत्र फैलाएछन् । बाइक किन्न कहिले कहिले, बिहानै बधाई दिनेहरूको ओइरो । बिचरा छिमेकीहरू † आफूले बाइक किन्ने समाचारले कतिको न्रि्रा हरण हुने हो † कतिको तालुमा पानी ठोक्नुपर्नेर् हो । कतिलाई आईसीयूमा राख्नुपर्ने हो । मेरा मात्र छिमेकी यस्ता हुन् कि अरूका छिमेकी पनि यस्ता हुन्छन् –
फेर िगम्भीर हुन्छन् उनी र सोच्छन् । आफ्नो तलब परविार, आफूले लिएको घरकर्जा, सामाजिक कर्जा कट्टा गरी हातमा २५ प्रतिशत पनि हात लाग्दैन । विवाह गर्न बा“की दर्ुइ तरुनी बहिनीहरू । रोगी बा, वृद्ध आमा, तीनवटा केटाकेटीको स्कुल फि, घर्रखर्च आफ्नो सामान्य चलेको जीवन । बाइक किनेपछि “यसको तलबले बाइक किन्न कहा“ पुग्छ, कुनचाहि“लाई बोरामा हालेर किनेको हो घूस खाएर ।” ऋणै लिएर किनेको भए तापनि छिमेकीहरूको कटु टीका-टिप्पणीको सम्भावना र लामो सोचपछि उनी खुइय्य सुस्केरा हाल्छन् र अन्तिम निर्ण्र्ाागर्छन्, “होस् म बाइक किन्दिन“ । आफूभन्दा दुनिया“लाई टेन्सन ।” मेडम पनि उनको निर्ण्र्ााा ल्याप्चे ठोक्छिन् ।
जसले जेसुकै भनून् बरु वस्ती सर सुनिरहन्छन्, कुनै प्रतिक्रिया जनाउ“दैनन् । कुनै निर्ण्र्ाागर्दैनन् । उनी हिजो जसरी अफिस गएका थिए, त्यही पुरानो साइकल चढेर आज पनि अफिस जान्छन्, फर्किन्छन् । आफ्ना प्रियजनहरूको जिस्क्याउने उही प्रक्रिया, संवाद जारी छ, “हरे सर † भनेको मान्नुहुन्न । यो र्सट सुक्न अब दिनभर िलाग्छ । वषर्ामा पनि भिज्दै, हिउ“दमा पनि भिज्दै ।”
उनी निर्लज्ज हा“स्दै जवाफ दिन्छन्, एउटा बाध्यात्मक जवाफ, एउटा दार्शनिक जवाफ, “जाबो र्सट सुक्न दिनभर िलाग्छ भने लागोस्, एउटा सालिक जसलाई कुनै घामपानीले पनि फरक पार्दैन । प्रज्ज्वलित इन्धनले चलेको बाहनभन्दा शीतल पसिनाको इन्धनले चलेको बाहन चढ्नुको सन्तुष्टि र आनन्द बेग्लै हुन्छ । बरु जिन्दगीको अर्थशास्त्र नबुझे नबुझियोस् ।”
-विराटनगर
(स्रोत : नेपाल साप्ताहिक अंक २७४)