अन्तै रात काट्यौ रे हल्ला छ शहरभरि
जोवन पनि साट्यौ रे हल्ला छ शहरभरि
कलेज ढिलो भएर साथीकोमा बसेँ भनि
घरमा बालाई ढाँट्यौ रे हल्ला छ शहरभरि
बाहिर रात काट्दैमा अस्मितानै बेचिन्न नि
भन्दै भाषण छाँट्यौ रे हल्ला छ शहरभरि
सीता जस्तै पवित्र छु भनि देखाउन
धर्तीसरि फाट्यौ रे हल्ला छ शहरभरि
आरोपहरू समाजका सहन नै नसकेर
मर्न पनि आँट्यौ रे हल्ला छ शहरभरि
सुरेश बडाल
तुप्चे, नुवाकोट
(स्रोत : Suresh Badal’s Facebook )