~राम प्रसाद पोखरेल~
टुसुक्क बस्यो,मुसुक्क हाँस्यो,
छरिएका प्लेटसँग, सम्बन्ध गाँस्यो।
उठायो मस्को,मिसायो खरानी,
बालापनको त्यो, बित्यो जिन्दगानी।।
(१)
खाली छ पयर, यत्रतत्र पानी,
जुठेल्नै छ साथी, श्रमगरी खानी ।
द्रुत द्रुत चल्छ,भ्याई नध्याई गर्छ
नयां रुप देख्दा, आफैं दङ्गपर्छ।।
(२)
ए कान्छा भन्छ साहू आत्तिएर
र्खालास् नी लात, धेरै मात्तिएर ।
जान लाग्यो ग्राहक, सोधिहाल उसलाइ
के खान आयो, जवाफ दिईहाल मलाई।।
(३)
टेबलमा पानी, अनि चिया गिलास
साहूको बोलीले कहिले हून्छ निराश ।
बाद्यता छ कठै एकसरो एक पेट,
आमा बा कहां छन्, कहिले हुन्छ भेट।।
(४)
भ्याएको छैन , पखाल्नलाई हात ,
बंडी रहेको छ , अरुलाई भात ।
एक हातमा जुठो, अर्को हातमा खाना
नयां रुप देख्दा, बुन्छ ताना बाना ।।
(५)
मलाई पनि यस्तै, बन्नपाए हुन्थ्यो,
म जस्ताको दुःख , हट्नपाए हुन्थ्यो ।
रमाउने थिएं , खुल्ला चौर बीच
जीन्दगीनै यस्तै , के गर्नु र रीस ।।
(६)
मनभित्रका पीडा, धिर धिर खोली,
आफैंलाई प्रश्न, अन्तरमनमा बोली।
ओठको हांसो, समाजको नासो
श्रमिक वर्ग, छुट्याउन खांचो ।।
(७)
देशका रक्षक, भोलीका निम्ती
लेखपढमा ध्यान दिउं, हामी सबै जुटी।
बाल श्रम रोकौं, अब माथि उठौं
बाल श्रम रोक्न , हामी सबै जुटौं ।।
(८)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )