~कमल संघर्ष~
गर्यौ एेना हेर्ने ‘नाउमा’ पथ्थर मारे जस्तो
भएछ फूलको घाउमा पथ्थर मारे जस्तो
बर्षौ पछी आइ फेरि बोली दियौ तिमीले
लाग्यो दिल्को तलाउमा पथ्थर मारे जस्तो
गर्नेले चुम्बन बाट गर्नु छातीमा परिक्षण
देखीनेछ हरेक ठाँउमा पथ्थर मारे जस्तो
शिसाको सहरमा तिम्ले बचपन भुल्नु पर्छ
गर्नु हुदैन छोरा गाँउमा पथ्थर मारे जस्तो
अबिर दल्छ माला लाउछ पहिला मेरो मित्र
अनी बल्ल गर्छ पाउमा पथ्थर मारे जस्तो
-कमल संघर्ष
अछाम
(स्रोत : Nepalpati)