~कृष्ण प्र. पाण्डे~
आँखालाई अरु पनि हेर्दा मनपर्दो रै`छ
साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ
तिम्रो बानी तर्की हिंड्ने थियो पैले हो कि हैन ?
झर्को लाग्थ्यो कहिले त भन्थें पछि लागिँदैन
मनमनै रोजेपछि पाइला आँफै सर्दो रै`छ
साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ
रिसाएर कर्के हेर्दा अब बाटो फेरुँ लाग्थ्यो
ईशारा नबुझ्नेलाई भै `गो कति केरुँ लाग्थ्यो
यो नसम्झ तिमी अझै माया कम गर्दो रै`छ
साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ
आँखालाई अरु पनि हेर्दा मनपर्दो रै`छ
साथी रोज्ने मामलामा दिल अघि सर्दो रै`छ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )