मलाई छाडि अर्कै साथी खोज्दै छौ रे तिमी
यै मंसिरमा उसकै डोली चड्दै छौ रे तिमी
हात समाइ कसम खा’को बिर्सियौ कि शायद
मलाई छाडि अन्तै नाता जोड्दै छौ रे तिमी
याद मेरो पिँडा दिने काँडा भएर होला
चिनो मेरो ढुङ्गा हानी फोड्दै छौ रे तिमी
माया मैले तिमीलाई दिन नसकेरै होला
मृगतृष्णामा अचेल गती छोड्दै छौ रे तिमी
तिम्रा रहर मेरो झुप्रोमा नअटाएरै शायद
विच यात्रामा आफ्नो बाटो मोड्दै छौ रे तिमी
मेरा लागि ठाँउ कतै नभएरै त होला
नाम मेरो मुटुबाट मेट्दै छौ रे तिमी ।
Wednesday, October 17, 2012
(स्रोत : रचनाकारको ब्लगबाट सभार )