~ईश्वर थोकर~
१. भर्खँरै
त्यो
तिम्रो
उज्यालो अनुहार
ठम्याउन
नसके पनि
तिम्रो
त्यो
माया
आमा माया त
ठम्याउन सकेँ नि !
२. टौमढीको
त्यो
बूढो घर
बूढो बार्दली
बूढो आँखीझ्याल
हेर्दानहेर्दै मैले
तिमीलाई ठम्याउन सकेँ
(गुरुआमा अमृत्यश्वरी दैवज्ञमा समर्पित)
(“प्लिक्सी” कवितासङ्ग्रहबाट ।)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )