तिम्रो बा’जस्तो खुराफाती देखेकै छैन
भेट्नै नदिने कठोर छाती देखेकै छैन
चक्लेट खाँदा भन्दिन भन्छन् पछि कुरा लाउँछन्
तिम्रो भाईबैनीजस्तो घाती देखेकै छैन
साँझपख मेरी प्रिया तिमी मुस्कुराएसी
जूनलाई पनि मध्यराती देखेकै छैन
जिउने तिमीसँगै हो मर्ने तिम्रै काखमा हो
तिमीबाहेक जिवनसाथी देखेकै छैन
आँखामा त तस्वीर देख्छु मन कसरी देख्नु
अझै के-के छन् तलमाथी देखेकै छैन!
(स्रोत : Suresh Badal’s Facebook )