लघुकथा : आशा

~जीवन ‘पीडित’ दहाल~ Jiwan Dahal 'Pidit'

अचम्म भो ! पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आबश्यकताहरु पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै कसका आँखा लागेर हो कुन्नी सर्बोच्च अदालतको न्यायधिस हुन पुगें । त्यो पनि प्रधान न्यायधिस हुने तेश्रो बरियताको ।

अचम्म लाग्दो कुरा नै हो नि, हैन त ? यतिमै अचम्म मानि नहाल्नुस् अझै छ रहस्यको कुरा– म अदालतको मेरो क्याबिनमा बसेर आज मेरा बेन्चमा प्रस्तुत हुने ‘राज्य विप्लब अर्थात देश द्रोह’ सम्बन्धि मुद्दाको अध्ययन गर्दै थिएँ त्यसैबेला मेरा मोबाइल फोनको घण्टी बज्यो । नचिनेको मोबाइल नम्बर, त्यो पनि बिदेश तिरको । अनि मैले मोवाइल उठाएँ र बोलें–‘हेलो ।’

अर्कातिरबाट कनि–कनि र कुनै भूमिका नै नबाँधि नेपालीमा आदेशात्मक भाषा बोल्यो–‘सि.के. राउतले नेपाललाइ बेश्या, बोक्सी नै भनेको भए पनि र तराईलाई बेग्लै देश बनाउछु भनेको भए पनि उसलाई राष्ट्रद्रोही करार गर्ने होइन नि, खुरुक्क बिना धरौटी र बिना तारेकमा छोडिदिने, प्रजातान्त्रिक मुलुकका कुनै नागरिकलाई वाकस्वतन्त्राको उपयोग गरेकै भरमा कुनै अभियोग लगाउँन नहुने भन्ने अर्थ लगाएर ।’ ‘के रे ? म को हुँ तिमीले चिनेका छौ ?’–म रन्किएँ र उसले उत्तर दिन नपाउँदै फेरी चेतावनि सहितको उत्तर दिदै कुर्लिएँ–‘राष्ट्रका लागि म कलम बोकेको हिट्लर हुँ बुझ्यौ ? हिटर ! देशलाई छातिमा बोकेर हिड्ने हिटलरको मुटु हुँदैन र हिटलरका नजरमा सबै राष्ट्रघाति र तिनका मतियार समेत यहुदी हुन्छन्, होस् राखे हिटरले राष्ट्रका लागि कलम बिसाउँनु नपरोस् ।’

मेरो कुरा टुङ्गिदा न टुङ्गिदै फेरी उसले भन्यो–‘तिमीलाई प्रधान न्यायधिस हुने मन छैन ?’ आँखामा भविष्यको सपना तैरियो, प्रधानन्यायधिसका पदको/राष्ट्रमा गर्न पाउँने हाली मुहालीको र सानसौकतको/मानसम्मानको अनि तुरुन्तै तीन पुस्तासम्मका सन्ततिका रौरव नर्क गमनको दुखःद चित्र पनि ।

समग्रमा उसको यस भनाइले मेरा नौ नारी गलाएरै छोडे । ‘तँलाई बाँच्ने मन छैन ? भनेर मलाई राजनीतिक धम्कि दिएको भए म यति डराउँ थें कि डराउँन्न थिएँ कुन्नी ? अनि एउटा वकिल भाइले सल्लाह दिएको सम्झना आयो–‘मौकैमा आफ्नो दुनो चैं सोझ्याइ हाल नत्र समय बितेपछि पछुताउँलास् र यो कुरा पनि ख्याल गर, तँ एउटा सुध्रदैमा देश सुध्रिने हैन ।’ अनि यस्तो चुक घोप्ट्याए जस्तो अँध्यारो छायो कि अध्यारामा देशै देखिन छोड्यो ? सपनामा । विपनामा त यस्तो हुँदैन होला हगि ?

जीवन ‘पीडित’ दहाल
जुरोपानी-४,झापा
हाल: काठमाडौँ |

(स्रोत : Nareedarpan)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.