~आचार्य प्रभा~
श्रष्टा ‘घायल’को “अन्तर्जातीय बिभेदको अन्त्य”उपन्यास बिमोचन कार्यक्रम ।
सबै श्रष्टा,लेखक,साहित्यकारहरुको खचाखच भिंड छ उक्त हलमा ।
कार्यक्रम शुरु हुन्छ । सभापति,अतिथिहरु र उपन्यासकारको आशन ग्रहणबाट ।
कार्यक्रम संचालकले कार्यक्रम अघाडी बढाउँछ । उपन्यासकारको परिचय र बिभिन्न उपाधी,प्रशंसा सहित। पुस्तक बिमोचन स्थानीय लेखकबाट हुन्छ ।
बिमोचनपस्चात उक्त उपन्यासकार आफ्नो उपन्यासको बारेमा यसरी बोल्छन् । “मैले यो उपन्यासलाई हाम्रो समाजमा हुने जातभात,छुवाछुत र बिभेदको अन्त्य गर्नलाई एउटा उदाहरणको रूपमा अघी सारेको छु । समाजमा हुने यस्ता अनैतिक कृयाकलाप र जातियबिभेदलाई जरैबाट उखाल्न र मेरा उपन्यासका पात्रहरु मार्फत अन्तर्जातीय विवाह गरेर पनि सफल जीवनको शुरुवात हुन्छ भन्ने सन्देश दिएको छु । ” ताली परर बज्छ हलमा ।
एक ब्यक्ती बोल्छ आफ्नै यथास्थानबाट – “कवि,लेखकहरु संबेदनशिल हुन्छन् यसरी आफ्ना स्रिजनाबाट समाजको आँखा खुलाउँछन् । पक्कैपनि यो उपन्यासले समाजमा नयाँ मोढ ल्याउन सक्छ । ”
अन्तिम हरफमा बसेका ब्यक्ति बोल्छ । “यो सन्देशमुलक उपन्यास त हो तर संवेदनशिलता र भावनामा मात्र बहेर कोरिएका शब्दहरुले वास्तविकताको रुप कहिले फेर्ला त ?”
निक्कै आवेशमा आएर अर्को ब्यक्ती बोल्छ । “हुनसक्छ यो उपन्यासले समाजका बिक्रिती,बिसंगती पक्कै पन्छाउला । कवि लेखकहरु अरुका मर्म बुझ्छन्।संबेदनशिल हुन्छन् तर म यही उपन्यासका उपन्यासकारज्युलाई एक प्रश्न सोध्छु । कृपया उत्तर पाउँ । यदी यहाँले अन्तर्जातीय बिभेदको अन्त्य गर्न यो उपन्यासको झटारोले यो अन्धबिश्वासी र स्वार्थी समाजको आँखा खुलाउन खोज्नु भएको हो भने आजभन्दा १७ बर्षअघी विश्वकर्माकी छोरीलाई खरेल बाहुनका छोराले मनपराएर भगाउँदा त्यही गाउँको अगुवा भएको कारणले हजुरले ती दुईलाई किन बिछोड गराउनु भो? र विश्वकर्माकी छोरीलाई केही पैसा दिएर पन्साउनु भो ?”
सबैले सम्झे। कलमी भावनाले मात्र जटिल समयको समाधान हुँदैन त्यस्को अन्त्यको निम्ती ब्यवहारबाटै कदम चालिनु पर्दछ ।
उपन्यासकार नाजवाफ बनेर घोत्लिइे रहेको थियो ।
(स्रोत : Nareedarpan)